Sunday, October 7, 2018

‘राममन्दिर छोपेर व्यवसायीकरण, रक्तचन्दन पनि काट्यिो’


जनकपुरधाम, २० असोज । राम मन्दिरलाई छोपेर व्यवसायी उद्देश्यले स्थानीय युवा क्लवले राममन्दिरकै पार्कमा मेला लगाउने कार्य गरेको छ । मेलाका लागि पार्कमा रहेको रक्तचन्दन लगायतको रुखहरु समेत काटिएकोे छ ।
जनकपुरधाममा विजया दशमी भरि भव्यताका साथ मेलाको आयोजना हुँदै आएको छ । दस दिनसम्म राममन्दिर, राजदेवी मन्दिर लगायतको शक्तिपीठ मन्दिरहरुमा भव्यताका साथ पूजा अर्चना हुँदै आएको छ । तर केही वर्षदेखि मन्दिरलाई छोपेर युवा क्लवले आफ्नो व्यवसाय प्mस्टाउने उद्देश्यले भव्य रुपमा मेलाको आयोजना समेत गर्दै आएको छ ।
गत वर्ष राममन्दिरकै पार्कमा वैष्णोदेवी गुफा लगाइएको थियो भने यसवर्ष रामन्दिरकै दुबै तर्फ रहेको पार्कमा झुला, रेल लगायतको मेलाको आयोजना गरेको छ । स्थानीय राम युवा कमिटी र महावीर युवा कमिटीले राममन्दिर, बौधीमाई मन्दिर तथा राजदेवी मन्दिर लगायतमा पूजापाठ गर्ने जिम्मेवारी बोक्दै आएका छन् ।
राम मन्दिर तथा राजदेवी मन्दिरको धार्मिक एवं साँस्कृतिक इतिहास रहेपनि त्यो मन्दिरलाई नै छोपेर ती ठाउँमा मेलाको आयोजना गरी व्यवसाय गर्नुका साथै आफ्नो कमिटीको नाम उजगार गर्दै आएको देखिन्छ ।
परिसरमा रहेको रक्तचन्दन काटेपछि स्थानीय केही व्यक्तिहरु समेत आक्रोशित भएका छन् । धर्म, संस्कृति तथा पहिचानमाथिको आक्रमण भएको गौ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष जगदीश महासेठले बताएका छन् । अध्यक्ष महासेठले यहाँका अधिकांश क्लवहरु धर्म र संस्कृतिको नाउँमा पेट पोस्ने कार्य गरेको र धार्मिक पहिचान नै मेटाउने लागेको बताएका छन् । धर्ममाथिको आक्रमणलाई रोक्न स्थानीयहरुलाई आवाज उठउनुपर्ने बताएका छन् ।
त्यस्तै जनकपुरधाम गुठी संस्थाका प्रमुख मनोज शर्माले पार्कको संरक्षण आफूले गर्ने भएपनि महावीर युवा कमिटीका युवाहरु आफूलाई चल्न नदेखिएको गुनासो पोखेका छन् । उनले भने ‘विगतदेखि महावीर युवा कमिटीले राजदेवी मन्दिर लगायतको पूजापाठ गर्दै आएको सुनेको छु । आफूलाई कुनै प्रकार हरहिसाव वा मेला लगाउँदा पनि जानकारी गराउँदैन ।’
पार्कमा रहेको रक्तचन्दनको रुख काटिएको आफूले पनि देखेको हो । किन काटिएको, कसले काटिएको त्यसको छानबिन गरी कुरा अगाडि बढाउने उनले बताएका छन् । उनले युवा क्लवका पदाधिकारीहरुलाई बोलाएर त्यसको छानबिन समेत गर्ने बताए ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले रक्तचन्दको रुख काट्नु र मन्दिरलाई छोपर त्योहार मनाउनु गलत क्रियाकलापको उपज रहेको बताएका छन् । उनले यस सन्दर्भमा आफू पनि चासो लिने बताएका छन् ।
यता महावीर युवा कमिटीका अध्यक्ष रोशन शेखर जयसवालले रुख काट्नुमा कमिटीको कुनै संलग्नता रहेको भन्दै मेला सञ्चालकले रुखलाई पहिचान गर्न नसकिदा भुलवस यस्तो भएको स्वीकारेका छन् । उनले ती ठाउँमा पुनः रुख लगाउने कार्य गरिने समेत बताएका छन् ।


No comments:

Post a Comment