Saturday, October 20, 2018

क्र्मचारी समाजद्वारा शुभकामना आदान प्रदान


जनकपुरधाम, ३ कार्तिक । नेपाल तत्मा कर्मचारी समाजद्वारा जनकपुरधाममा भव्यताका साथ शनिवार शुभकामना आदान प्रदान गरिएको छ ।
समाजका अध्यक्ष महादेव दासको अध्यक्षतामा भएको ‘शुभकामना आदान प्रदान तथा संस्था विस्तार’ कार्यक्रममा जाति उत्थान तथा पहिचानका लागि संगठित भएर अगाडि बढनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
कर्यक्रममा स्वजातिका प्रदेश साँसद प्रमिला दास र चमेली दासले तत्मा समुदायका उत्थान एव विकासका लागि शिक्षित, संगठित र संघर्षको आवश्यकता रहेको बताएकी छन् । साँसद द्वयले समाज शिक्षित भएमा संगठित स्वतः हुनेछ र संगठित भएमा अधिकारको लागि संघर्ष गरिने छ विश्वास दिलाएका छन् ।
क्र्मचारी समाजले एकअर्कामा शुभकामना अदान प्रदान गर्दै संस्थाको विस्तारका बारेमा सरसल्ला समेत सुझाएका छन् ।
शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय तत्मा बुनकर समाजका केन्द्रिय अध्यक्ष रामअशिष यादव,  प्रवक्ता रामपृत दास, समाजका सहअध्यक्ष शिवजी दास, संस्थापक अध्यक्ष पञ्चलाल दास, रघुनाथ दास, पत्रकार कैलास दास लगायतले विचार राखेका थिए ।
त्यस्तै समाजका लागि राम्रो कार्य गर्नेहरुलाई कर्मचारी समाजले केही व्यक्तिहरुलाई सम्मानित समेत गरेका छन् ।

No comments:

Post a Comment