Thursday, October 4, 2018

संविधान संशोधन माध्यमबाट अगाडि बढ्छौ ः अध्यक्ष यादव


जनकपुरधाम, १७ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन र परिमार्जनको माध्यमबाट अगाडि बढने दावी गरेका छन् ।
जनकपुरधाममा बुधवार सामाजिक लोकतान्त्रिक टेूड युनियन महासंघ नेपालद्वारा आयोजित ‘भेला तथा प्रवेश’ कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताएका हुन ।
उनले भने, ‘धेरै देशी तथा विदेशी शक्तिहरु चाहिन्छ छ, पुनः यस्तो घटना घटोस् ताकि संविधानमा पाएको अधिकार गुम्न जाओस् । यानि संघीय गणतन्त्र समाप्त पार्नको षड्यन्त्र पनि भई रहेको छ ।’ प्राप्त अधिकारको रक्षा तथा संस्थागत गर्न तथा बाँकी अधिकारको लागि लड्न संघीय समाजवादी पार्टीको उद्देश्य रहेको उनले भने ।
अध्यक्ष यादवले मधेश आन्दोलन र मधेशी युवाको बलिदानीबाट संविधानमा धैरै अधिकार पाएको हौ । आन्दोलनबाट पाएको उपलब्धीहरु संस्थागत नभएमा मधेशी जनता फेरी सयौ वर्ष पछाडि पर्नेछ । त्यसैले संविधानमा पाएको अधिकारलाई रक्षा र संस्थागत गर्नुका साथै बाँकी अधिकारका लागि हाम्रो लडाई जारी नै छ दोहोर्याएका छन् ।
उनले भने, ‘समृद्ध नेपाल निर्माणका लागि धेरै कानूनहरु निर्माण गर्न बाँकी छ । कानून निर्माण पश्चात् मात्र देश र प्रदेशको विकास सम्भव रहेछ । हजारौवर्षदेखि समाजमा रहेको सामाजिक विभेद र असमान्ताको अन्त्य नभएमा समृद्ध नेपालको कल्पना गर्न सकिदैन ।’
अध्यक्ष यादवले गरिबी, बेरोजगारी, शिक्षा तथा स्वस्थ्यका लागि कार्य गर्नै पर्दछ । लामो लडाईको कारण पनि मुलुक जरजर अवस्थामा पुग्ने गर्दछ । लडाईका साथै प्राप्त उपलब्धी र समृद्ध नेपालको लागि पनि पार्टी प्रतिबद्ध रहेको बताएका छन् । उनले सबैको सरकार अस्पतालमा उपचारको लागि आधारभूत निःशुल्क सेवा, स्वस्थ्य बिमाको व्यवस्थाका साथै माध्यमिक शिक्षासम्म निःशुल्क पठन पाठनको व्यवस्था सरकार गर्न गई रहेको बताएका छन् ।
उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य र कृषिको विकास भएमा मुलुकमा बेरोजगारी तथा गरीब आफै हटने दावी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा मिथिला बिहारी नगरपालिकाको मेयर पदका प्रत्याशी सीता यादव, एमालेको भातृ संगठन जिफ्रन्टका पूर्व केन्द्रिय संयोजक नरेश सिंह, फुलगेन प्रसाद साह, रामदेव यादव लगायत सैयौको संख्यामा संघीय समाजवादी फोरममा प्रवेश गरेको छ । नवप्रवेशीहरुलाई अध्यक्ष यादवले फुलमाला तथा टिक्का लगाएर स्वागत गरेका थिए ।


No comments:

Post a Comment