Saturday, December 16, 2017

राजपा समानुपातिकमा एक जना शहीद परिवार, बा“की आसेपासे

जनकपुरधाम, १ पुस । राष्टिूय जनता पार्टी नेपालले प्रदेश नं. २ मा निर्वाचन कार्यालयमा बुझाएको समानुपतिक नामावलीमा एकजना शहीद परिवारको नाम दिएको छ भने अरु आफ्नो आसेपासेको नामा सिफारिस गरिएको छ ।

मधेश आन्दोलनको क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी महिला मध्ये धनुषाबाट एउटा पनि महिला समानुपातिकमा पर्ने सम्भावना निक्कै कम रहेको छ । राजपाबाट समानुपातिकमा ७ जना महिला आउने सम्भावना देखिएको छ । ती मध्ये धनुषामा अहम भूमिका खेलेको एउटा पनि चर्चित महिलाको नाम देखिएको छैन ।
प्रदेश नं. २ को समानुपातिकमा महोत्तरीबाट शहीद परिवारकी बबिता कुमारी रहेकी छिन भने सर्लाही की निलम देवी भूमिहारिन, पर्साबाट अञ्जु कुमारी, रौतहटबाट डिम्पल कुमारी झा, सर्लाहीबाट निरा कुमारी साह, रौतहटबाट अल्का झा, महिला मञ्चकी रिना यादवको सम्भावना बढी देखिएको छ ।
निरा साह राजपाका सर्लाही अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यमा विजयी भएका प्रमोद साहको पत्नी रहेको छ भने डा. डिम्पल कुमारी झा राजपा अध्यक्ष मण्डलका सदस्य एवं प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका अनिल कुमार झाकी पत्नी रहेकी छिन् ।
राजपाको समानुपातिक सुचीलाई नियालेर हेर्दा समावेशी भएको फिटिक्कै पाइदैन । राजनीतिमा अहोरात्र खट्ने राजनीतिज्ञहरुलाई पछि पारिएको सहजै देख्न सकिन्छ । मधेश आन्दोलन हुँदा सडकमा कहिल्यै नदेखिने महिलाहरुलाई सुचीमा समावेश त गरिएको छ तर सडकमै समय बिताउने महिलाहरुलाई समेत बायकाट गरीएको पाइन्छ । समानुपातिक सुचीको किचलोका कारण राजपा भित्र कै नेताहरुमा किचलो देखिन्छ । नाम नभन्ने शर्तमा एक नेताले भने राजनीतिमा सफलता पाउनका लागि अब नाम चलेको नेताको आसेपासे हुनु अनिवार्य भई सकेको छ । जे म गर्न सक्दिन । 
जनकपुरमा भएको मधेश आन्दोलनमा अहम भूमिका निर्वाह गरेकी विभा ठाकुरको समानुपातिकमा चर्चा भएपनि निर्वाचन आयोगले लगाएको बढ्ता क्रम अनुसार सम्भावना बिलकुलै नरहेको देखिएको छ । निर्वाचन आयोगले गत वर्षभन्दा यसवर्ष समानुपातिकमा बढ्ता क्रम राखेर निर्वाचन आयोगले नै सामानुपातिकको नाम निकाल्ने छ ।

No comments:

Post a Comment