Saturday, August 31, 2019

प्रजातान्त्रिक आन्दोलनका योद्धा थिए नेपाली ः मेयर साह

जनकपुरधाम, १४ भदौ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य गणेश नेपाली प्रजातन्त्रिक आन्दोलनका योद्धा रहेको बताएका छन् ।
पूर्व खेलकुदमन्त्री समेत रहेका नेपालीको शुक्रवार ७६ वर्षको उमेरमा निधन भएको छ । उहाँको महोत्तरी सदरमुकाम जलेश्वर २ पर्सापतौली निवासी निधन भएको हो । मेयर साहले पूर्वमन्त्री नेपालीको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै भने ‘उहाँ लोकतान्त्रिक आन्दोलनका युद्धा थिए । २०३० औं शताब्दीमा उहाँ कैयौ पटक जेल सजाए पनि भोगेका छन् । हामीहरुले एउटा योद्धालाई गुमाएका छौं ।’
मेयर साहले प्रजातन्त्र स्थापनाका लागि भएको जनआन्दोनलमा जिल्लाका मुख्य कमाण्डर हुनुहुन्थ्यो नेपाली ज्यू । उहाँ सोही क्रममा कैयौं पटक जेल सजाए कोटेका छन् । प्रजातन्त्रको आन्दोलनमा तराई÷मधेशमा उहाँको महत्वपूर्ण भूमिका रहेको कुरा दोहोर्याएका छन् ।
उहाँको पूर्खौली गाउँ जलेश्वरको पर्सापतैलीमा भएको अन्त्येष्टि तथा शव यात्रामा मेयर साहसँगै राजपाका अध्यक्ष मण्डली सदस्य महन्थ ठाकुर, प्रदेश २ का वनमन्त्री रामनरेश राय, पूर्वाधार मन्त्री जितेन्द्र सोनल, वृषेशचन्द्र लाल सहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
विक्रम संवत् १९९९ सालमा जन्मनु भएका नेपाली २०२७ सालमा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएसँगै आफ्नो पुस्तैनी थर तिवारीको ठाउँमा नेपाली भन्न र लेख्न थाल्नु भएको थियो । २०४४ सालमा नेपाली कांग्रेस महोत्तरीको जिल्ला सभापतिमा निर्वाचित उहाँ २०४६ सालको ऐतिहासिक जनआन्दोनलमा जिल्लाका मुख्य कमाण्डर नै हुनुहुन्थ्यो ।
राजनीतिक यात्रासँगै उहाँ २०५२ सालमा तत्कालीन एमालेमा आबद्ध हुनु भएको भएको थियो । यद्यपि एमालेसँगको आबद्धता २०६४ सालमा तोडेर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गर्नु भएका नेपाली पहिलो संविधान सभाको निर्वाचनमा सभासदमा निर्वा्चित भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री हुनु भएको थियो ।

Wednesday, August 28, 2019

‘युवालाई राजनीतिमा प्रयोग गरे, नेतृत्व दिएन’ रोशन सिंह ‘राणा’


जनकपुरधाम, ११ भदौ । ‘मधेशी युवाहरुलाई सबैले प्रयोग मात्र गरेको छ, नेतृत्व दिन मानेको छैन । युवालाई नेतृत्व दिएको भए आज राजनीतिक द्वन्द हुने थिएन’ रोशन राणा भन्छन् ।
उनी भन्छन् ‘नेपालमा नेपाली काँग्रेस, तत्कालिन एमाले, माओवादी र मधेशवादी पार्टी बेलाबेलामा युवाहरुलाई आन्दोलन, पार्टी संगठन विस्तार, बन्द हडताल लगायतमा प्रयोग नै गरेको हो । युवाकै कारण मुलुकमा सत्ता बदलिएको हो, तर युवाहरुलाई नेतृत्वमा नल्याउँदा परिवर्तन र विकास भएको छैन ।’
रोशन राणा आफ्नै चर्चा गर्दै भने, ‘२०४७ सालमा सात कक्षामा पढ्दथे । मधेशमा गजेन्द्रनारायण बाबु नेतृत्वको सद्भावना पार्टी थियो । मधेशी जनताको अधिकार सुनिश्चित पार्नका लागि सद्भावना पार्टीले आन्दोलन डाकेका थिए । विद्यालय(विद्यालयमा गएर विद्यार्थीहरुलाई मधेशी जनताप्रति भई रहेको विभेद र आजादीको कुरा गर्दथे । त्यतिबेलादेखि नै आफू राजनीतिमा आएका हौं । गजेन्द्र बाबु नेतृत्वको पार्टी कैयौं टुक्रामा विभाजित पनि भए । तर आफू त्यहाँको त्यहाँ नै छौं ।’

