Saturday, December 16, 2017

प्रदेशभरीमै सबैभन्दा बढी मत ल्याउने रामअशिष

जनकपुरधाम, २८ मंसिर । प्रतिनिधि तथा प्रदेशसभाको सबै स्थानको मतपरिणाम सार्वनिक भई सकेको छ । प्रदेश नम्बर २ को पनि मतगणना सम्पन्न भई सकेको छ । प्रदेश नम्बर २ को चर्चा गर्ने हो भने सबैभन्दा ठूलो मतान्तरको जीत प्रदेशसभामा रामअशिष यादवको कोल्टामा परेको छ ।

यादव प्रदेशसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर २ को ख मा संघिय समाजवादी फोरमबाट  ९ हजार ९ सय ६९ मतको ठूलो मतान्तरले विजयी  विजयी भएका थिए । यादवले १७ हजार १ सय ३१ मत प्राप्त गरेका थिए भने  उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ७ हजार १ सय ६२ मत मात्रै ल्याउन सकेका थिए ।
नेपाल पत्रकार महासंघ धनुषाको पूर्व अध्यक्ष समेत रहेका जनकपुरमा गंगा आरती शुरु गरी चर्चामा आएका थिए । उहाँले चलाएको क्लिन जनकपुर ग्रिन जनकपुर अभियानको चर्चा धनुषामा मात्रै नभई अन्य जिल्लाहरुमा समेत हुने गर्छ ।

1 comment: