Thursday, October 25, 2018

‘प्रदेश २ मा बलात्कार घटना डेढ गुणा बढ्यो’


जनकपुरधाम, ७ कार्तिक ।  प्रदेश नंं २ मा बलात्कारको घटनामा झ्वाम्मै वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष बलात्कार घटनामा डेढ गुणा वृद्धि भएको तथ्यांकले देखाइएको छ ।
इन्सेक नेपालको तथ्यांक अनुसार प्रदेश नं. २ मा अग्रेजीको जनवरीदेखि सेप्टेम्वरसम्मा २८ जना महिला तथा ९० जना बालिका बलत्कृत भएको हो । ९ महिनामा भएको बलात्कारको घटनामा महिला भन्दा बढी बालिका बलत्कृत भएको तथ्यांकमा उल्लेख रहेको छ । तथ्यांकमा हत्या उल्लेख नभएपनि अधिकांश बालिकालाई बलात्कार गरी हत्या गरिएको विभिन्न स्रोतले देखाएको छ ।
इन्सेकको तथ्यांक अनुसार धनुषामा ९ महिनामा ७ जना बालिका र २ जना महिला बलात्कारको शिकार भएको छ र १० जना महिलामाथि यौन दुव्र्यवहार गरिएको हो । जबकि गत वर्ष ५ बालिका र एकजना महिला बलात्कारकी शिकार भएकी थिइन ।
त्यस्तै महोत्तरीमा ९ महिनामा ६ जना बालिका र २ वटा महिला बलात्कारकी शिकार भएकी छिन भने ३ जना महिलामाथि यौन दुरव्यवहार गरिएको हो । जबकि गत वर्ष ४ वटा बालिका र ६ वटा महिला बलत्कृत भएकी तथ्यांकमा उल्लेख छ ।
त्यस्तै सप्तरीमा ९ महिना २५ वटा बालिका र ९ वटा महिला बलत्कृत भएकी छिन भने १८ जना महिलामाथि यौन दुरव्यहार गरिएको हो । गत वर्षमा ११ जना बालिका र १० जना महिला बलात्कारकी शिकार भएकी थिइन । सर्लाहीमा ९ महिनामा ३ वटा बालिका र ३ वटा महिला बलत्कृत भएकी छिन भने गत वर्ष ८ बालिका र ३ वटा महिला बलात्कारकी शिकार भएकी थिइन ।
सिरहामा ९ महिनामा १६ जना बालिका र ८ जना महिला बलत्कृत भएकी छिन भने ३२ जना महिलामाथि यौनदुव्र्यवहार भएको छ । तर गत वर्षमा २२ जना बालिका र ३ जना महिला बलत्कृत भएको छ । त्यसैगरी बारामा ४ जना बालिका २ जना महिला बलत्कृत भएकी छिन भने २ जनामाथि यौन दुव्र्यवहार भएको हो । जबकि गत वर्षमा ५ जना बालिका बलत्कृत भएकी थिइन भने एकजना महिलामाथि बलत्कारको प्रयास भएको थियो । पर्सामा ९ महिनामा ७ जना बलिका र दुई जना महिला बलत्कृत भएकी छिन भने २ जनामाथि यौनदुव्र्यवहार गरिएको छ । जबकि गत वर्ष ७ जना बालिका र ५ जना महिला बलत्कृत भएकी इन्स्के नेपालको प्रदेश नं. २ का संयोजक राजु पासमानले जनाएका छन् ।
प्रदेश २ को सरकारले एकतर्फ बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडि ल्याइएको छ भने अर्कोतिर बालिका बलात्कारको घटना गत वर्षभन्दा झ्वाम्मै बढेको हो ।
यस सन्दर्भमा महिला अधिवक्ता रेखा झाले अशिक्षा, गरिबी, जनचेतना तथा कानूनी पहुँचको कारण महिलाहरु बलात्कारको शिकार हुँदै आएको बताएकी छिन् । उनले भनिन, ‘पीडित भन्दा पीडक बलियो भएमा न्यायमा पीडिकलाई पहुँच भई रहेको छैन । कहिलेकाही पीडकले सजाय पाएपनि राजनीतिक दम्भ, आर्थिक चलखेलको कारण धरौटीमा समेत रिहा हुने गर्दछ ।’
अधिवक्ता झाले जबसम्म कानूनलाई कार्यान्वयनका लागि सम्बन्धित निकाय इमान्दार हुँदैन तबसम्म बलात्कार सम्बन्धी घटना बढेर जानेछ ।
त्यस्तै हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाले समाज चेतनहीन रहेमा बलत्कारको घटना समाप्त हुँदैन । बलात्कारको घटनालाई रोक्न वा न्यूनिकरणका लागि राज्यपक्ष जबसम्म बलियो हुँदैन । कानूनी प्रक्रिया कडा हुँदैन तबसम्म बढ्दै जाने विश्वास व्यक्त गरेकी छिन् । उनले ग्रामीण भेगमा अधिकांश बलात्कारको घटनाहरु बाहिर आउँदैन । त्यसको एउटै कारण हुन्छ लोकलाज तथा प्रशासनमाथिबाट विश्वास नहुनु । बलत्कृत महिला प्रहरी समक्ष जाँदा वकिल जस्तो सवाल गर्नु, मुद्दा दायर गर्नु लगायतको कारणबाट पीडित महिलाहरु प्रशासन नजिक जान चाहिदैन ।
बलात्कारलाई न्यूनिकरणका लागि समाजलाई पनि उठ्नु पर्दछ । बलात्कारमा संलग्न व्यक्तिमाथि सामाजिक र कानुनी दण्डपनि आवश्यक रहेको उनी बताउँछन् ।

No comments:

Post a Comment