Saturday, July 18, 2020

किसानको साथमा प्रदेश सरकारःकृषिमन्त्री साह


जनकपुरधाम, ३ साउन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रदेश सरकार प्रदेश २ का किसानहरुको साथमा रहेको दावी गरेका छन् ।
जनकपुरधाममा शनिवार आयोजित कोभिड १९ लकडाउन प्रभाव न्यूनिकरण ‘राहत÷ब्याज अनुदान स्वरुप चेक वितरण’ कार्यक्रममा मन्त्री साहले ६ हजार ७ सय ८१ किसानहरुले विभिन्न बैंकबाट लिएका ऋणको ऋण ब्याज भुक्तानी गरेको छ । चार महिनासम्मको सो ऋण ब्याज भुक्तानी गरेको बताइएको छ ।
धनुषामा १० हजार बढी किसानहरुले ऋण ब्याज भुक्तानीका लागि प्रदेश सरकारलाई आवेदन दिएका थिए । तर ती मध्ये पहिलो चरणमा कृषिमन्त्री साहले  ६ हजार ७ सय ८१ किसानको ऋण तिरेको हो ।
मन्त्री साहले ‘चेक वितरण’ कार्यक्रममा प्रदेश भरिबाट ८० हजार किसानहरुले ऋण ब्याज भुक्तानीका लागि प्रदेश सरकारमा निवेदन परेको छ । तर प्रदेश सरकारले पहिलो चरणमा ५० हजारको ऋण ब्याज भुक्तानी गर्ने बताएका छन् । प्रदेश सरकार प्रदेश २ का किसानको साथमा रहेकोले पहिलो चरणमा ३६ करोड रुपैया ऋण ब्याजका लागि छुट्याइएको समेत मन्त्री साहले बताएका छन् ।
जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैतको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेको मन्त्री साहले लगातार चार महिनासम्म लकडाउनको कारण किसानहरु बैंकको ऋण ब्याज तिर्न सकिने अवस्थामा नरहेकोले प्रदेश सरकारले सो ऋण ब्याज तिर्न लागेको बताएका छन् । उनले पहिलो चरणमा किसानहरुले ३ लाखसम्म ऋण लिएकाहरुको ऋण ब्याज भुक्तानी गर्ने औल्याएका छन् ।
‘प्रदेश सरकारका किसानहरुको ऋण तथ्यांक संकलन गर्दा विभिन्न बैंकबाट ८० अर्ब बढी ऋण लिएको छ’मन्त्री साहले भने, ‘किसानहरुको लगानी अनुसार उत्पादन छैन । किन भने सरकारले समयमा उनीहरुलाई मल, खाद्य र सिंचाई व्यवस्था गरिदैन ।’ किसानहरु कृषिमा  आत्म निर्भर छैन उनले थपे ‘नेपाल कृषि प्रधान देश भएपनि सरकारको लगानी कृषिमा ४ प्रतिशत रहेको छ ।’
अब प्रदेश सरकार दीर्घकालिन, माध्यमकालिन र अल्पकालिन योजना ल्याउन लागेको कृषिमन्त्री साहले भने ‘२७ प्रतिशत किसानलाई मात्र सिंचाई योजना रहेको छ । किसानहरु समस्यै समस्यामा परेको हो ।’
कार्यक्रममा आन्तरिका मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश साँसद रामअशिष यादव, चमेली देवी दास, परमेश्वर साह, सहकारी विज्ञ ध्रुबनारायण यादव सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका थिए ।

देश संविधानले होइन, पार्टी चलाई राखेको छ ः राज्यमन्त्री कुशवाहा

जनकपुरधाम, ३ साउन । संघीय सरकारको केही विवादित मुद्दालाई संकेत गर्दै आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले ‘देश संविधानबाट होइन, पार्टीले चलाई राखेको छ’ बताएका छन् ।
कोरोना भाइरसबाट बच्न र बचाउने उद्देश्यले सरकारले लगाएको लकडाउनको कारण किसानहरु बैंकको ऋण ब्याज तिर्न नसकिदा प्रदेश सरकारले चार महिनाको ऋण ब्याज तिर्ने निर्णय अन्तरगत राखिएको ‘राहत÷ब्याज अनुदान स्वरुप चेक वितरण’ कार्यक्रममा उहाँले सो कुरा बताएका हुन । उनले केपी ओलीको कम्युनिष्टको सरकारले संविधानलाई टेकेर बलजबरदस्ती मुलुकलाई द्वन्दमा फसाउने कार्य गरिरहेको कतिपय उदाहरण प्रस्तुत गरे ।
राज्यमन्त्री कुशवाहाले अंगिकृत नागरिकतामाथि व्यङ्ग कस्दै भने ‘संविधानमा पाँच किसिमको नागरिकताको व्यवस्था गरिएको छ । पाँचै किसिमको नागरिकताको दायरा समेत छुट्याइएको पनि हो । त्यसका वावजूद पनि नेपाली पुरुष विदेशी महिलासँग विहे गरेमा सात वर्ष पर्खिनु पर्ने गलत मानसिकताको उपज छ ।’ उनले भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मप्रति दिएको अभिव्यक्तिबाट सर्वसाधारण जनताको मनदुखाई भएको बताएका छन् ।
जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव मरबैताको अध्यक्षतामा भएको ‘चेक हस्तान्तरण’ कार्यक्रममा राज्यमन्त्री कुशवाहाले किसानको सम्मानबाट नै समृद्ध प्रदेश बनाउन सकिन्छ । यस प्रदेशकै उन्नति कृषिमा रहेकोले प्रदेश सरकार कृषिमा अनुदान कार्यक्रम ल्याउन लागेको बताएका छन् । नेपाल कृषि प्रधान देश भएपनि सरकारको कृषिमा लगानी न्यून रहेको थियो । तर अब प्रदेश सरकारले देशलाई नै पाल्न सकिने कृषि योजना यस प्रदेशमा ल्याउन लागेको जिकिर गरेका छन् ।
उनले भने ‘राजनीति परिवर्तनको नाउँमा सत्ता परिवर्तन मात्र भएको हो । मुलुकलाई चाहिने लगानीमा राज्यले अहिलेसम्म लगानी गरेको छैन । किसानहरुको अगाडि बढाउनमा  अहिलेपनि तीनै तहको सरकार असमर्थन छन् । अब आधुनिकीकरण खेतीको आवश्यकता छ । किसानहरुका लागि भूमि, कृषि सडक, सिंचाई, विउ, मलखाद र बजारीकरणका लागि प्रदेश सरकार दीर्घयामी योजना निर्माणमा हो ।’
राज्यमन्त्री कुशवाहाले प्रदेश २ मात्र होइन, देश नै बचाउनका लागि चुरे संरक्षण आवश्यक छ । चुरे संरक्षण नभएमा भूमीमात्र होइन, मानव संकट आउन सक्ने उनले संकेत गरेका छन्् । उनले किसानहरुलाई ०देखि २ प्रतिशतमा ऋण उपलब्ध गराउनका लागि कृषि मन्त्रीसँग आग्रह समेत गरेका छन् ।

Friday, July 17, 2020

‘प्रदेश सरकारले महोत्तरीका ६,६३२ किसानको ऋण ब्याज तिरे’


