Friday, October 12, 2018

धनुषामा हातहतियार सहित तीन पक्राउ


जनकपुरधाम, २६ असोज । जनकपुरधाम उपमहा नगरपालिकाबाट हातहतियार सहित तीनजनालाई धनुषा प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।
उपमहानगरपालिका १९ बाउन्न (५२) बिघा नजिक एउटा फुसको छानो भएको झुपडी घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषा औरही गाउँपालिका ६ बस्ने हाउद दासको नाती जगदिश दासको छोरा वर्ष २७ को रामचन्द्र दास, उपमहानगरपालिका वडा नं.१९ बस्ने  मोहन प्रसाद साहको छोरा वर्ष १९ को ऋषीकेश प्रसाद साह, उपमहानगरपालिका वडा नं.१९ बस्ने जिवछ मण्डलको छोरा वर्ष १८ को आशिक मण्डल रहेको छ ।
सुराकीको आधारमा चेकजाँच गर्दा उनीसँगै एक थान नलकटुवा, सोहीमा लाग्ने एक राउण्ड गोली र २ थान मोबाईल सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन् ।

No comments:

Post a Comment