Wednesday, June 20, 2018

मोटो रकम खाएर भौतिक संरचना बिगार्दै वडा अध्यक्ष पाण्डे ः स्थानीयहरु


जनकपुरधाम, ५ असार ।  जनकपुर उपमहानगरपालिका वडा नं. २३ स्थित त्रिभुवन आर्दश उच्च माध्यमिक विद्यालयको अधिनमा रहेको लवकी पोखरीलाई भौतिक जिर्णोद्धारको नाउँमा भौतिक संरचना बिगार्ने कार्य गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
सोही वडाका स्थानीयवासी तथा राजनीतिक दलका प्रतिनिधिहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति प्रकाशित गरेर सो कार्यको विरोध पनि गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादव र वडा अध्यक्ष सत्रुधन पाण्डेको मिलोमतोमा जिर्णोद्धरका लागि आएको रकम सम्झौता अनुसार कार्य नगरी भौतिक संरचना बगारेर रकम खाने गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
प्र.अ. यादव र वडा अध्यक्ष चौधरीले पोखरीको जिर्णोद्धारको लागि गोप्य सूचनाको आधारमा वडा सदस्य रामानन्द चौधरीको छोरा सुनिल चौधरीको नाउँमा पोखरीको माटो ५ फिट खन्ने सहमति भएको थियो । तर ठेक्केदारले सम्झौता विपरित १० फिटसम्म माटो खन्नी लगिरहेको अवस्थामा सोही वडाका राजनीतिक प्रतिनिधिहरुले विरोध गरेपनि अध्यक्ष लगायत सरोकारवालाहरु वास्ता नगरेकोप्रति उनीहरुले आपति समेत जनाएका छन् ।
विद्यालयका प्र.अ. यादव र वडा अध्यक्ष पाण्डेले मोटो रकम कमाउने भ्रष्टाचार गर्ने मनसायले माटो खन्ने सम्झौता विपरित कार्य गरिरहेको आरोप विज्ञप्तिमा लगाइएको छ । प्र.अ यादव र वडा अध्यक्ष पाण्डेमाथि कानूनी कारवाहीको समेत उनीहरुले माँग गरेका छन् । उनीहरुले सोको जानकारी जनकपुर उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई समेत जानकारी गराई सकेको तर अहिलेसम्म कुनै प्रकारको चासो नदेखाएको बताएका छन् ।

No comments:

Post a Comment