Thursday, May 16, 2019

‘अब बर्दास्त हुँदैन,तलव देऔ’

जनकपुरधाम, १ जेठ । ‘हामी चार दिनदेखि लगातार धर्नामा बसेका छौं । कसैले धर्नामा किन बसेका छौं सोध्न पनि आएन । नगरलाई सफासुघर गर्ने, तर तलव माँग्दा धर्नामा बस्नुपर्ने कहाँको न्याय हो’  धर्नामा बसेका सन्तोष मेस्तरले गुनासो पोखे । उनले भने, ‘दैनिक ज्यालादारी गरी खानेलाई अब बर्दास्त हुँदैन, तलवको लागि धर्नामा बसेका छौं ।’
अति पिछडिएका समुदाय मध्ये हामी मेस्तर समुदाय हौ । हामीले नै नगरसफा राख्दा सबैले स्वस्थ्य रहिरहन्छ, तर आफूहरुको समस्या पर्दा नत्र समाजसेवी, राजनीतिककर्मी र नत्र अन्य निकायले हाम्रो समस्या बुझ्न चासो राखेका हुन् । धेरै साथीहरु विद्यालय, क्लिनिक र अस्पतालमा गरिरहेको काम छोडेर नगरको सफाईमा लाग्यो ? जनकपुरधाम उपमहा नगरपालिकाले तिमीहरुलाई स्थायी जागिर दिने भन्दै ल्याएको छ । तर अहिले चार महिनादेखि तलव पाएको छैन उनले कुरा दोहोर्याए ।
जनकपुरधाम उपमहा नगरपालिका गेटको अगाडि सफाईकर्मीहरु विगत चारदिनदेखि विहानदेखि बेलु्कासम्म तलवको माँग गर्दै धर्नामा बसेको हुन्छ । सफाईकर्मीहरुको धर्नाको कारण नगरफोहरमा परिणत हुन थालेको छ । नगरभित्र जत्रतत्र गन्दगीले नगरवासीलाई नाकमुख छोप्न बाध्य पुर्याई रहेका छन् । त्यसका वावजुद पनि सफाईकर्मीहरुको गुनासो र समस्या सुन्न कसैले चासो लिएको छैन । आखिर किन यस्तो समस्या आयो त ? यसको समाधान कसरी गर्ने त ? नगरपालिकामाथि दवाव पनि सृजना गर्न कोही अगाडि आएको छैन ।
दलितहरु सम्पन्न भएमा प्रदेश सम्पन्न हुने मुख्यमन्त्री लालबाबु राउतले पटकपटक कुरा उठाउँदै आएको छ । तर कमाएको रकम पनि समयमा नदिनु योभन्दा सफेद भाषण के हुन सक्छ ? सफाईकर्मीका अगुवा नेता कुशेश्वर मेस्तरले गुनासो राखे । उनले हामीले काम गरेर खाने समुदाय हो । संविधानमा के लेखेको छ ? यसको समाधान कसले गर्ने हामीलाई के थाहा । हामीहरु पनि शिक्षित र राजनीतिमा पहुँच भएको भए यस्तो समस्या आउने थिएन ।
गत चैत्र १२ गते पनि मेस्तर समुदायहरु यसरी नै जनकपुरधाम उपमहा नगरपालिका गेट अगाडि धर्नामा बसेका थिए । त्यो बेला नगरप्रमुख लालकिशोर साहले १५ दिनभित्रमा सबैले तलव पाउने छौं । तिमीहरु काम लाग भनेका थिए । चैत्र र बैशाख पनि गयो । तलव नपाएपछि बाध्य भएर धर्नामा बस्नु परेको सफाई अगुना नेता कुशेश्वरले भने ।
संघीय सरकारले कर्मचारी समायोजनका लागि चार महिना अघि प्रदेश सरकारलाई पत्र काटेको थियो । प्रदेश सरकार वा स्थानीय सरकारले करार लगायतमा कर्मचारी भर्ना नगर्न नपाउने पत्रमा उल्लेख छ । त्यसका वावजुद पनि सफाईकर्मी बिना नगर सञ्चालन नहुने भन्दै नगरप्रमुखले सफाईकर्मीहरुलाई अश्वासन दिएका थिए । तर अहिलेसम्म तलव नदिंदा सफाईकर्मीहरु आक्रोशित भई धर्नामा बसेका छन् ।

No comments:

Post a Comment