Monday, October 29, 2018

अभिभावकहरु विद्यालयमै ११ बु“दे मांग गर्दै आन्दोलित


जनकपुरधाम, ११ कार्तिक । जनता माध्यमिक विद्यालयमा ११ बुँदे माँग राखी अभिभावकहरु आन्दोलनमा उत्रेका छन् ।
जनकपुरधाम उपमहा नगरपालिका वडा नं. २४ देवपुरामा रहेको सो विद्यालयमा दर्जनौको संंख्यामा अभिभावकहरु एकत्रित भई विद्यालयका प्रध्यापक विरुद्ध असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
विद्यालयको वार्षिक आम्दानी २० लाखबढी भएपनि विद्यालयको अवस्था जीर्ण र पठनपाठन निक्कै कमजोर रहेको र सातौ घण्टीसम्म पढाई समेत नहुने गरेको अभिभावक रामनाथ दासले गुनासो पोखेका छन् । उनले पाँच वर्षदेखि अभिभावकहरु पठनपाठनमा सुधार गर्नका लागि शिकायत गरेपनि आजभोली गर्दा गर्दै त्यसमा सुधार नभएपछि बाध्य भएर आज आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
अभिभावक दासले विद्यालय निर्माणमा विद्यालयका प्रधानाध्यापक पवन कुमार लाल कर्णले अनियमितता समेत गरेको आरोप लगाएका छन् ।
त्यस्तै स्थानीय रामचन्द्र साहले भवन निर्माणमा प्रअ कर्णले लाखौको भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले विद्यालय व्यवस्थापन समिति गठन हुन नदिनमा प्रध्यापक कर्णकै हात रहेको बताएका छन् ।
त्यस्तै अग्रेजी शिक्षक प्रभा मिश्रले विद्यार्थीहरुका लागि व्यवस्थापन राम्रो किसिमले हुन नसक्दा पठन पाठनमा निक्कै समस्या रहेको बताएका छन् । उनले लेख्ने बोर्डहरु समेत कोठाभित्र नहुँदा विद्यार्थीहरुको पढाउनमा समस्या परेको दोहोर्याएका छन् ।
त्यस्तै अर्का गणित तथा विज्ञानका शिक्षक रविन्द्र दासले कक्षालाई राम्रो किसिमले व्यवस्थापन हुन नसक्दा विद्यार्थी तथा शिक्षक दुबैको समस्या रहेको बताएका छन् । उनले प्रध्यापकलाई पटकपटक ताकेदा गर्दा पनि ध्यान नदिएपछि बाध्य भएर घण्टी छोड्नु परेको गुनासो पोखेका छन् ।
त्यस्तै अभिभावकहरुले विद्यालयमा सातौ घण्टी पढाई हुनुपर्ने, विद्यालय समयमा शिक्षकहरुको उपस्थिति हुनुपर्ने, दैनिक कम्प्यूटर कक्षा सञ्चालन हुनुपर्ने, छात्रा शौचालय अविलम्ब निर्माण गर्नुपर्ने, विद्यालयमा काटिएको विद्युत लाइन जोडाउनुपर्ने, लेखापालको नियुक्ति र तलव सम्ब्न्ध्मा छानबिन हुनुपर्ने रहेको छ ।
त्यस्तै निजी स्रोतको शिक्षक तथा कर्मचारीको नियुक्ति प्रक्रियाको छानबिन गरी विज्ञापनद्वारा शिक्षक नियुक्ती गर्नुपर्ने, विगत पाँच वर्षदेखि सामाजिक परीक्षण नगराएकोले सो लगायत हालसम्मको आयव्याय, बिल भर्पाई सहित सार्वजनिक गर्नुपर्ने, सडक निर्माणको क्रममा राज्यले उपलब्ध गराएको जग्गा मुआब्जा रकम के मा खर्चियो सार्वजनिक हुनुपर्ने,  छात्रवृति किन वितरण गरिएन कारण देखाउनु पर्यो उनीहरुले माँग राखेका छन् ।
विद्यालयमा १८ वटा कर्मचारी ६ सयभन्दा बढी विद्यार्थीहरु छन् । उनीहरुको संचयकोष र तलव समेत समयमा प्रध्याकले नदिने गरेको शिक्षक तथा कर्मचारीहरुले गुनासो पोखेका छन् ।

No comments:

Post a Comment