जनकपुरधाम । महोत्तरीका ६  हजार ६  सय ३२ किसानलाई प्रदेश सरकारले शुक्रवार कृषि ऋण ब्याज तिरेको छ । चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनमा किसानले बैंकको ऋण ब्याज तिर्न नसकिदा प्रदेश सरकारले ४ महिनाको ऋण ब्याज तिरेको जनाइएको छ ।
कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण कृषकहरुमा पर्न गएको प्रतिकुल प्रभाव अन्तरगत प्रदेश सरकारले किसानहरुलाई ‘चेक हस्तान्तरण’ कार्यक्रम अन्तर्गत सो चेक वितरण गरिएको हो ।
महोत्तरीका १३ हजार २२९ जना किसानहरुले ऋण ब्याज तिरिदिने फारम भरेका थिए । ती मध्ये ६ हजार ६सय ३२ जना किसानको ऋण ब्याज प्रदेश सरकारले तिरेको छ ।
विभिन्न ६२ वटा बैंकबाट किसानहरु ऋण लिएका बैंकहरुलाई प्रदेश सरकारले ऋण तिरेको छ ।
जिल्ला समन्वय समितिका सभापति  सुरेश प्रसाद सिंहको अध्यक्षता भएको ‘चेक हस्तान्तरण’ कार्यक्रमका प्रमुख अतिथि रहेका भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लामा विभिन्न बैंक वित्तिय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका कृषकहरुको चार महिनाको ब्याज बराबरको रकमको चेक सम्बन्धित बैंकलाई हस्तान्तरण गरेका छन्  ।
कोभिड–१९महामारीका कारण लकडाउन हुँदा किसानहरु सबभन्दा बढी समस्यामा परेको भन्दै मन्त्री साहले चैत, वैशाख, जेठ र असार महिनाको कृषि ऋणको ब्याज तिर्ने मन्त्रालयको योजना अनुरुप उक्त चेक हस्तान्तरण गरेको छ।
जिल्लामा कुल १३  हजार २ सय २९ जना कृषकले ब्याज तिरिदिन मन्त्रालय अन्तर्गतको  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आवेदन दिएकामा ५ लाख रुपैयाँभन्दा कम ऋण लिएका ६ हजार ६ सय ३२ जना कृषकको चार महिनाको ब्याज पहिलो चरणमा तिरिएका हुन् ।
मन्त्री साहका अनुसार ती किसानहरुको ब्याज वापत २ करोड, ५१ लाख, ४० हजार ४४  रुपैयाँ ६२ पैसा मन्त्रालयले बैंकहरुमा बुझाइएका बताएका छन । मन्त्री साहले भने ‘आठ वटै जिल्ला भरी ८० हजारमध्ये कृषिक फार्म भरेको हो जसमध्य पहिलो चरणमा प्रदेशभरिका ५० हजार कृषकको चार महिनाको ब्याज तिर्ने निर्णय भएको छ ।’
किसानको भावना अनुसार प्रदेश कार्य गर्नेछ ः राज्यमन्त्री कुशवाहा
त्यस्तै आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले किसानहरुको आवश्यता र भावना अनुसार प्रदेश सरकारले कृषि क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘प्रदेश २ विशुद्ध रुपमा नै कृषि प्रदेश हो । किसानहरु आर्थिक रुपमा सम्पन्न भएमा यो प्रदेश स्वतःसम्पन्न हुने विश्वास छ ।’
राज्यमन्त्री कुशवाहाले किसानहरुको पीडा बुझ्ने प्रदेश सरकार नै हो । तराई मधेश कृषिमा आधारित भएपनि संघीय सकरारको उदासिनताको कारण किसानहरु पछाडि परेको बताएका छन् ।
किसानहरुको जिज्ञासालाई जवाफ फर्काउँदै उनले भने ‘प्रदेश सरकारसँग थोरै बजेट भएपनि आधुनिक कृषिमा लगानी गर्नेछ । तपाईहरु ढुक्क हुनुस्, प्रदेश सरकार यस प्रदेशलाई कृषि प्रदेशको रुपमा कार्य गर्नेछ ।’
त्यस्तै समाजिक विकास राज्य मन्त्री अभिराम शर्माले  प्रदेश सरकार पाँचवटा ‘स’ बाट निर्माण भएका बताएका छन् । उनले भने ‘शिक्षा ,स्वास्थ , सुशासन ,सिचाइ ,सडक  यो पाँच वटा प्रमुलाले निमार्ण हो ।’
कार्यक्रममा स्थानीय किसानहरुले मन्त्री ज्यूहरुसँग विभिन्न प्रकारको जिज्ञासा राखेका थिए ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवाल, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र लगायतका व्यक्तिहरुले धारणा राखेका थिए ।

