Monday, August 31, 2015

वीरगञ्जमा दुई प्रहरी चौकी जलाइयो, प्रहरीको गोलीबाट एक आन्दोलनकारीको मृत्यु

कैलास दास
स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यु आन्दोलनकारीले तोडेका छन्। प्रदर्शनकारीले दुई प्रहरी चौकी र एक सवारी साधनमा आगजनी गरेका छन्।
प्रहरी र प्रदर्शनकारीबीच श्रीपुर(१४ राधेमाइ टोलमा झडप हुँदा ३० प्रहरीको गोली लागि ३० वर्षीय दीलिप चौरसियाको मृत्यु भएको छ। उनी वीरगञ्ज(२५ जगनाथपुरका स्थायीबासिन्दा हुन्। पिठ्युमा गोली लागेका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। गोली लागि घाइते भएका पन्नाला यादबको अवस्था गम्भीर छ। उनलाई ढुँडामा गोली लागेको छ।
आन्दोलनकारीले रानीघाट प्रहरी चौकी र अशोकबाटिका नजिक रहेको शिव पार्वती मन्दीर संसानघाट अस्थायी प्रहरी पोष्टमा आगजनी गरेका हुन्। रानीघाट प्रहरी चौकीलाई दिउसोनै खाली गराइएको थियो।
वीरगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि राखिएको पर्सा नापी कार्यालयको ना १ झ २७९ नम्वरको गाडीमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्। कर्फ्यू तोडेपछि प्रहरी र प्रर्दशनकारीबीच ठाउँ ठाउँमा झडप भएका छन्।
कर्फ्यू उलंघन गर्दै सडकमा निस्केका प्रदर्शनकारीहरुले वीरगञ्ज(१४ स्थित रानीघाट प्रहरी चौकीका सबै सामान सडकमा निकालेर जलाइदिएका हुन् ।अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले लगाएको कफर्यू उलंघन गर्दै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले प्रहरी चौकी जलाएपछि स्थिति झनै तनावग्रस्त भएको छ । वीरगन्जको नगवामा प्रहरी र प्रदर्शनकारीबीच सोमबार दिउँसो झडप हुँदा आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ५ दर्जनभन्दा बढी हावाइ फायर गरेको छ। दर्जनौं राउन्ड आश्रुग्यास प्रहार भएको बताइएको छ। एक जनालाई गोलीको छर्रा लागेको छ। छर्रा लागी घाइते भएका कृष्णकुमार पटेल घाइते भएका छन्।
साथै झडपमा इर्फन अंसारी,अनवर हवारी,मनोज कुमार राम,मुन्ना कुमार यादव,लगायत आधा दर्जन भन्दा बढी युवाहरु घाइते भएका छन्। घाइतेहरुको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले विरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। स्थिति तनावपूर्ण बनेपछि चार बजेबाट कर्फ्यू जारी गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। प्रहरीले ४ बजेदेखि सर्वसाधारणलाई घरभित्र बस्न र बाहिर ननिस्कन माइकिङ गरिरहेको छ। सोमबार आन्दोलनकारीले प्रहरी चौकीमा आक्रमण गर्न खोजेपछि प्रहरीले रबरको गोली चलाएको थियो। रबरको गोली लागेर दश वर्षीय बालकसहित सात प्रदर्शनकारी  घाइते भएका छन्। रबरको गोली लागि दश वर्षीय बालकद्वय इरफान अन्सारी र मुन्ना यादव घाइते भएको प्रहरीले जनाएको छ।अन्सारीको टाउको र यादवको खुट्टा र निधारमा गोली लागेको छ।

यसैगरी  गोली लागि मनोज यादव, अनवर अवारी, मनोज महतोलगायत घाइते भएको नारायणी अञ्चल अस्पतालमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिक झाले जानकारी दिए। उनका अनुसार नगवा(१० का कृष्ण पटेल घाइते भएको र उनको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको बताइएको छ। उनको टाउको र हातमा रबरको गोली लागेको बताइएको छ।आइतबार राति वीरगञ्ज भन्सार कार्यालयबाट प्रहरीले मालबाहक गाडीहरु स्कर्टिङ गरेर लैजाँदै गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा पर्साका जितेन्द्र पटेल, राजेमान सिंह, रञ्जित यादव, मोहम्मद सर्खुद्धिन मिया, परमेश्वर साहलगायत १२ जना घाइते भएका छन्। आन्दोलनकारीलाई कुटपिट गरेको भन्दै वीरगञ्जको नगवास्थित प्रहरी चौकीमा उनीहरुले आक्रमण गर्न खोजेका हुन्। सो क्रममा प्रहरीले दस राउन्ड रबरको गोली र सोही संख्यामा टियर ग्यास चलाएको फायरिङ गरेको अञ्चल प्रहरी प्रमुख मनोज न्यौपानेले बताए। प्रदर्शनकारीले बीरगंजको घन्टाघरमा रहेको दुरूसंचार कार्यलयमा तोडफोड गरेका छन्।

No comments:

Post a Comment