Friday, June 22, 2018

उपमहानगरपालिकाको नीति तथा कार्यक्रम आज चार लेवलको सडक,पर्यटन प्रबद्र्धन, शिक्षा र स्वास्थ्यमा जोड

जनकपुरधाम, ७ असोज । जनकपुर उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम आज (शनिवार) सार्वजनिक गर्न लागेको छ । सो कार्यक्रममा वर्षभरिको विकास योजना योजना तर्जुमा राखिएको जनाइएको छ ।
केही दिन अघि प्रदेश नं. २ का सरकारले नीति तथा कार्यक्रम सार्वजनिक पश्चात् बजेट विकास बजेट ल्याएको हो । त्यसै अनुसार स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम पश्चात अनुमानित बजेट ल्याउने तयारी गरेका छन् ।
जनकपुर उद्योग वाणिज्य संघको हलमा जनकपुर उपमहानगरपालिका शनिवार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जानकारी गराएका छन् । उनले नगरको विकासलाई ध्यानमा राखेर सो योजना बनाइएको बताएका छन् ।
मेयर साहले नीति तथा कार्यक्रममा विशेष गरी पर्यटन प्रबद्र्धन, शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिएको बताएका छन् । उनले भने, ‘जनकपुरधाम एउटा धार्मिक पर्यटकीय नगरी समेत रहेकोले पर्यटन प्रबद्धनको विकास, शिक्षा र स्वास्थ्यलाई विशेष ग्रायता दिएको हो ।’ उनले जनकपुरधाम प्रदेश २ को राजधानी समेत भएकोले सडक, नाला तथा व्यापार उद्योगलाई समेत योजनामा राखेको बताएका छन् ।
उनले दीर्घकालिन योजनामा नगरभित्र चार लेवरको सडक निर्माण गरिने छ । त्यसमा एउटा लेवल परिक्रममा सडक बनाइएको छ । ती सडक भित्रमा कस्ता किसिमको व्यापार उद्योग, अर्को लेवलको सडक भित्रमा मल, कलकारखाना लगायतको नीति तथा कार्यक्रममा समायोजन गरिएको जनाएका छन् ।  मेयर साहले होटल, मल, अस्पताल, उद्योग, कलकारखानालाई छुट्याउने योजना रहेको छ । त्यसै अनुसार बजेट समेत समायोजन गर्ने बताएका छन् । मेयर साहले २० वर्ष पश्चात स्थानीय सरकार आएको छ । स्थानीयस्तरमा कसरी विकास गर्ने, उन्नत समाज निर्माण गर्ने दायित्व निर्वाह गर्ने बताएका छन् ।

No comments:

Post a Comment