Monday, July 13, 2020

अब च्यूरा र ठकुवाको लागि लड्नुपर्छ ः मन्त्री सोनल

जनकपुरधाम, २९ असार । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले अंगिकृत नागरिकतामाथि संकेत गर्दै अब हामीहरुलाई ‘च्युरा, ठकुवा र सेवाई’को लागि लडनुपर्ने अवस्था आएको जिकिर गरेका छन ।’
जनकपुरधाममा सोमवार मधेश ग्रामिण विकास परियोजनाद्वारा आयोजित ‘१२ औ वार्षिकोत्सव र सम्मान कार्यक्रममा’ मन्त्री सोनलले नेपाली पुरुष विदेशी महिलासँग विवाह गरेर ल्याएमा ७ वर्षपछि अंगिकृत नागरिकता पाउने सन्दर्भमा चर्चा गर्दै भने, ‘सरकार नेपाल भारतबीचको सामाजिक, धार्मिक र संस्कृतिक सम्बन्ध तोड्न लागेको छ । नेपाल भारतबीच हाम्रो राजनीतिक सम्बन्ध मात्र होइन, च्युरा, ठकुवा र सेवईको सम्बन्ध पनि हो । नेपालबाट हामी च्युरा र ठकुवा भारत लिएर जान्छौं र त्यहाँबाट नेपाल आउँछ । यी सम्बन्धलाई सरकार बिग्रान खोजेको हो ।’
सहकारीमाथि व्यग्य कस्दै मन्त्री सोनलले नेपालमा सरकारी भन्नाले असहयोगकारी तथा गैर सहकारी भन्नाले असरकारी बुझ्नुपर्ने बताएका छन् । सहकारीको प्रशंसा गर्दै उनले भने ‘भारत लगायतका मुलुकमा सहकारी विद्यालय, सहकारी उद्योगधन्धाहरु लगायतका छन् । तर हाम्रो नेपालमा सहकारीको संख्या बढी भएपनि प्रभावकारी हुन नसक्नमा सरकारकै कमीकमजोरी रहेको छ । प्रदेश सरकारको बजेट नै कम भएकोले जनताको भावना अनुसार सहकारी मार्फत कार्य गराउन सक्ने अवस्थामा छैन ।’
राजनीतिक प्रसंगमा मन्त्री सोनलले राजनीतिक परिवर्तन त भएको छ, तर सामाजिक परिवर्तन भएको छैन । जबसम्म राजनीतिक र सामाजिक परिवर्तन हुँदैन तबसम्म मुलुकमा विकास सम्भव नरहेको जिकिर गरेका छन् । प्रदेशलाई आर्थिक र सामाजिक रुपमा बलियो बनाउनका लागि सामाजिक अवधारण अनुसार अगाडि बढ्नुपर्छ । जबसम्म आफूमा दलवा ल्याउँदैन तबसम्म विकासको परिकल्पना गर्न सकिदैन उनले थपे ‘काठमाडौं भन्दा राम्रो राजधनी बनाउनका लागि हामी सबैलाई सपना देख्नु पर्छ । सपनामा अडिंग रहनुपर्छ ।’
परियोजनाका अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश साँसद रामअशिष यादवले स्वराज र स्वशासनका लागि आफ्ना आफ्ना कर्तव्य गर्नुपर्छ । अहिलेसम्म संघीय सरकारले प्रदेश २ सँग विभेद गर्दै आएको स्पष्ट रहेको दावी पनि गरेका छन् ।
साँसद यादवले कोरोना जस्ता महामारी रोगको नियन्त्रणमा संघीय सरकारको भूमिका शुन्य रहेको बताएका छन् । उनले भने, ‘प्रदेश सरकारको पनि भूमिका छैन, तर संघीय सरकारभन्दा राम्रो छ । संघीय सरकारले गण्डकी प्रदेशमा एक अर्ब अनुदान दिएका र प्रदेश २ मा २ करोड ७७ लाख अनुदान दिएको छ । जबकि जनसंख्याको अनुपातमा प्रदेश २ सबभन्दाबढी छ । संघीय सरकारको विभेद कसैसँग लुकेको छैन ।’
प्रदेश २ मा भई रहेको घटना परिघटनाको दोषी संघीय सरकार रहेको साँसद यादवले दावी गरेका छन् । उनले प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु, प्रादेशिक अस्पतालमा राजु सदाको मृत्यु, सीमावर्ती क्षेत्रमा विरेन्द्र यादव लगायतको मृत्युको जिम्मेवार पनि संघीय सरकार रहेको छ । राज्यले अहिलेसम्म किन उनीमाथि कारवाही नगरेको हो त ? प्रश्न समेत गरेका छन् ।
त्यस्तै अर्का प्रदेश साँसद परमेश्वर साहले सरकारी, गैर सरकारी तथा निजीसँग सहकार्य गरेर अगाडि बढेमा मात्र लक्षित वर्गको उत्थान र सामाजिक विकास सम्भव रहेको बताएका छन् ।
उनले एक सरकार अर्को सरकारसँग समन्वय गरेर अगाडि बढनुपर्ने अति आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा सहकारी विज्ञ धुब्रनारायण यादव, जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, सदस्य परमेश्वर साह, दलित नेता तथा पूर्व साँसद रामप्रवेश बैठा, सामाजसेवी वैद्यनाथ साह, राँकी साह सहितका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रम सञ्चालन पत्रकार ओम प्रकाश साहले गरेका थिए ।
वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा पत्रकार, सामाजसेवी, व्यापारी तथा कलाकारहरु सहित दर्जनौं व्यक्तिलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन ।

Thursday, July 9, 2020

दलित सुकुमवासीको घर भत्काउन खोज्दा भन्छन–‘जग्गा छैन, कहाँ जाउ’


जनकपुरधाम, २४ असार । सडक विस्तारको क्रममा घर टहरा भत्काउन खोज्दा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ धर्मवान टोलमा बस्ने दलित सुकुमवासीहरुले सकडमै बसेर भने, ‘५० वर्षदेखि बस्दै आएका छौं, आफ्नो जग्गा छैन, कहाँ जाउँ ।’
५० वर्ष अघि यहाँ बस्ती थिएन, बाटो थिएन । त्यतिबेलादेखि नै हामीहरु बस्दै आएका छौं । अहिले धेरै वस्ती भई सकेको छ । बाटो पनि बनेको हो । एकतर्फ नदी र अर्कोतर्फ बाटो घरलाई चिपेर सँघुरो बनाई दिएको छ । अहिले त्यो घर पनि भत्काउन लागेको मनोज मल्लिकले गुनासो पोखेका छन् ।
घरको पश्चिममा नदी बगिरहेको छ । पूर्वमा बाटो रहेको छ । आफू दुबैतिरबाट खतरामा परेको हो । हामीहरु विकास विरोधी होइन, तर जग्गा उपलब्ध गरी घर बनाई दिएमा आफू आफै ती जग्गा खालि गरिदिने छौं अजय मल्लिकले बताएका छन् ।

