Thursday, May 9, 2019

‘जिल्लामा निवेदन दर्ता गराएपछि प्रहरी अगाडि नै कुटियो’


जनकपुरधाम, २५ बैशाख । जिल्ला प्रहरी कार्यालय धनुषामा रुख काटेको निवेदन दर्ता गराएर घर फर्केपछि प्रहरीकै अगाडिमा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
धनुषाको हंसपुर नगरपालिका वडा न.ं ८ झटियाहीमा बलुवा नदी तटबन्ध निर्माणको क्रममा निजी जग्गामा रहेको १७ बढी रुख काटेको घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराएपछि मुद्दा दर्ता किन गराएको भनेर कुटपिट गरेको स्थानीय सुशिल यादवले आरोप लगाएका छन् ।
उनले तटबन्ध निर्माणको क्रममा सुशिल साहको १७ भन्दा बढी रुख काटिएको हो । रुख कसले काटेको दिएको निवेदनमा उल्लेख छैन । तर जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएपछि तबन्ध निर्माण समितिकै पदाधिकारीहरुले जथाभावी रुपमा सुशिला साह र रामबहादुर भण्डारीलाई कुटपिट गरेको बताएका छन् । उनले भने, ‘रामबहादुर भण्डारी सुशिलसंग किन निवेदन दर्ता गराउन गएको भन्दै कुटपिट गरेको छ । जबिक सुशिल साहको साथी मात्र रामबहादुर भण्डारी छन् ।’ भण्डारीलाई रड प्रहार गरेका छन् । भण्डारीको ठाउँकोमा १९ वटा टका परेको र उहाँको उपचार जनकपुर अञ्चल अस्पतालमा भई रहेको उनले बताएका छन् ।
सुशिल यादवले भने, ‘रड प्रहार गर्दा प्रहरी हवलदार त्यही उभेको थिए । उनले केही गर्न सकेन । समितिका ७ जना रहेको थियो र निवेदनदर्ता गराउने २ जना मात्र ।’ सुशिल यादवले कुटपिट पनि गरेको छ, र उल्टै उनीहरु साह र भण्डारीमाथि निवेदन पनि दर्ता गराएका छन्, बाध्य भएर पत्रकारहरुलाई गुहार्नु परेको बताएका छन् ।
यता सोही वडाका वडा अध्यक्ष जीवछ मण्डलले तटबन्ध निर्माणका लागि बनाइएको समिति नै अनलिगल रहेको र सो समिति खारेजीका लागि सम्बन्धित निकायमा समेत निवेदन दर्ता भई सकेको बताएका छ्न । उनले रुख कसले काटेको, किन काटेको त्यो सम्बन्धमा थाहा नभएपनि समितिकै व्यक्तिहरुले भण्डारी र साहमाथि रड प्रहारी गरी घाइते बनाई दिएको आरोप लगाएका छन् ।
समितिका सात जना अहिले प्रहरी हिरासतमा छन् । समितिमा मनोज मण्डल, सुदष्टि दास, बण्डुल राउत, प्रदीप दास, बौएलाल मण्डल, राजेश मण्डल, सरोज मण्डल रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि आफ्नो नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment