Sunday, May 12, 2019

सिंहदरबारले गर्न नसके प्रदेशले गर्छन ः मन्त्री यादव


जनकपुरधाम, २८ बैशाख । आर्थिक मामिला तथा विकास मन्त्री विजय कुमार यादवले सिंहदरबारले धरासायी गरेको यहाँका कलकारखानाहरु प्रदेशलाई जिम्मा लगाएमा प्रदेश सरकारले सञ्चालन गरेर देखाउने ठोकुवा गरेका छन् ।
जनकपुरधाममा नेपाल धितोपात्र बोर्डद्वारा आयोजित आर्थिक तथा धितोपत्र बजारसम्बन्धी ‘प्रशिक्षण तथा अन्तरक्रिया’ कार्यक्रममा मन्त्री यादवले प्रदेश र देशको आर्थिक सम्पन्नताको क्षेत्रमा पत्रकारहरुलाई इमान्दारिता पूर्वक कलम चलाई राख्न आग्रह गरेका छन् । उनले ०४६ पछि मुलुकमा धरासायी हुँदै आएको कलकारखानाको अवस्था अहिलेसम्मको अवस्था त्यही नै छ । सरकारको पक्षमा पत्रकारहरुले सधैं पोजेटिभ समाचार सम्प्रेषण गरेमा तानाशाह बढने संकेत गर्दै मुलुकको विकासका लागि सत्यतथ्य समाचार सम्प्रेषण गर्नका लागि आग्रह गरेका छन् ।
मन्त्री यादवले भने, ‘लोकतन्त्रको महत्वपूर्ण पात्र पत्रकार पनि हुन ।  बहुदल कालको कन्सेप्ट पनि अहिलेको नेताहरुमा छन् । यसमा बदलाव ल्याउनका लागि संविधान संशोधन आवश्यक रहेको छ ।’ उनले प्रदेश सरकार सदनदेखि सडकसम्म आन्दोलित रहेको जिकिर गरेका छन् ।
संघीय सरकारमाथि आरोप लगाउँदै मन्त्री यादवले भने, ‘यस प्रदेशबाट ३५देखि ४० प्रतिशत राजस्व उठ्ने गरेको छ । तर विकासको नाउँमा कटौती गर्ने गरेको हो । ५४ लाख जनसंख्या भएको ठूलो प्रदेश २ नै रहेको छ । जनसंख्या अनुसार बराबरीको बजेट हुनुपर्छ ।’
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा ५० बढी पत्रकारहरुको सहभागिता रहेको थियो । उनीहरुलाई आर्थिक पत्रकारिता सम्बन्धी प्रशिक्षण समेत दिएका छन् । प्रशिक्षण पश्चात् आर्थिक पत्रकारिता सम्बन्धी छलफल समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममो उद्घाटन सत्रमा प्रदेश साँसद रामअशिष यादव सहितको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment