Monday, August 17, 2015

बन्दबाट जनजीवन प्रभावित, सैकडौ बन्दकर्ता पक्राउ

कैलास दास
मधेशी मोर्चा, नेकपा माओवादी, थारुवान लगायतका मोर्चाहरुले गरेको दुई दिने बन्दबाट जनजीवन प्रभावित भएको छ । आईतवार र सोमवारको बन्द पश्चात् पनि सरकारले कुनै किसिमको चासो नदेखाएपछि मधेशी मोर्चाले तराई(मधेश(थरुहट अनिश्चितकालका लागि बन्द गरिएको हो ।

मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरिएको छ । उनीहरुले ‘समानुपातिक समावेशीकरण र पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण मधेश(तराई(थरुहट बन्द तथा आम हड्तालको कार्यक्रम अनिश्चितकालका लागि निरन्तर जारी नै जनाएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई(मधेसमा अन्तिश्चितकालिन बन्द हड्तालको घोषणा गरेको छ ।
मोर्चाका तर्फबाट चार मधेसी दलले सोमबार संयुक्त विज्ञप्ति निकालेर मधेसी तथा आदिवासी जनजातिहरुसंग पटक पटक भएका सहमति र सम्झौताको उलंघन गरी चार दलले देशलाई प्रतिगमनतर्फ धकेलेको आरोप समेत लगाएका छन् ।
संविधानको मस्यौदामार्फत गरिएको प्रतिगमनको विरोधका क्रममा नवलपरासी, सुर्खेत, जुम्ला, रुकुम, काठमाडौं उपत्यका र मधेशमा सरकारले गोली चलाउने, हत्या गर्ने र पक्राउ गरी यातना दिइरहेको आरोप मोर्चाले लगाएको छ ।

मोर्चाले आम हड्तालका क्रममा  प्रेस, रेडक्रस, विदेशी कुटनीतिज्ञ, ऐम्बुलेन्स, बारुण यन्त्र,  शव बाहन र दुग्धको गाडीमात्र गुड्न दिने जनाएको छ । संयुक्त मधेसी मोर्चाले आहवान गरेको बन्दले दोश्रो दिन जनकपुर लगायत देशभरका जनजिवन प्रभावित भएको छ । बन्दको कारणले जनकपुरबाट लामो तथा छोटो दुरीको सवारी सधान चल्न सकेको थिएन । बजार र शिक्षण संस्थाहरु समेत बन्द रहेको थियो ।
बन्दको क्रममा मोर्चाले मोटरसाईकलसम्म नचलाउन आग्रह गरेपछि मोटरसाईकल चलाउने केही सवारी सधानमा तोडफोड समेत गरिएको छ । प्रदेश र सिमाङ्कनमा चित्त नबुझेर आन्दोलनमा होमिएको नेकपा माओबादी मधेसी मोर्चा सहित ३३ दलले आव्हान गरेको बन्दले सोमबार यहाँको जनजीवन प्रभावित भएको छ ।
बन्दको पहिलो जनकपुरमा तीनवटा गाडी र एउटा पेटूोल पम्पमा समेत तोडफोड गरेका थिए । उनीहरु जनकपुर मुजेलिया स्थित जनकपुर डिजल सेन्टरमा तोडफोड गरेको छ । त्यस्तै जनकपुर जटही चल्ने ज.१ख. ७४१ नम्वर बस तथा अस्पताल रोडमा ज.१.च ७७४ नम्वरको पिकअपमा तोडफोड गरेको हो । त्यस्तै भ्रमरपुरा चौकमा नम्वर नखुलेको एउटा स्कारपियोमा समेत तोडफो गरेको छ ।
बन्दको पहिलो दिन बन्द गराउँदै हिँडेका एकसी जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जनाएका छन् ।
नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरूले तीनवटा गाडी जलाएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट(सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा टूक र एक पिकअप भ्यान जलाएका हुन् । बन्दकर्ताले ना३ख ६९२६ नं को टूक र बा१०च ३३१३ नंको पिकअप भ्यान र नम्बर नखुलेको एक टूकसहित तीनवटा गाडी जलाएका छन् । त्यसैगरी  बन्दकै क्रममा  गाडी पल्टिँदा नम्बर नखुलेको टूकका चालक रविलाल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

No comments:

Post a Comment