Sunday, August 30, 2015

जनकपुरमा अर्धनग्न जुलुस प्रदर्शन

कैलास दास
जनकपुर । मधेश अधिकार संघर्ष समिति (मास)ले जनकपुरमा आईतवार अर्धनग्न जुलुस प्रदर्शन गरेको छ ।

प्रमुख चार दलले ल्याएको प्रारम्भिक मस्यौदा तथा सीमांकनको विरोधमा लोकतान्त्रिक मधेशी मोर्चा जनकपुर सहितका मधेश जिल्ला बन्द गराएको समर्थन जनाउँदै मासले अर्धनग्न जुलुस प्रदर्शन गरेको हो ।
जनकपुरधामको जनक चौकवाट शुरु भएको युवाहरुको अर्धनग्न जुलुसले नगरको परिक्रमागरेका थिए । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको मूल गेटमा युवाहरुले करिव डेढ घण्टासम्म नारावाजी गरेका थिए । युवाहरुले सरकारको विरोधमा चर्को नारावाजी गरेपनि प्रहरी तथा प्रशासनले सम्यमता अपनाएको थियो ।

संघीयताको सिमांकन तथा संविधानमा मधेशीको अधिकारको लागि सरकारले सुनुवाई नगरेको भन्दै अर्धनग्न ज्ुलुस प्रदर्शन गर्नु परेको मासका संयोजक सरोज मिश्रले बताएका छन्  । नगरको परिक्रमा पछि जनक चौकमा आयोजना गरिएको कोण सभालाई युवा नेताहरु शुशिल कर्ण, अमित ठाकुर, दिपेन्द्र सा तथा सरोज मिश्रले सरकार जनताको माग तथा पिडा हेर्न नसकेको भन्दै अर्धनग्न जुलुस गरेको बताए ।
जुलुसमा सहभागिहरुले गृहमन्त्री वामदेव गौतम, प्रधानमन्त्री शुशिल कोईराला, एमालेका अध्यक्ष के पी शर्मा ओलीका विरुद्धमा चर्को नाराबाजी गरिएको थियो । साथै मधेशी थारु माथि शोषण गर्नका लागि सेना परिचालन गरेकोमा त्यसको कडारुपमा विरोध गरिएको थियो ।
प्रकाशन ः २०७२ भदौं १३ गते

No comments:

Post a Comment