फुसको घरमाथि कतिपयको छाना समेत छैन । दलित सकुमुवासीहरु भन्छन ‘आफूहरु सदियौंदेखि उपेक्षित छु । जब यहाँ बस्ती थिएन त्यतिबेलादेखि बस्दै आएका हौं । अहिले यहाँकै केही उच्च वर्गका समुदायहरु घर टहरा भत्काउन धम्की दिई रहेका छन् । तपाईहरु नै भन्नुस यस्तो अवस्थामा हामी कहाँ जाउँ एक्कै स्वरमा दलित सुकुम्बासीहरुले भने ।
खेतमा मजदुरी गरेर, पन्नी बिछेर वा सडक सफा गरेर उनीहरु गुजरबसर गर्दै  आएका छन् । शिक्षा र रोजगारबाट अहिले पनि वन्चित छन् । मेस्तर, डोम, हलखोर, चमार, तत्मा, दुसाध लगायतका दलितहरु बस्दै आएको छ ।
हामीहरुको अहिलेपनि राजनीतिमा पहुँच छैन, मत खसाल्न मात्र बुझेका छौ । राज्यले दलितहरुको उत्थानका लागि विभिन्न कार्यक्रम ल्याएको होला तर कार्यक्रममा हाम्रो समुदायका शायदै कोही होला मनोज मल्लिक भन्छन् ।
यो भन्दा अघि जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशनमै करीब सयौंको संख्यामा दलित वस्तीहरुलाई डोजर लगाएर भत्काईएको थियो । घर भत्काउँदा एकजनाको शोकबाट मृत्यु समेत भएको थियो । दलित सुकुम्बासीहरुले जनकपुरधाम उपमहानगरपलिका, प्रदेश २ सरकार, मानव अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय समेतमा ज्ञापन पत्र बुझाएका थिए । तर तिनीहरुले अहिलेसम्म नत जग्गा पाएको छ न त कुनै राज्यबाट सुविधा नै पाएको हो ।
प्रदेश सरकारले दलित विधेयक ल्याएको छ । समग्र रुपमा राम्रो भएपनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन । निर्वाचनको बेलामा नेताहरु घरघर पुगेपनि आफतविपदको बेलामा कोही पनि साथ दिदैन दलित अगुवा नेता चन्देश्वर सादा भन्छन् । अब दलितहरु आफ्नो अधिकारको लागि अगाडि बढिसकेको छ । अहिलेपनि आफूलाई उच्च वर्ग भनाउनेहरु दलितमाथि शोषणदमन बन्द नगरेमा त्यसको परिणाम नराम्रो हुने ठोकुवा गर्दैछ ।जनकपुरधाम उपमहानगरपालिकाले घर टहरा हटाउन दलित सुकुम्वासीको घरमा नोटिस टाँस गरेको छ । ती नोटिसलाई पालना गराउनका लागि स्थानीय कृष्ण युवा कमिटी तथा धर्मवान टाल सुधार समितिले बल समेत प्रयोग गरेको उनीहरुको कथन छ । सोही वडाका वडा अध्यक्ष शत्रुधन साहले पनि त्यसमा सहयोग गरेको रहेछ । जबकि ती दलित सुकुम्वासीहरुलाई व्यवस्थापन वा जग्गा उपलब्ध बारेमा कसैले केही भन्न सकेको छैन ।

हामी विकास विरोधी होइन ः दलित अगुवाहरु
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा सडक फराकिलो गर्ने क्रममा उपमहानगरपालिकाले घर टहरा हटाउन जारी गरेको नोटिसलाई मध्यजर गर्दै दलित अगुवाहरुले भने ‘हामी विकास विरोधी होइन, तर भूमीहीनहरुलाई जग्गाको व्यवस्थापन गरिदिनु पर्यो ।’घर टहरा भत्काउने केही उच्च वर्गका जातिहरुले हातपात गर्न खोज्दा त्यहाँ पुगेका दलित अगुवा चन्देश्वर सदा, रामपृत पासमान,  रामेश्वर महरा लगायतकाहरुले वर्षोदेखि बस्दै आएका दलितहरुप्रतिको यस्तो व्यवहारले हामी दुःखी रहेको गुनासो पोखेका छन् । उनीहरुले दलितमाथिको ज्यादती अब सहन नहुने भन्दै क्रमबद्ध रुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, प्रदेश २ को कार्यालय, मानव अधिकारको कार्यालय लगायतमा ज्ञापनपत्र बुझाउने र त्यसप्रति पनि गम्भीर नभएर चरणबद्ध रुपमा आन्दोलन गर्ने चन्देश्वर सादाले चेतावनी दिएका छन् ।यता सोही वडाका वडा अध्यक्ष शत्रुधन साहले दलितहरुको पाँचसय घर मध्ये केही सुकुम्बासी रहेको र तिनीहरुको व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपनि अहिलेसम्म कुनै जवाफ नफर्काइएको बताएका छन् ।



राहत पाइन्छ, न्याय पाइँदैन !


