Tuesday, December 19, 2017

मुआब्जा देऊ वा यथास्थितिमा राखौं भन्दै सरस्वती टोलवासी आन्दोलित


जनकपुरधाम, ४ पुस ।  जनकपुर उपमहानगरपालिका वडा नं. ४ स्थित सरस्वती टोलवासीहरुले मुआब्जा वा यथास्थितिमा सडक राख्नका लागि माँग गर्दै आन्दोलित भएका छन् । उनीहरुले सडक विस्तारको क्रममा आफूलाई घर जग्गाको मुआब्जा दिनुस वा यथास्थितिमा सडकलाई राखौं भन्दै आन्दोलित भएका छन् ।
एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुर नगरभित्रको सडक तथा नाला निर्माण कार्य शुरु भएको छ । सोही अन्तरगत सरस्वती टोलमा ह्युमपाइन विछ्याउने कार्य भई सकेको र सडक निर्माण कार्य हुन लाग्दा स्थनीयहरुले विरोध गरेका छन् ।
स्थानीय शम्भु झाले पहिला यो सडक ९ फिटको थियो, पछि  १२ फिटको गरियो, तर यस पटक ३० फिट गरिएकोले अधिकांश व्यक्तिको सम्पूर्ण घर जाने गरेको भन्दै मुआब्जा नदिएमा सडक निर्माण कार्य हुन नदिने ठोकुवा गरेका छन् ।
त्यस्तै किरण कुमारी झाले आफूहरु गाउँको खेत र घडेरीहरु बेचेर जनकपुरमा घर बनाएको छु, तर ३० फिट सडक निर्माण हुँदा केही नबच्ने भएकोले कुनै पनि हालतमा सडक निर्माण हुन नदिने जिकिर गरेकी छिन् । उनले यस्तै रह्यो भने ८० प्रतिशत जनता घर विहीन हुने बताएकी छिन् । उनले यो मोहल्लामा अधिकांशको घर दुईदेखि ३ धुर जग्गामा निर्माण गरिएको छ । तर सडक निर्माणमा सबै घर जाने गरेकोले जनता नै रहँदैन भने विकास किन चाहियो प्रश्न दोहोर्याएका छन् ।
सडक निर्माण कार्य रोक्नका लागि वडा कार्यालय, जिल्ला प्रशासन कार्यलय तथा जनकपुर उपमहानगरपालिका पत्राचार गरिसकेको स्थानीय रवि साहले बताएका छन् । उनले १२ फिटको सडकबाट सिधै ३० फिट गरेमा टोलवासीहरुले नै उठिबास हुने दावी गरेका छन् । सडक निर्माणको क्रममा २२ वटा घरपरिवार उठिवास हुने दावी गरेका छन् ।
भारत ठाकुरले जनकपुरको मुख्य सडक अर्थात बजार भित्रमा यथास्थितिमा सडक निर्माण भई रहेको छ । तर यतातिर ३० फिटबाटोको आवश्यकता नरहेकोले षड्यन्त्र पूर्वक उठिवास गराउनका लागि  योजनाबद्ध तरिकाले निर्माण कार्यलाई अगाडि ल्याइएको दावी गरेका छन् ।
ठाकुरले आफुले जानकारी पाए अनुसार पहिला २२ वडा सडकलाई मात्र योजना राखिएको थियो । तर अहिले यो योजना कहाँबाट समावेस गरिएको छ यसमा पनि षड्यन्त्र रहेको बताएका छन् ।
उनले आफू विकास विरोधी नरहेको तर आवश्यकता भन्दा बढी षड्यन्त्र पूर्वक गर्न लागेकोले विरोध गरेको बताएका छन् । पहडामा पहिला मुआब्जा दिन निर्णय गर्छन तत्पश्चात् निर्माण कार्य हुन्छ तर, यता किन त्यस्तो नगरेको प्रति आक्रोशत व्यक्त गरेका छन् ।
एडिबीका परियोजना प्रमुख गंगाराम यादवले नाला निर्माण तथा सडक विस्तारको मापदण्ड जनकपुर उपमहानगरपालिकाले निर्धारण गरेको छ । यसमा एडिबीको कुनै सरोकार छैन । स्थानीयहरुलाई ३० फिटको सडक चाहिदैन भने नगरपालिकामा गएर सम्झौता गरेमा सोही अनुसार आफूले निर्माण कार्य संचालन गर्ने बताएका छन् । १३ फिटभन्दा बढी फराकिलो सडकमा मात्र ह्युमपाइप बिछाउन सकिन्छ उनले बताए । यता जनकपुर उपमहानगरपालिकाका निमित्त प्रमुख वीरेन्द्र यादवसँग कुरा गर्दा त्यो सम्बन्धमा आफलाई कुनै जानकारी नरहेको बताएका छन् ।

No comments:

Post a Comment