‘हामीहरु जस्तो धेरै क्रान्तिकारी युवाहरु छन्, जसले राजनीतिमा प्रयोग मात्र भएको छ, अवसर नपाउँदा विस्थापित भएर गएका छन् । ०५५÷०५६ सालमा नेपालमा ऋतिक रोशन काण्ड भयो । त्यो काण्डले नेपालमा ठूलो आन्दोलन गरायो । गजेन्द्र बाबुसँग म पनि काठमाडौं गएका थिए । गजेन्द्र बाबु भन्थे देशमा प्रजातन्त्र आवश्यक छ । प्रजातन्त्र आएपछि अर्कोलाई लडाई शुरु हुन्छ । मधेश मुद्दाको यस्तो नै विजारोपण गरेका थिए गजेन्द्र बाबु कि हामी उहाँकै अनुयायी भया’े (राणाले भने ।
गाउँ गाउँमा गएर पार्टीलाई विस्तार गर्ने योजना बनायो, युवाहरुलाई जमघट गरे । पार्टी तिव्रगतिमा विस्तार भयो । त्यतिबेला मधेश मुद्दालाई अगाडि बढाउने एउटै पार्टी थियो ‘सद्भावना पार्टी’ । त्यो पार्टीमा, राजेन्द्र महतो, श्यामसुन्दर गुप्ता, सरिता गिरी, अनिल झा लगायतका ठुला दिग्गज नेताहरु थिए । तर पद र सत्ता लोभका कारण सद्भावना पार्टी चारपाँच टुक्रामा विभाजित भयो ।
राणा भन्छन, (‘मेरो एउटै लक्ष्य थियो, मधेशी जनतालाई जनसंख्याको आधारमा सबै क्षेत्रमा सहभागिता । मधेशी जनतालाई सेना, सशस्त्र लगायतमा भर्ना गरिरहेको थिएन । यसको अन्त्य र सबै निकायमा मधेशी जनताको पहुँच होस् त्यही सोचका साथ सद्भावनामा लागि रहे ।’ उनले सद्भावना विभाजित भएपछि आपूm श्याम सुन्दर गुप्ता नेतृत्वको सद्भावना पार्टीमा गए, त्यसपछि सरिता गिरी र त्यसपछि अनिल झा नेतृत्वको सद्भावना पार्टीमा ।
सिंहले भने, ‘केही युवाहरुलाई पनि राजनीतिमा ठाउँ नभेटाएको होइन । जसमा चापलुसी गर्ने क्षमता छन् वा जसलाई बढी प्रतिभा छन् त्यस्तो अपवादमा ठाउँ भएको हो ।’
मधेशवादी दलमा शुद्धिकरणको आवश्यकता रहेको छ । नयाँ पुस्ताका युवाहरुलाई राजनीतिमा ल्याएमा चौतर्फी विकास हुने उनले बताएका छन् ।
२०३६ सालमा जन्मिएका सिंहको बाल्य अवस्था निक्कै कष्टपूर्ण वित्यो । चार वर्षकै उमेरमा उहाँको बुवा शत्रुधन सिंह वित्नु भयो । चंचल स्वभावका रहेको सिंहले समाजमा रहेको छुवाछुत र विभेदको विरुद्धमा सधैं आवाज उठाउँदै आएको उनी भन्छन् । दलितको घरमा मात्र होइन, दलितसँगै खाने, बस्ने र हिड्ने स्वभाव रहेको बताउँछन् उनी ।

