Saturday, June 23, 2018

उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक


जनकपुरधाम, ९ असोज । जनकपुर उपमहानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम शनिवार एक समारोहबीच सार्वजनिक गरेको छ ।
जनकपुर उपमहानगरपालिकाद्वारा आयोजित ‘नगर सभा २०७५’ कार्यक्रममा मेयर लालकिशोर साहले वार्षिक नीति तथा कार्यक्रम प्रस्तत गरेका छन् । प्रस्तुत गरिएको ५८ बुँदे नीति तथा कार्यक्रममा सबभन्दा बढी धार्मिक एवं पर्यटकीय स्थलहरुको जिर्णोद्धार, सरसरोवरको सौन्दर्यीकरण, सार्वजनिक जमिनहरुको संरक्षण, उद्योग तथा कलकारखानाको विकास, रोजगारी प्रबद्र्धनमा विशेष जोड दिएका छन् ।
मधेश आन्दोलनमा सहादत दिएका निकु यादवका बुवा श्रीनारायण यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा मेयर साहले सडकहरु विस्तारमा नागकिरहरुका परेका जग्गा तथा क्षति भएका भौतिक संरचनाको अविलम्ब प्राविधिक खटाई लगत तयार गर्न लगाइने, क्षतिपूर्तिको लागि नेपाल सरकारसँग सिफारिस गर्ने, आन्तरिक स्रोतको दर दायरा र आधारलाई फराकिलो बनाउने, ठूला प्रकृतिका योजनाहरुमा लागत साझेदारीको अवाधारणलाई अवलम्बन गरी निजी क्षेत्र एवं संघीय सरकाको स्रोतको उपयोग गर्नेगरी आयोजनाहरुको सम्भाव्यता अध्ययन गराई प्रोजेक्ट स्थापना गर्ने, जनकपुरधाम नगर सरकारको छुट्टै पहिचान झल्कने गरी पदाधिकारी तथा कर्मचारीहरुको डेूस कोड तथा नगरको समग्र विकासको लागि गति तयार गर्ने छ ।
त्यस्तै मिल्स एरिया स्थिति शुभचौकमा भव्य स्व. शुभनारायण स्मारक निर्माण गरिने । शिक्षा स्वस्थ्य जस्ता सामाजिक पूर्वाधारको विकास गर्ने, स्मार्टसिटीको अवधारणालाई आत्मसात गर्दै कार्यक्रमहरु कार्यान्वयन गर्ने, उपमहानगरपालिका प्रवेश गर्ने उत्तरतिर भव्य शहीद प्रवेशद्वार निर्माण गर्ने, कुनै एउटा वार्डलाई नमूना वार्डको रुपमा विकास गर्ने, पाँच वर्षभित्रमा साक्षरता अभियान उन्मुलन गरिने रहेको छ ।
त्यसैगरी  प्रदेश नंं.२ को मध्य भागमा अवस्थित पर्याप्त भौतिक पूर्वाधार र सम्भावना भएको क्षेत्र जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी बनाउने पहिलो नगरसभा झै यस पटक पनि सम्बद्ध सबैलाई आग्रह गर्ने ।
‘नगर सभा २०७५’को उद्घाटन सत्रमा पूर्व मेयर बजरंग प्रसाद साहले नगरको विकास तिव्रगतिमा भई रहेको प्रशंसा गर्दै उपमहानगरािलकालाई स्वेजको व्यवस्थापनका लागि आग्रह समेत गरेका छन् । उनले स्थानीय सरकार पश्चात् रकमको अभाव नरहेको भन्दै योजना तर्जुमा बलियो हुनुपर्नेमा जोड दिएका छन् ।
उद्घाटन सत्रमा प्रदेश नं. २ का साँसद परमेश्वर साह, जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव यादव, राजपा, नेपाल धनुषाका अध्यक्ष संजय कुमार सिंह, नेतृ ममता चौधरी सहितले आफ्नो विचार राखेका छन् ।

No comments:

Post a Comment