Sunday, November 11, 2018

धनुषाको यस्तो ठाउँ जहाँ प्रम ओली र राष्ट्रपति भण्डारी दर्शन गर्न आउँथे



जनकपुरधाम, २४ कार्तिक । धनुषाको एउटा यस्तो श्रद्धा र भक्तिको स्थल रहेको छ जहाँ केपी ओली, विद्यादेवी भण्डारी र झलनाथ खनाल दर्शन गर्न आउने गर्दथे । यहाँ भक्तिभावले श्रद्धालुहरु जे माँग्ने गर्छन त्यसको मन्नत पूरा हुने गरेको स्थानीयहरुको दावी रहेको छ । केपी ओली शर्मा र विद्यादेवी भण्डारीले यहाँबाट दर्शन गरेर फर्केको केही दिनमा नै प्रधानमन्त्री र राष्टूपति भएको स्थानीयहरुको कथन रहेको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नंं ६ स्थित टिल्हीमा रहेको तपसीबाबा मन्दिरमा अहिलेसम्म जसले जे मन्नत माँगेको हो उनीहरुको पुरा भएको मन्दिरका पूजारी असर्फी दासले बताएका छन् । उनले भने, ‘केपी ओली र विद्यादेवी भण्डारी तपसी बाबाको दर्शन गरेर फर्केपछि प्रधानमन्त्री र राष्टूपति बनेको छ । उनले पोखरीको सौन्दर्यीकरणका लागि २० लाख बजेट पनि दिएको हो ।’ त्यस्तै तत्कालिन एमाले नेता झलनाथ खनाल पनि तपसी बाबाको दर्शन गरेर काठमाडौं फर्केको केही दिनमा प्रधानमन्त्री बनेको थियो । अहिलेसम्म नेपाल भारतको विभिन्न ठाउँबाट श्रद्धालुहरु यहाँ तपसी बाबाको दर्शन गर्न आउने गरेको उनले बताएका छन् ।
त्यस्तै समाजसेवी गंगा राम यादवले आफूले यहाँबाट जे मन्नत माँगेको थियो त्यो पुरा भएको बताएका छन् । उनले झुठो बोल्ने, गलत किसिमले प्रचारप्रसार गर्नेलाई कहिलेपनि भलो नभएको भन्दै अहिलेसम्म सैयौं जनाको यहाँबाट भलो भएको दावी समेत गरेका छन् । मन्नेत पुरा हुनेहरुले प्रसादको रुपमा भण्डारा तथा फलफुल दिने गरेको बताएका छन् ।
को छ तपसी बाबा ?


करीब सैयौ वर्ष पहिला एउटा सन्त यहाँ आएको थियो । उनी केही दिन यहाँ बसे । त्यसपछि भण्डाराको नाउँमा केही रकम संकलन गरे । संकलन गरेको रकम स्थानीय एकजनालाई थमाएर तीर्थयात्रामा निस्के । तीर्थयात्राबाट फर्केपछि त्यो रकम माग्दा ती स्थानीयले हराएको भन्दै बाबासँग छल गरे । ती सन्तले रिसाएर त्यहाँबाट जान लाग्दा दुईवटा सर्पले बाबालाई नजाने भन्दै संकेत गरे । बाबा केही टाढासम्म मात्र गएका थिए । सर्पको संकेत बुझेर उनी फेरी फर्केर त्यही स्थानमा आई पुगे ।

सन्तले स्थानीयहरुलाई जे भन्दै थियो उनीहरुलाई पुरा हुन थाल्यो । सोही क्रममा एक पटक ठूलै अकाल पर्यो । टिल्हीवासीले धेरै चिन्तित हुन थाले । सबैले बाबालाई यो अकाल कहिलेसम्म रहने भन्दै हारगुहार गरे । तब सन्तले भण्डारा गर्नुपर्छ भन्दै फेरी भण्डाराका सामाग्रीहरु संकलन गरे । भण्डारा पश्चात् स्थानीयहरुले बाबा भण्डारा गरेपनि वर्षा भई रहेको छैन भन्दै कोच्न थाल्यो । त्यही रातमा घनघोर वर्षा भयो । ती बेलामा सन्तले बस्ने कुटी थिएन । स्थानीयहरुले दौडेर बाबा कहाँ पुगे । तर सबै ठाउँमा वर्षा भएपनि बाबाले बस्ने ठाउँमा एकबुँद पानी पनि परेको थिएन । स्थानीयहरुले सन्तको महिमा बुझेर निक्कै अच्चभित भयो । त्यही दिनदेखि सन्तलाई तपसी बाबाको नाउँले स्थानीयहरु बोलाउँदै आएको स्थानीयहरुको कथन रहेको छ ।

No comments:

Post a Comment