Saturday, December 16, 2017

महतोलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेकी यी महिलाहरु

जनकपुरधाम, २८ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३बाट राजपा नेता राजेन्द्र महतो विजयी भई सकेका छन । अहिले उहाँ गाउँ गाउँ पुगेर मतदाताहरुलाई आभार प्रकट गरिरहेका छन ।


महतोले नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पराजित गरेर कांग्रेसको किला मानिएको यो क्षेत्रमा आफ्नो विजयी पताका लहराएका छन । तर उहाँका लागि निधिलाई पराजित गर्नु कम ठूलो चुनौतीपूर्ण काम थिएन । तथापि असल सहयोगी र सफल रणनीतिका कारण आज उहाँ विजेता भएका छन । 
निधिको जीतमा महिला नेतृहरुको ठूलो भूमिका रहेको छ । जसमध्ये राजपा नेतृ विभा ठाकुर, जनकपुर उपमहानगरपालिकाका उपमेयर रिता झा, बिन्दु ठाकुर, सरिता शर्मा, मधेश आन्दोलनको क्रममा शहीद भएका संजय चौधरीको बहिनी ममता चौधरीको उत्कृष्ट भूमिका रह्यो ।
विभा ठाकुर राजपाको केन्द्रिय सदस्य छिन । मधेश आन्दोलनमा उर्जा थप्दै आएकी ठाकुर महिलाहरुलाई घर(घरमै गएर राजपाका लागि मत माँग्ने कार्य गर्दै आएकी थिइन । यति मात्रै होइन आफ्ना महिला सहकर्मीहरुमा उर्जा थप्न विभाको ठूलो भूमिका हुन्थ्यो । राजपाको प्रायः सबै जुलुशमा उहाँलाई अग्रपंक्तिमा देखिने गरिन्थ्यो ।
रिता झा जनकपुर उपमहानगरपालिकाकी उपमेयर हुन । राजपाको केन्द्रिय सदस्य समेत रहेकी झा महिलाहरुलाई राजपाको मुद्दामा कन्भिन्स गर्ने काम गर्ने गर्थिन । उहाँले पनि महतोको जीतका लागि अहोरात्र खट्दै आएकी थिइन ।
रेणु झा हँसपुर नगरपालिकाको  उपमेयर हुन । उनी राजपाको केन्द्रिय सदस्य समेत छिन । नगरपालिकाको कामका कारण चुनावी जुलुशमा कमै देखिए पनि उहाँको आक्रामक भाषणशैलीले विपक्षी खेमालाई डराउन ठूलो भूमिका खेल्यो । उहाँके आक्रामक भाषणले महतोलाई जिताउन भूमिका खेलेको भन्दा अतिशयोक्ति नहोला ।
चुनावी प्रचार प्रसारमा एकदमै सक्रिय रह्ने महिलाहरु मध्ये विन्दु ठाकुरको पनि चर्चा गर्नु सान्दर्भिक लाग्छ । विन्दुले पनि महिला मतदाताहरुका साथै जनकपुरको चोक चोकमा घुमेर राजपाको पक्षमा मतदान गर्नका लागि मतदाताहरुलाई कन्भिन्स गर्ने काम गर्थिन ।
सरिता शर्मा मधेश आन्दोलनबाट राजनीतिमा होमिएकी थिइन । तर उहाँले गर्ने कामको प्रत्यक्ष उदाहरण यस पटकको निर्वाचनलाई लिन सकिन्छ । यस पटक उहाँ पनि एकदमै सक्रिय भएर राजपाको प्रचार प्रसारमा होमिएकी थिइन ।
मधेश आन्दोलनको क्रममा संजय चौधरी प्रहरीको गोली लागि शहादत प्राप्त गरेका थिए । उनै शहीद चौधरीका बहिनी हुन हुन ममता चौधरी । ममतालाई प्रायः राजपाको सबै चुनावी कार्यक्रममा देपिखन्थ्यो । उहाँको भावुक पार्ने मन्तव्यले मतदाताहरुलाई असाध्यै आकर्षित गर्ने गथ्र्यो । यि महिलाहरुको रणनीतिले पनि राजपा नेता राजेन्द्र महतोलाई जिताउन सफल भएको भन्न सकिन्छ । 

No comments:

Post a Comment