राजु पासवान
जातविषेशको आधारमा गरिने निषेध, बहिष्करण र विभेदजन्य कार्यलाई जातीय विभेदको रुपमा लिइन्छ । सदियौँदेखि जातका आधारमा दलितमाथि भेदभाव तथा छुवाछुतका घटना हुने गरेका छन् । जातीय भेदभाव तथा छुवाछुत घटनाका पीडितले न्याय नपाइरहेको अवस्था विद्यमान छ । दलितमाथि हुने घटना कि गाउँमै मिलाइन्छ, जरिबाना गराइन्छ कि त घटनालाई समाजमा दबाएर राखिने गरिन्छ । जसले गर्दा पीडितले न्याय पाउँदैन र दोषीले उन्मुक्ति पाउने गर्दछ ।
राज्य तथा सरकार भनेको विभेदमा परेको वा अन्यामा परेकोलाई न्याय दिने अभिभावक हो । तर, दलितमाथि हुने गम्भीर प्रकृतिका अपराधका घटनाको निश्पक्ष छानबिन गर्न समितिहरू गठन गरिन्छ । ती समितिले छानबिन गरेपनि अधिकाँश घटनाका प्रतिवेदन सार्वजनिक गरिँदैन । दोषीलाई कानूनको दायरामा ल्याउनुको साटो पीडित परिवारलाई राहत स्वरुप क्षतिपूर्ति दिएर पन्छिएका घटनाहरू छन् । पीडितले न्याय खोज्छन् तर तीनै तहका सरकारले त्यो दिन सकेका छैनन् ।
लकडाउनको अवधिमा दलितमाथि भएका घटनाको निश्पक्ष छानबिन र पीडित परिवारले न्याय पाउनु पर्ने माग राख्दै दलित समुदाय आन्दोलनरत छन् । तर, सरकार ती आन्दोलनलाई बेवास्ता गर्दै न्याय मार्न उद्दत देखिन्छ । दलित समुदायले गरेको आन्दोलनलाई मत्थर गर्न तथा प्रभावित गर्न सरकारले पीडित परिवारलाई राहत दिएका छन् । तर, न्यायका लागि भने मौनता दर्साइरहेका छन् ।

