Friday, May 24, 2019

सूचनाको हक कुण्ठित गर्नेलाई जरिवाना ः प्रजिअ कणेल


जनकपुरधाम, ९ जेठ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सूचनाको हक अधिकारलाई कुण्ठित गर्ने निकायलाई  संवैधानिक व्यवस्थामा दण्ड जरिवाना रहेको बताएका छन् ।
जनकपुरधाममा विहिवार आयोजित सूचनाको हकको संरक्षण तथा सम्बद्र्धन सम्बन्धी ‘छलफल’ कार्यक्रममा जिल्ला अधिकारी कणेलले सो कुरा बताएका हुन । धनुषाका सरकारी कार्यालयहरुको प्रतिनिधिहरुको उपस्थितिमा भएको सो कार्यक्रममा जिल्ला अधिकारी कणेलले सूचना माँग गरेमा र समयमा सूचना उपलब्ध गराउन नसकेमा तीन हजारदेखि २५ हजार सम्म दण्ड जरिवानाको व्यवस्था समेत सूचना ऐनमा उल्लेख रहेको बताएका छन् ।
उनले भने ‘ प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माँग्ने र पाउने हक छ । कानून बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जनकारी दिन कसैलाई बाध्य पारिने छैन ।’ उनले सूचनाको हक स्थापित गर्न, सार्वजनिक सरोकारको जानकारी लिन, अध्ययन अनुसन्धान गर्न, योजना÷कार्यक्रम तर्जुमा गर्न, पारदर्शिता÷जवाफदेहिता वहन गरी सुशासन कायम गर्न, सार्जनिक पदाधिकारीबाट हुन सक्ने स्वेच्छताचारिता हुन दिनको लागि सूचनाको महत्व बढी रहेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी कणेलले धनुषामा सूचनाको अवस्था निक्कै कमजोर रहेको बताएका छन् । उनले यहाँ सूचना माँग्ने प्रवृतिको संख्या न्यून, माग्दा पनि अलमलिने प्रवृति, सूचनाको दुरुपयोग, कमजोर नागरिक सचेतना, अभिलेखहरु अव्यवस्थित हुनु रहेको बताएका छन् ।

No comments:

Post a Comment