Tuesday, September 1, 2015

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झड्प प्रहरीको गोलीबाट दुई सख्त गम्भीर, दर्जनौं राउण्ड आश्रु ग्यास प्रहार



कैलास दास
जनकपुर । जनकपुरमा प्रहरी र आन्दोलनकारी बीच मंगलवार भएको झड्पमा दुई जना सख्त घाइते भएका छन् भने दर्जनौं राउण्ड आश्रु ग्यास प्रहार गरेका छन् ।
भानु चौकमा प्रहरीसंग भएको झडपमा आधा दर्जन व्यक्ति घाईते भएका छन् । घाईतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भैरहेको छ ।

यसैवीच प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिनको लागि दर्जनौं अश्रुग्यास प्रहार गरेका छन् । जनकपुर उपमहानगरपालिकाको स्टेशन प्रहरी चौकीमा आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीसंग दोहरो झडप हुने क्रम शुरु भएर साझसम्म जारी नै रहेको छ । प्रदर्शनकारीहरु हजार्राैको संख्यामा स्टेशन एरियामा भेला भैरहेको छ । समाचार तयार पारुन् जेलसम्म झडप जारी नै रहेको छ ।
प्रहरीले प्रहार गरेको अश्रुग्यस लागेर सद्भावना पार्टीका विभा ठाकुर गंभिर रुपमा भाईते भएका छन् । उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भैरहेको छ । अश्रु ग्यासले वेहोस भएर ठाकुर लडेपछि उपचारको लागि नेपाल रेडक्रसको एबुलेससवाट लगिएको थियो । यसै गरि जनकपुर १० का पंकज साह, ११ का राजु गुप्ता, धनुषाको नौं सय विघाका रामलाल यादव, गणेश साह, जनकपुर ८ रञ्जित झा, जनकपुर ११ का असलम राईन, जीतकुमार साह र सोहनीका दुखहरण यादव रहेका छन् ।
यसै वीच जनकपुर ४ की पुष्पा मिश्रलाई घरवाट प्रहरीले तानेर निर्घात कुटपीट गरि घाईते बनाई दिएको छ । यसै बीच फोरम लोकतान्त्रिकका धनुषा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य उमाशंकर अरगरीयाको घरमा सशस्त्र प्रहरीले प्रवेश गरेर पार्किङ्ग गरिएको मोटर साईकल, साईकलमा तोडफोड गरि क्षति पुर्याएको छ भने घरमा प्रवेश गरेर भन्सा घरमा तोडफोड गर्नुका साथै महिलाहरुमाथि निर्घात कुटपीट गरेको छ ।
यसै वीच प्रहरीको आवागमन रोक्नका लागि जनकपुर उपमहानगपालिकाको चारै तीर नाका बन्दी गरि प्रहरीको निषेधित क्षेत्र घोषणा गरिएको छ । यता घर घरमा प्रहरीले आश्रु ग्याँस प्रहार गरेपछि घरमा भएका वालवालिका देखि बृद्ध, अशक्त नराम्रोसंग प्रभावित बनेका छन् । साँझसम्ममा करिव ७०(८० राउण्ड अश्रुग्यास तथा ४०(५० राउण्ड हवाई फायरिङ्ग गरिएको छ ।

अहिले जनकपुरको भानु चौक, स्टेशन एरिया सहितको क्षेत्र तनावग्रस्त बनेको छ । झडप हुने क्रम सामाचार तयार पारुन जेल जारी नै रहेको छ । अहिले जनकपुर रणभूमिमा परिणत भएको छ । यता भानु चौकमा रहेको जनकपुर एक्सप्रेसको कार्यालयमा प्रहरीले प्रहार गरेको अश्रुग्यासका कारणले सञ्चारकर्मीहरु पनि प्रभावित भएका छन् । घरघरमा प्रहरीले ढुङ्गा मुढा गर्ने काम गरेको स्थानीय बाँसीले आरोप लगाएका छन् ।
यसै वीच प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दर्जनौ राउण्ड हवाई फायर तथा रब्बरको गोली प्रहार गरेका छन् । जनकपुरमा गाउँ गाउँवाट आन्दोलनकारिहरु जम्मा हुने क्रम जारी नै रहेको छ । प्रहरीले नै अवस्थालाई उत्तेजक बनाउने काम गरेको र बुधवार देखि अवस्था अझै तनावग्रस्त हुने अवस्था रहेको छ ।
प्रकाशन ः २०७२ भाद्र १५ गते

No comments:

Post a Comment