राजु पासवान

दलित समुदायका व्यक्तिमाथि भएको घटनाको निश्पक्ष छानबिन तथा न्याय नदिएर कानूनी शासनको उपहास गरिएको छ । सप्तरी जिल्ला राजगढ गाउँपालिका(४ बेल्ही टोलका १५, १६, १७ वर्षीय बालकहरू र १८ वर्षीय कन्दलाल सदालाई २०७७ जेठ २९ गते पानी तन्ने चापाकल चोरेको आरोपमा पञ्चायती बसी वडा अध्यक्ष हेमनारायण साहलगायत १ सय जनाको उपस्थितिमा बाँसकोे सिर्कनाले कुटपिट गरेको घटना सार्वजनिक भयो । उनीहरूलाई पञ्चायतीको निर्णयले ११÷११ पटक बाँसको सिर्कनाले कुटपिट गरी २ हजार ५ सय रुपियाँ जरिबाना तिर्न लगाइएको छ । पीडितहरू भन्छन्(“हामीले चोरेका छनौँ ।” पीडित परिवारले गरगहना बन्धक राखेर पञ्चहरूले गरेको जरिबाना रकम तिरेका छन् । पञ्चायती बसेर कुटपिट गर्ने नै हो भने प्रहरी प्रशासन किन ? निरंकुश पञ्चायत शासनको अन्त्य भइसकेको अवस्थामा पनि ती कुशासनका अंश भने अहिले पनि गाउँघरमा देखिनु सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई चुनौती हो । यो चुनौतीको सामना गर्न स्थानीय तह लाग्नुपर्नेमा मौन बसेका उदाहरणले त्यस्ता घटनाले प्रश्रय पाएको आभास हुन्छ ।धनुषा जिल्ला सबैला नगरपालिका(१२ का २२ वर्षीय सम्भु सदाको जेठ २७ गते राति सबैला प्रहरी हिरासतको शौचालयमा आफैँले लगाएको लुगामा झुण्डिएको अवस्थामा शव फेला प¥यो । सवारी ज्यान मुद्दामा थुनामा रहेका सदाको हत्या गरिएको पीडित परिवारको आरोप छ । शवको पोष्टमार्टम समेत भएन । त्यसै पनि प्रहरी हिरासतमा रहेका व्यक्तिको सुरक्षा गर्ने दायित्व प्रहरी प्रशासनको हो । तर, हिरासतमै थुनुवाको मृत्यु हुनु राज्यको चरम लापरवाही हो । यस घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत गणेश मिश्रको संयोजकत्वामा असार २ गते छानबिन समिति गठन भयो । तर, सो समितिले हालसम्म घटनाको सत्य तथ्य प    त्ता लगाउन सकेको छैन । घटनाका पीडित परिवारलाई प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको असार ३ गते बसेको बैठकले ५ लाख रुपियाँ राहत दिने निर्णय ग¥यो । तर, पीडित परिवारले न्याय पाउन सकेको छैन ।
त्यस्तै प्रादेशिक अस्पताल जनकपुरको लापरबाहीले क्वारेण्टाइनमा रहेका धनुषा जिल्ला हंसपुर नगरपालिका(७ प्रसाहीका १५ वर्षीय राजु सदाको मृत्यु भएको पीडित परिवारले जनकपुरमा असार १० गते आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दियो । असार ८ गते प्रादेशिक अस्पताल जनकपुरकै कोरोना विशेष अस्पतालबाट राजुलाई प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । इमर्जेन्सी वार्डमा भर्ना गरिएको करिव १० घण्टापछि सदाको छटपटिएर मृत्यु भएको मृतकका काका विरेन्द्र सदाले बताउनु भयो । भारतको अहमदावादबाट आठ दिन लगाएर पैदल यात्रा गर्दै २०७७ जेठ ३ गते गाउँमा आइपुगेका राजुलाई १७ दिन हंसपुर नगरपालिकाको नौवाखोर प्रसाहीस्थित क्वारेण्टाइनमा राखिएको थियो । झाडापखाला लागेर कमजोर भएका उनलाई कोरोना भाइरस लागेको आशङ्कामा जनकपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । राजु सदा परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपियाँ दिने असार १२ गते घोषणा ग¥यो । सदा घटनाको छानबिन गर्न असार ११ गते सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक डाक्टर हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन ग¥यो । समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । 
रुपन्देही जिल्ला देवदह नगरपालिका(११ की १३ वर्षीया अङ्गीरा पासीलाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका कोइला भनिने २५ वर्षीय वीरेन्द्र भारलाई २०७७ जेठ १५ गते गिरफ्तार ग¥यो । जेठ ९ गते अङ्गीरा पासी बलात्कार घटनामा पीडित भएकी थिइन् । जेठ १० गते वडा अध्यक्ष अम्बरबहादुर चौधरी सहित गाउँलेको समूहले पीडितलाई आरोपित भारसँग विवाह गराई जिम्मा लगाएको  थियो । अधिकारकर्मीको दबाबमा जेठ १३ गते प्रहरीमा उजुरी दर्ता भयो । बलात्कार घटनाका दोषीलाई कानून अनुसार कारबाही गरिनु पर्नेमा उमेर नपुगेका ती बालिकालाई वडा अध्यक्ष लगायत गाउँलेले घटनाका दोषीसँग विवाह गराइदिएको थियो । बलात्कार घटनाका दोषीलाई उन्मुक्ति दिने र बालविवाह गराउने वडा अध्यक्ष तथा गाउँलेको यो कार्य कानूनी शासनलाई चुनौति दिँदै त्यसको बर्खिलाप कार्य हो ।
रुकुम पश्चिममा अन्तरजातीय विवाह गर्न खोजेको आरोपमा ६ जनाको निर्ममतापूर्वक हत्या गरिएको घटना सर्वाजनिक भयो । रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका(८ सोती घटनामा जाजरकोट जिल्ला भेरि नगरपालिका(४ का नवराज बिकसहित ६ जनाले ज्यान गुमाए  । नवराज बिक सहित १८ जना युवा रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिकाकी १७ वर्षीया किशोरीलाई लिन जेठ १० गते सोती पुग्दा सोतीका ५०÷६० जनाको समूहले कुटपिट गर्दा उनीहरूको मृत्यु भयो । उनीहरूसँगै गएका १२ जना युवालाई घाइते अवस्थामा प्रहरीले उद्धार ग¥यो । उक्त घटनाको अनुसन्धान गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ । तर, समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।
सरकारले यस्ता धेरै घटनाहरूको छानबिन गर्न समिति गठन गर्छ । तर, समितिले अधिकाँश प्रतिवेदन सार्वजनिक गर्दैनन् । समितिले सत्य तथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नु पर्ने जनआँकक्षा हुन्छ । तर, त्यस विपरीत पीडित परिवारलाई राहत दिने र सकेसम्म घटना बिर्साउन प्रेरित गर्ने गरिन्छ । प्रतिवेदन सार्वजनिक नुहँदा पीडित परिवार तथा नागरिक समाजले समय समयमा प्रश्न समेत उठाउने गरेको पाइन्छ ।
त्यतिमात्र होइन, राष्टिूय मानव अधिकार आयोग तथा मानव अधिकारसम्बद्ध अन्य संस्थाले यस्ता मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रतिवेदन सार्वजनिक गर्छ । घटनाका पीडितलाई न्याय र राहतका लागि सरकारलाई सुझाव दिन्छन् । तर, आँशिक बाहेक अधिकाँश घटनका सुझाव सरकारले कार्यान्वयन गरेको छैन । अयोगले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदनमा जातीय विभेद, यातना, राजनीतिक तथा नागरिक अधिकार, न्याय प्रशासन, अपहरण, विस्थापित, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र महिला अधिकारका ८ सय २५ निर्णय÷सिफारिश गेरको छ ।  
नागरिकको शान्ति सुरक्षा प्रत्याभूत गर्ने दायित्व सरकारको हो । कानुन कार्यान्वयन गराउने र कानून उल्लङ्घन गर्ने दोषीलाई कानूनको दायरामा ल्याउने कार्य पनि सरकारकै हो । तसर्थ कानूनमा उल्लेख भएका बुँदालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्छ । तर, घटनालाई राजनीतिक रङ् दिएर पीडतले पाउने न्याय समाप्त पारिन्छ । पीडित परिवार तथा नागरिकले घटनाको विरोध गर्दै न्यायका लागि आन्दोलन गरेपछि मात्र सरकारले घटनाप्रति चासो राख्नु दुःख लाग्दो छ ।
तसर्थ देशमा कानूनको शासन आवश्यक छ । दण्डहीनताको अन्त्य हुन जरुरी छ । भएको कानून कार्यान्वय हुनु पर्छ । आवश्यक पर्ने प्रावधान कानून बनाएर प्रभावकारी कार्यान्वयन गरिनु पर्छ । यसका लागि राजनीतिक इच्छा शक्ति पनि उतिकै जरुरी छ । साथै कानून कार्यान्वयन गराउन, घटनाका दोषीलाई कानूनको दायरमा ल्याउन र पीडितलाई न्याय दिने कार्यका लागि गठित संवैधानिक आयोगहरू, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा समाजसेवीले सरकारलाई जबाफदेही बनाउन आवश्यक छ । पीडितलाई राहत होइन न्याय दिनु पर्छ ।  