Monday, August 26, 2019

विभेद अन्त्य भए मात्र परिवर्तन ः मेयर साह

जनकपुरधाम, ९ भदौ । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले सबै प्रकारको विभेद अन्त्य भएमात्र सामाजिक र आर्थिक लगायतको परिवर्तन हुन सक्ने दावी गरेका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाद्वारा सोमवार आयोजित नागरिकको नजरमा मिडिया ‘सम्वाद’ कार्यक्रममा मेयर साहले समाजिक परम्परादेखि लिएर राजनीतिक विभेद रहिरह्यो भने मुलुक ठूलो शंकटमा फस्न सक्ने सम्भावना छ। मुलुकलाई बचाउने हो, समृद्धि मुलुक निर्माण गर्ने हो भन्ने विभेदको अन्त्य गर्नुपर्छ ।’
उनले जनकपुरधामको विकासको चर्चा गर्दै वर्षोसम्म नभएको कार्य एकवर्षभित्रमा उपमहानगरपालिकाले गरेको छ । सबैको साथ सबैको विकास लक्ष्यका साथ हामीहरु अगाडि बढेमा पाँच वर्षभित्रमा जनकपुरधाममा परिवर्तन गरेर देखाउने जिकिर गरेका छन् ।


केन्द्रिय मिडिया विभेदकारी
काठमाण्डौबाट प्रकाशित हुने ठूलो मिडियाहरु तराईमधेशप्रति विभेद गर्दै आएको नागरिक समाजका अगुवाहरुले आरोप लगाएका छन् ।
जनकपुरधाममा सोमवार आयोजित नागरिकको नजरमा मिडिया ‘सम्वाद कार्यक्रम’ मा सहभागी युवा अभियन्ता, नागरिक समाजका अगुवाहरुले धेरै यस्ता पत्रकारहरु छन् जसले दलगत पत्रकारिता र पैसा लिएर लेख्ने गरेको आरोप लगाएका छन् । उनीहरुले टेलिफोन र व्यक्ति विशेषकै भरमा समाचार लेख्दा पत्रकारिता क्षेत्रमाथिको विश्वास घटि रहेको बताएका छन् ।
‘पत्रकारहरुलाई केही भएमा सबै पत्रकारले एकजुट भएर कलम चलाउँछन्, तर रेश्म चौधरीलाई राज्यले गरिरहेको विभेद विरुद्ध कसैले कलम चलाउँदैन’ युवा अभियन्ता प्रशान्त झाले आरोप लगाएका छन् । त्यस्तै जनकपुरधाम उपमहा नगरपालिकाकी कार्यपालिका सदस्य सुनिता राउतले अहिलेपनि दलितको हितमा जुन प्रकारले कलम चलाउनु पर्ने थियो त्यसमा धेरै कन्जुस्याई भई रहेको बताएकी छन् । ‘दलितको कार्यक्रममा पत्रकारहरुलाई बोलाउँदा पनि आउँदैन । दलितका लागि पत्रकारिता हो कि होइन ’ उनले प्रश्न गरिन ।
कार्यक्रममा कार्यपालिका सदस्य श्याम झा, पुष्पा यादव, युवा अभिन्ता सिद्धान्त अन्सारी सहितका व्यक्तिहरुले पत्रकारहरुसँग गुनासो पोखेका छन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेलले आफ्नो आलोचना कसैलाई मन पर्दैन, अरुको आलोचना गर्न सहज पनि हुन्छ । तर जसलाई आलोचना रुचाउँदैन त्यसले कहिलेपनि सही दिशामा जान नसकिने बताएका छन् । उनले पत्रकारहरुलाई संकेत गर्दै भने, ‘समाचार सूचना होइन, समाज र मुलुकलाई परिवर्तन गर्ने दिशा हो । आलोचना भन्दा आफूले गरेको कार्यको समीक्षा गर्नुपर्छ ।’
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सत्यतथ्य समाचार प्रकाशन÷प्रसारण गर्ने नै मिडियाको लक्ष्य र कर्तव्य हो ।  आवाज विहीनको आवाज बाहिर ल्याउन हाम्रो दायित्व रहेको बताएका छन् । उनले महासंघले यसका लागि चार किसिमको योजनाहरु ल्याउने लागेको बताएका छन् ।
अध्यक्ष आचार्यले यहाँबाट उठेका जिज्ञासाहरुलाई केन्द्रिय मिडियाहरुसँग छलफल गर्ने विश्वास दिलाएका छन् । उनले दलगत र जातिगत पत्रकारिता नगर्न आग्रह पनि गरेका छन् । उनले भने, ‘आज पनि नागरिक समाजलाई समस्या परेमा पत्रकारलाई नै गहार छन् । पत्रकारमाथि अहिलेपनि सबैले विश्वास गर्ने गर्दछ । त्यो विश्वास कहिले नटुटोस त्यस्ता वातावरण कायम राख्नु पर्दछ ।’
धनुषाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक खेशर खनाल, नेपाल पत्रकार महासंघका केन्द्रिय  कोषाध्यक्ष राजेश मिश्र, मनिका झा, हिमांशु चौधरी सहितका व्यक्तिहरुले आ आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा उपस्थिति नागरिक समाज, युवा अभियन्ता सहितका व्यक्तिहरुले पत्रकारिता क्षेत्रमा रहेको त्रुटिबारेमा प्रश्न गरेका थिए ।

