Saturday, December 16, 2017

वकिल टोल घटना प्रकरणमा निधि पुगे जिल्ला प्रशासन कार्यालयमा

जनकपुरधाम, २८ मंसिर । जनकपुर उपमहानगरपालिका वडा नं. १ वकिल टोलमा मंसिर २५ गते सोमवार साँझ भएको घटनालाई लिएर पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि विहिवार जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका छन् ।

नेता निधिले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउँदै भने हत्यालाई दुर्घटना वनाउन खोजेको हो । घटनाको सत्यतथ्य कुराहरु बाहिर ल्याउनका लागि माँग समेत गरेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति रामसरोज यादव लगायतको टोलीसंगै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका नेता निधीले हत्यालाई प्रहरी र क्राइम ब्रान्चले दुर्घटना बनाई ढाकछोप गर्न खोजको आरोप लगाउदै यथासिघ्र छानवीन गर्न माग गरेका छन् । उनले  दुर्घटना हुदा शरीरको अन्य भागमा स्क्रेच लागेको हुनुपर्ने तर मृत्यु भएका व्यक्तिको टाउको पछाडी भागमा काटेको हुनु र बाइकमा समान्य क्षति भएको नदेखिएकोले घटनाको  सत्यतथ्यलाई लुकाउन खोजिएको आरोप लगाएका छन् ।
उनले आक्रोशित भएर भने ‘आफु पराजीत भएपछि राजपाले गुण्डातन्त्र वढाएको र आफना कार्यकतामाथि आक्रमण भइरहदा पनि प्रहरी मुकदर्शक वनेको हो । घाइते मध्ये एकले किटानी जाहेरी गर्दा पनि सो व्यक्तिहरुलाई किन पक्राउ गर्न सकेको छै ।’
धनुषाका प्रहरी उपरिक्षक चक्र वहादुर सिंहले घाइतेले दिएको वयानको आधारमा नाम लिएका व्यक्तिहरुलाई सोधपुछ गरेर हालको लागि छाडिएको र पोलिग्राफ टेस्ट मार्फत सत्य तथ्य बाहिर ल्याउने बताएका छन् । उनले कसैको भनाईकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने भएकोले छानवीन गरेर यर्थात कुरा वाहिर ल्याउने अश्वासन दिएका छन् । जिप्रका धनुषामै उपस्थित भएका एसएसपी सुभाष चन्द्र चौधरीले घटनालाई दुर्घटना र हत्या गरी दुइटै तरिकाले छानविन गरिरहेको र कल डिटेल लगायत बास्तविकता केहो छिटै अनुसन्धान गरी बाहिर ल्याउने बताएका छन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले सो घटनाको बारेमा आफुलाई थाहा भएपछि तुरन्त छानवीन गरि हत्या हो भने तुरन्त कारवाही गर्नका लागि एसपीलाई निर्देशन दिइसकेको बताएका छन ।

No comments:

Post a Comment