Monday, June 25, 2018

धनुषाबाट वैदेशिक रोजगारीमा गएका १९९ जनाको मृत्यु


जनकपुरधाम, ९ असोज । धनुषाबाट वैदेशिक रोजगारीमा गएका मध्येबाट एक सय ९९ जनाको मृत्यु भएको तथ्यांक बाहिर आएको छ ।
मित्र धनुषा तथा सुरक्षित आप्रवासन (सामी) परियोजनाले आईतवार पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार पाँच वर्षमा एक सय ९९ जनाको मृत्यु भई सकेको बताएका छन् ।  तथ्यांक अनुसार ई.सं. २०११ मा २१ जना, ०१२ मा ३६ जना, ०१३ मा ३८ जना, ०१४ मा ४४ जना र ०१५ मा ६० जना गरी एक सय ९९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरेको छ ।
परियोजनाका रामकुमार कर्णले वि.सं. २०६९ देखि ०७४ सम्ममा धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा महिला २ सय ९७ जना र पुरुष एक लाख १६ हजार ७१७ जना वैदशिक रोजगारीमा गएको बताएका छन् ।
धनुषाको जनसंख्या करीब सात लाख मध्ये डेढ लाख युवाहरु वैदेशिक रोजगारीमा गएको कर्णले भने, ‘नेपालकै तथ्यांक अनुसार वैदेशिक रोजगारीमा धनुषा पहिलो स्थान रहेको छ ।’ उनले धनुषामा मात्र वार्षिक ६४ अर्ब रुपैया रेमिटान्स आउने गरेको बताएका छन् ।  उनले देशमा ८ सय अर्ब रेमिटान्स आउने गरेको ती मध्ये ६४ अर्ब रुपैया धनुषामा आउने गरेको उनले तथ्यांक नै प्रस्तुत गरेका छन् ।
उनले वैदेशिक रोजगारीमा सबभन्दा बढी धनुषाका युवाहरु भएपनि रेमिटान्स सो अनुसार नआउने गरेको त्यसको कतिपय कारण रहेको उल्लेख गरेका छन् । उनले भने ‘धनुषाबाट अधिकांश युवाहरु बिना तालिम लिई जाने गरेकोले तलव पनि कम पाउने गरेको छ ।’ यहाँका अधिकांश युवाहरु एजेन्टको ठगीमा समेत पर्ने गरेको उनले बताए ।
उनले ९९ प्रतिशत वैदेशिक रोजगारीमा जाने युवाहरु एजेन्टको ठगीमा पर्ने गरेको छ ।  लगात अनुसार काम नपाउनु, कम्पनीमा हेराफेरी गर्नु, बढी रकम लिनु, ६ घण्टा काम गर्नुपर्ने ठाउँमा १६ घण्टासम्म काम गर्नु, मेडिकल जाँच लगायतमा ठगीमा पर्ने गरेको बताएका छन् ।  उनले सीप सिखेर गएमा १३ रुपैया तलव पाउने गरेको र बिना सीपको ९ सय मात्र पाउने गरेको बताएका छन् ।


No comments:

Post a Comment