Saturday, May 4, 2019

‘जनता आवासको ३० करोड फ्रिज हुने सम्भावना’


जनकपुरधाम, २० बैशाख । धनुषामा जनता आवासका लागि आएको करीब ३० करोड रुपैया फ्रिज हुन लागेको छ ।
असार मसान्तभित्रमा जनता आवास अन्तर्गत निर्माण कार्य पुरा गरीसक्नु पर्ने थियो । तर कर्मचारी अभावको कारण लाभग्राहीहरु फारम दर्ता गराएको फाराम कम्प्यूटराइज्ड बाहेक कुनै कार्य नभएको जनता आवास धनुषा संयोजक परमेश्वर साहले जानकारी गराएका छन् ।
संयोजक साहले भने, ‘यसवर्षको असार मसान्तभित्रमा ८ सय घर निर्माण गरी सक्नुपर्ने छ । अहिलेसम्म सर्वेपनि भएको छैन । कुनै पनि हालतमा जनता आवास अन्तर्गत घर निर्माण हुने सम्भावना देखिदैन ।’ उनले धनुषामा १५ सय लाभग्राहीहरुले जनता आवासका लागि फाराम दर्ता गराई सकेका,  तर कर्मचारी अभावको कारण कार्य अगाडि नबढेको गुनासो पोखेका छन् ।
उनले ८ सय घर निर्माणका लागि धनुषामा २९ करोड ७० लाख रुपैया बजेट विनियोजन भएको छ । तर कार्यालयमा कर्मचारी र इन्जिनियर नहुँदा निवेदनमाथि सर्वे कार्य अगाडि बढेको छैन । यसले स्पष्ट हुन्छ यसवर्ष ८ सय लाभग्राहीहरु जनता आवासबाट वन्चित रहने बताएका छन् ।
संयोजक साहले निवेदन दर्ता गराएको अढाई महिना विति सक्यो । कर्मचारीको अतोपतो छैन । यस सन्दर्भमा पटकपटक प्रदेश सरकार केन्द्रिय सरकारलाई ध्यानाकर्षण गराएपनि कसैले चासो नलिएको गुनसो पोखेका छन् ।
साहले भने, ‘२०७६÷०७७मा धनुषामा २ हजार घर निर्माण गर्नुपर्ने छ । त्यसका लागि ७० करोड रुपैया बजेट समेत रहेको हो ।’ उनले जनता आवास योजना आएपनि कर्मचारी अभावको कारण असफल हुन लागेको बताएका छन् ।
पहिलो चरणमा  जनता आवास अन्तर्गत डोम, मुसहर, हलखोर र मेस्तर समुदायको घर निर्माण हुनेछ । त्यसका लागि जनकपुरधाम उपमहा नगरपालिका १ देखि २५ वटाका वडाहरुका यी समुदायहरुको घर निर्माण हुनेछ । त्यस्तै औरही गाउँपालिका, धनौजी गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, मिथिला बिहारी नगरपालिकाको वडा नंं. ७,८, र १०, हंसपुर नगरपालिकाको २,३,र ४, शहीद नगरपालिकाको वडा नं. ७ कमला नगरपालिकाको वडा नं. ५ मा बस्ने डोम, मुसहर, हलखोर र मेस्तर समुदायको घर निर्माण गर्ने कार्यक्रम रहेको संयोजक साहले जानकारी गराएका छन् ।

No comments:

Post a Comment