Monday, August 17, 2015

हत्याको अभियोगमा गुप्तालाई सिरहा कारागार पठाइयो

जनकपुर  । धनुषा सवैला नगरपालिकामा विद्यालय सञ्चालक समितिको विवादको क्रममा रामप्रगास यादवको हत्याको अभियोगमा राजु गुप्तालाई पूर्व पक्षको लागि धनुषा जिल्ला अदालतले सिरहा कारगार  पठाएको छ ।

अदालतको ईजलास नं ६ का न्यायाधिश नारायण प्रसाद पराजुलीको एक्कल ईजलासले तीन दिनदेखि अदालतमा थुनछेक बहस पश्चात उनलाई कारागार पठाउने आदेश दिएको छ । नेकपा एमाले जिल्ला कमिटीका सदस्य गुप्तामाथि चैत्र ९ गते  विद्यालय समितिको विवादमा रामप्रगास यादवलाई हत्या गरिएको आरोप छ ।
विद्यालय व्यवस्थापन समितिको विषयमा रामसेवक राउतलाई निर्घात कुटपीट गरि घाईते बनाएपछि उपचारको काठमाण्डौमा लादा उपचारको क्रममा मृत्यु भएपछि सोही राति यादवको गोली हानेर हत्या गरिएको थियो ।
 सवैला नगपालिका वडा नं. २ मा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको विषयमा विवाद भएपछि हिंसात्मक घटना भएको थियो ।
अभियुक्त राजु गुप्तालाइ जनताले आफै पक्राउँ गरेर प्रहरी समक्ष बुझाएका
थिए ।
गुप्तामाथि यसअघि नै वारेन्ट पूर्जी जारी गरिएको थियो । हत्यामा संलग्न रहेको आरोप लागेका गुप्ताको तर्फवाट अधिवक्ता श्याम मिश्र, देवेन्द्र ठाकुर, दिपेन्द्र साह सहितका वकिलहरुले वहस गरेका थिए । जाहेरीवालाको तर्फवाट अधिवक्ताद्वय अनिल सदा र सिताराम मण्डलले बहस गरेका थिए ।

No comments:

Post a Comment