Thursday, December 21, 2017

जउवा संघको चुनावी मैदानमा यी अनुहारहरु




जनकपुरधाम, ६ पुस । जनकपुर उद्योग वाणिज्य संघको निर्वाचन यहि पुस २९ गते हुन लागेको छ । स्थानीय तह र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन पश्चात् जनकपुरमा अर्को लहर जउवा संघको निर्वाचनको रहेको छ ।

जउवा संघको चुनावी मैदानमा अहिल उम्मेदवारहरुको नाम नखुलेपनि जनकपुरमा केही उम्मेदवारहरुको चर्चा समेत चलेको छ ।  संघको अध्यक्ष पदमा पाँचजना, वरिष्ठ उपाध्यक्षमा एकजना, उपाध्यक्ष पदमा दुईजना, महासचिव पदमा तीनजना, सचिवमा ६ जना तथा कोषाध्यक्ष पदमा दुई जना तथा एशोसिएट सदस्यमा तीनजना उम्मेदवारी दिने हल्ला फैलिएको हो ।
संघको अध्यक्ष पदमा विजय कुमार साह, पवन ठाकुर, जितेन्द्र प्रसाद साह, ललित साह तथा मनोज चौधरीको नाम सुनिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र कुमार भण्डारीको मात्र चर्चामा रहेको छ । महिला उपाध्यक्षमा नितिका रायको नाम सुनिएको छ । महासचिवमा जितेन्द्र महासेठ, किस्ुनदेव साह र अरुण साह रहेको छ भन्ने सचिव पदमा फुलदेव पण्डित, चन्दन साह, विकास रौनियार, संजय साह, धर्मेन्द्र कुमार साह र रामसुरत साहको नाम चर्चामा रहेको छ ।
अध्यक्ष पदका सम्भावित उम्मेदवार विजय साह संघका वरिष्ठ उपाध्यक्ष हुन भने जितेन्द्र प्रसाद साह महासचिव हुन तथा ललित साह पूर्व महासचिव रहेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षका सम्भावित उम्मेदवार सुरेन्द्र कुमार भण्डारी संघका सचिव हुन् । उनी केहीदिनदेखि महासचिवको कार्य समेत गर्दै आएका छन् ।  त्यस्तै महासचिवका सम्भावित उम्मेदवार जितेन्द्र महासेठ संघका कोषाध्यक्ष हुन् । संघको निर्वाचनमा अहिलेको अवस्थामा अनुसार अध्यक्ष तथा सचिव पदमा बढी उम्मेदवार देखिएको छ  भने वरिष्ठ उपाध्यक्ष बाहेक सबैमा कडा प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ ।
जनकपुर उद्योग वाणिज्य संघको चुनाव पनि हुँदै गएको जनकपुरवासीको विश्लेषण रहेको छ ।

No comments:

Post a Comment