लेखक अनौपचारिक सेवा केन्द्र (इन्सेक)का प्रदेश संयोजक हुनुहुन्छ ।

Tuesday, July 7, 2020

‘हँसपुर नपाका जेष्ठ नागरिकहरु सम्मानित’



जनकपुरधाम, २३ असार । हँसपुर नगरपालिका वडा नं. १ का जेष्ठ नागरिकहरुलाई एक समारोहबीच मंगलवार सम्मान गरिएको छ ।
सोही वडाका वडा अध्यक्ष कामेश्वर कापडको अध्यक्षतामा भएको ‘जेष्ठ नागरिक सम्मान’ कार्यक्रमका प्रमुख अतिथि मेयर रामज्ञान मण्डलले जेष्ठ नागरिकको सम्मानले हाम्रो समाज नै सम्मानित भएको बुझ्नु पर्ने बताएका छन् । उनले भने, ‘जेष्ठ नागरिक हाम्र्रो अभिभावक हुन । उनीहरुबाट सधैं केही नकेही सिख्नु पर्छ । जेष्ठ नागरिकलाई सम्मान नगर्ने व्यक्ति मानव नै हुन सक्दैन ।’
उनले कोरोना जस्ता महामारी रोगबाट बच्न र बचाउन हामी सबैको दायित्व रहेको भन्दै जेष्ठ नागरिकहरुलाई ख्याल गर्न हाम्रो दायित्व रहेको जिकिर गरेका छन् । दर्जनौंको संख्यामा रहेको जेष्ठ नागरिकहरुलाई दोसल्लाबाट सम्मान र आयुर्वेदिक गोरखा शक्तिप्रास लगायतको समाग्रीहरु समेत प्रदान गरेको छ ।
मेयर मण्डलले जेष्ठ नागरिक हाम्रो आमा बुवा सम्मान हुन । जेष्ठ नागरिकलाई सम्मान गर्नुकै मतलव आमाबुवालाई सम्मान गर्नु हो । प्रत्येक नागरिकलाई आमाबुवालाई सम्मान गर्नका लागि आग्रह गरेका छन् ।
कार्यक्रममा उपमेयर रेणु झा सहितका राजनीतिक दल, समाजिक अगुवा सहितको उपस्थिति रहेको थियो ।