Saturday, May 11, 2019

करोड बढी मूल्यको गाडी कवाडीको भावमा चोरी पठारीको गाडी प्रहरी चढदै


जनकपुरधाम, २७ वैशाख । जनकपुर भन्सारको कार्यालयमा एक करोड बढी मूल्य पर्ने सवारी साधनहरु म्याद गुर्जेको अवस्थामा आएपछि कवाडीको भावमा  बिक्री हुने अवस्थामा पुगेको छ ।
जनकपुर भन्सार कार्यालयमा साढे तीन सय सवारी साधन चोरी पैठारी घटनामा पक्राउ परेको छ । ती मध्ये एकसय बढी सवारी साधनको स्रेता छैन, गाडी नम्वर र चेसीस नम्वरसम्म रजिष्टरमा उल्लेख नरहेको भन्सार प्रमुख रामेश्वर मिश्रले जानकारी गराएका छन् । प्रमुख मिश्रले गाडी खरीद गर्दा गाडी नम्वर प्राप्त गरेको मितिदेखि १० वर्ष ननाघेको सवारी साधनलाई लिलामी गर्न सकिन्छ । तर १० वर्ष नाघेको सवारी साधनलाई कवाडीको भावमा बिक्री गर्नुपर्ने प्रावधान रहेको बताएका छन् ।
भन्सार प्रमुख मिश्रले यस्ता सयभन्दा बढी सवारी साधनहरु छन् जसलाई कवाडीको भावमा बिक्री गर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले लिलामी वापत करोडभन्दा बढी राजस्व आउने सवारी साधनलाई अहिले कवाडीको भावमा बिक्री गर्नुपर्ने रहेको जिकिर गरेका छन् ।
उनले भने, ‘डेढ सय सवारी साधानहरु यस्ता छन जसको रजिष्टरमा स्रेता छैन, गाडी नम्वर र जेसीस नम्वर उल्लेख छैन । विगतमा भन्सार प्रमुखको अज्ञानताको कारण यस्तो समस्या आएको हो ।’ उनले जबसम्म गाडीको नम्वर, जेसीस नम्वर हुँदैन तबसम्म लिलामी प्रक्रियामा जानु उचित नहुने बताएका छन् ।

भन्सारको गाडी प्रहरी चढ्दैछ
भन्सार प्रमुख रामेश्वर मिश्रले चोरी पैठारीको मोटरसाइकल प्रहरीहरु चढिरहेको बताएका छन । उनले एउटा भन्सार कार्यालयमा निवेदन दिएर मोटरसाइकल प्रयोग गरिरहेको आरोप लगाएका छन् । प्रहरीले गाडी नम्वर, जेसीस नम्वर पनि निवेदनमा उल्लेख नगरी प्रयोगमा ल्याउने गरेको बताएका छन् । प्रहरी जस्ता जिम्मेवार निकायले यस्ता गरिराखेको प्रति उनले दुःख समेत व्यक्त गरेका छन् ।
साढे तीन सय गाडी लिलामी अवस्थामा
जनकपुर भन्सार कार्यालयमा अहिले साढे तीन सय बढी सवारी साधन लिलामी अवस्थामा रहेको छ । तर स्रेता नभेटाउँदा लिलामी प्रक्रिया अगाडि बढाउन नसकेको भन्सार प्रमुख मिश्रले बताएका छन् । उनले ती मध्ये करीब सयवटा गाडीको नम्वर, जेसीस नम्वर थाहा हुन नसक्दा लिलामी प्रक्रियामा नगएको स्वीकारेमा पनि छन् ।
भन्सार प्रमुख मिश्रले दुई सय सवारी साधनलाई लिलामी गर्न सकिन्छ तर पटक पटक लिलामी गरेमा बढी खर्च लाग्ने भएकोले ढिलो भएपनि एक्कैसाथ गर्न सोचमा रहेको बताएका छन् ।
लिलामी प्रक्रियामा असहयोग
जनकपुर भन्सार कार्यालयमा आफ्नो कार्यकालमा चोरी पैठारीबाट आएको करीब दुई सय सवारी साधनको कागजातहरु चुस्त दुरुस्त रहेको भन्सार प्रमुख मिश्रले बताएका छन् । तर लिलामी प्रक्रियामा लैजानका लागि मूल्यांकन समिति गठन गर्नुपर्दछ । त्यसमा राज्यपक्षबाट असहयोग हुँदै आएको उनले बताएका छन् ।
प्रमुख मिश्रले भन्सार प्रमुखको संयोजकत्वमा मेकेनिकल इन्जिनियर सदस्य रहने गरी समिति गठन गर्नुपर्दछ । त्यसपश्चात् सवारी साधनको मूल्यांकन गरिन्छ । तर मेकेनिकल इन्जिनियर नहुँदा मूल्यांकनमा समस्या रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा पक्राउ परेको दुई सवारी साधनबाट डेढ करोड बढी राजस्व आउने दावी समेत गरेका छन् ।
गाडी राख्ने ठाउ“को अभाव
जनकपुर भन्सार कार्यालयमा दिनहुँ चोरी पैठारीको सवारी साधन बढेपछि राख्ने ठाउँको समेत अभाव रहेको छ । भन्सार कार्यालय भित्रमा रहेको मन्दिर वरीपरि जहाँ पूजापाठ गरिन्छ त्यहाँ पनि सवारी साधन नै राख्ने गरेको छ ।

No comments:

Post a Comment