Wednesday, May 8, 2019

असन्तुष्ट पक्षले खाना र भत्ता खाएर सडकमा गरे प्रदर्शन



जनकपुरधाम, २३ बैशाख । जनकपुरधाम उपमहा नगरपालिकाको सोमवार भएको तेस्रो नगरसभामा असन्तुष्ट पक्षहरुले भत्ता र खाना खाएर नगरमा नगरप्रमुखको विरुद्धमा प्रदर्शन गरेका छन् ।
विहान ७ बजेदेखि शुरु हुने नगरसभा ११ बजेबाट शुरु भएको थियो । नगरसभाको प्रारम्भमा केही वडा अध्यक्ष र सदस्यहरुबीच मनमुटाव देखिएको थियो । नगरसभा शुरु हुँदा खल्लो देखिएपनि विस्तारै विस्तारै वडा अध्यक्ष तथा सदस्यहरुको सहभागिता संख्या बढ्दै गएको थियो ।
नगरभामा केही सदस्य तथा वडा अध्यक्षहरु सहभागी भई छलफल पनि गरे । केही बुँदामा विशेष छलफल हुन लाग्दा उनीहरुले खाना खाएर हो हल्ला गर्न थालेको नगरप्रमुख लालकिशोर साहले बताएका छन् । उनले नगरसभा शान्तिपूर्ण तरिकाबाट सम्पन्न भयो । नगरसभा सक्न लाग्दा वा सफल भएपश्चात् परिचालित किसिमले केही वडा अध्यक्ष र सदस्यहरुले हो हल्ला गरेको बताएका छन् ।
मेयर साहले भने, ‘नगरसभामा सन्तुष्टी र असन्तुष्टी पोख्नु स्वभाविकै हो । त्यसका लागि नगरसभामा नै छलफल गरी विवाद सल्टाउनु पर्दछ । तर नगरसभामा अमर्यादित किसिमबाट प्रस्तुत हुनु दुःखद कुरा हो ।’
मेयर साहले चारवटा बुँदामा छलफल भयो । विविध बुँदा आएपछि उनीहरुले हो हल्ला गर्न थाल्यो । त्यसमा काँग्रेसका वडा अध्यक्ष तथा सदस्यहरु रहेको थियो । नगरसभालाई सुनियोजित किसिमले असफल गर्ने प्रयास भएको उनले बताएका छन् । उनले बहुमतबाट नगरसभा सफल भएको दावी समेत गरेका छन् ।
नगरसभाको उद्घाटन सत्रमा प्रशासकीय अधिकृत सीता परियारले यस आर्थिक वर्षमा ३१.४४ प्रतिशत कार्य मात्र भएको बताएकी छन् । उनले जुन प्रकारले कार्य हुनुपर्ने थियो त्यसो नभएको असन्तुष्टि व्यक्त गरेकी छन् ।
‘संघीय सरकारले करारमा कर्मचारी भर्ना गर्न नपाइने निर्णय गरिसकेको छ,’ वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले भने । उनले भने, ‘गैरकानुनी कार्यप्रति हामीले असहमति राख्न खोज्यौं, तर हामीलाई ‘नोट अफ डिसेन्ट’ लेख्न दिइएनन् ।’
चित्त नबुझेको कुरामा असहमति व्यक्त गर्ने लोकतान्त्रिक अधिकार हुँदाहुँदै यहाँ मनोमानी गरिएको वडा नम्बर १५ का वडाध्यक्ष अशोक चौधरीले बताए । ‘करारमा कर्मचारी भर्ना हुँदा भविष्यमा अख्तियारले छानबिन गरे हामी त्यसको भागिदार बत्र चाहेका छैनौं,’ चौधरीले भने ।
करारमा कर्मचारी भर्ना गर्न नगरसभाबाट पारित गराइएको प्रस्तावविरुद्ध उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई लिखित जानकारी समेत दिएका छन् ।  यदि यसको सुनुवाई नभए उनीहरुले अदालतसम्म जाने चेतावनीसमेत दिएका छन् ।

मेयर साह विरुद्ध नाराबाजी
असन्तुष्ट वडा अध्यक्ष तथा वडा सदस्यहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह विरुद्धमा नाराबाजी गरेका छन् । जनकपुरधाम उपमहा नगरपालिकाबाट नारा जुलुस लगाउँदै भानुचौक, शिवचौक, जनक चौक लगायतमा उनीहरुले प्रदर्शन गरेका हुन ।
असन्तुष्टहरुले ‘अब मनमानी चल्दैन, तानाशाही बन्द गर । भ्रष्ट मेयर नगर छोर’ लगायतका नारा जुलुस लगाएका छन् । उनीहरुले मेयर साह आफू खुशी मनपरी ढंगले कार्य गरिरहेको आरोप समेत लगाएका छन् ।
नगर प्रदर्शन गर्दै जनक चौकमा आएर कोणसभामा परिणत भएका थिए । उनीहरु मेयर साहको यस्तै रवैया रह्यो भने अदालतसम्म जाने चेतावनी समेत दिएका छन् ।
वडा सदस्यहरुद्वारा वनभोजन
जनकपुरधाम उपमहा नगरपालिकाको नगरसभाकै दिन केही असन्तुष्ट सदस्यहरुले नगरभित्रमा नै वन भोज गरेका छन् । उनीहरु नगरसभामा सहभागी नभई वनभोज मनाउन भवनगाामा स्कूल गएका थिए । जबकि नगरसभामा सहभागी भई आफ्नो विचार राख्नुपर्ने थियो ।

No comments:

Post a Comment