‘प्रहरीले ज्यादति रवैया नसच्यिाए पसलमा ताल्चा लगाई साँचो प्रदेश सरकारलाई बुझाउछौं ’

जनकपुरधाम, ८ भदौ । धनुषा चेम्बर अफ कमर्सले प्रहरी प्रशासनको गैरकानूनी कार्य र ज्यादति रवैया नसच्चिए व्यापारीहरु पसलमा ताल्चा लगाएर साँचो प्रदेश सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।
कमर्सले आईतवार प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई ध्यानाकर्षणपत्र मार्फत ध्यानाकर्षण गराउँदै ‘प्रहरी प्रशासन र भन्सारबाट अनुगमन र निरीक्षणको नाउँमा व्यापारीलाई धम्काउने, तर्साउने गरेको छ । व्यापारीहरुले तिरेको भन्सारलाई पनि प्रहरीले जर्बजस्ती नियन्त्रणमा लिई पैसा असुल्ने गरेको व्यापारीहरुको गुनासो छ ।’
कमर्सका अध्यक्ष विजय कुमार साहको नेतृत्वमा गएको टोलीले मन्त्री यादवलाई बुझाएको ध्यानाकर्षण पत्रमा कानून विपरित एउटै पसलमा संघीय प्रहरी र प्रदेश प्रहरीले फरक मितिमा बिना कुनै आधार अनुगमन गरी व्यापारीलाई तर्साउने र धम्काउने गरेको छ । विशेष गरी प्रदेश प्रहरी कार्यालयबाट खटेको घुमुवाहरुले बढी आतंक मच्याइएको हो । मालसमानको भ्याट बिल हुँदाहुँदै प्रदेश प्रहरी कार्यालयबाट खटेका घुमुवा प्रहरीले अनावश्यक पैसा माग्ने र नदिएको खण्डमा मालसमान नै नियन्त्रणमा लिई भन्सारलाई बुझाउने र भन्सारले तत्कालै उक्त मालसमान लिलामी गर्ने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
प्रहरी प्रशासनको व्यापारीप्रतिको गलत क्रियाकलापको कारण व्यापार व्यवसायको वातावरण धरासायी हुने अवस्थामा पुगेको हो । जनकपुरधाम नगरपालिका भित्रमा घरभाडा महँगो भएको कारणले मालसामानको मूल्यमा वृद्धि हुने गरेकोले यहाँका व्यापार शुन्यमा झारेको छ । र ग्राहकहरु सीमापारी वा अन्तै गएर खरीद बिक्री गर्ने गरेको छ ।  घरभाडामा एकरुपता ल्याई दिनका लागि प्रदेश सरकार र जनकपुरधाम उपमहा नगरपालिकाबीच समन्वयको आवश्यकता रहेको समेत ध्यानाकर्षणपत्रमा रहेको छ ।
यता ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री यादवले वर्तमान अवस्थामा प्रदेशको मातहत प्रहरी प्रशासन नरहेको स्वीकार्दै उनीहरुसँग समन्वयकारीकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने विश्वास दिलाएका छन् । उनले प्रदेश भित्रमा उद्योगधन्धा फ्स्टाउँन व्यापारीहरुसँग आग्रह पनि गरेका छन् । मन्त्री यादवले यहाँको व्यापारीहरुको सबै समस्यालाई समाधान गर्नका लागि प्रदेश सरकार सक्रिय भएर अगाडि बढने बताएका छन् ।
कमर्सका महासचिव कृष्णदेव साह, उपाध्यक्ष सरोज मिश्र सहितका व्यक्तिहरुले ध्यानाकर्षण पत्र बुझाउन मन्त्री यादवको निवासमै पुगेका थिए ।

Sunday, August 25, 2019

‘मधेश प्रदेश’ की ‘जानकी’ वा मिथिला–भोजपुरा’

जनकपुरधाम, ७ भदौ । प्रदेश नं. २ मा सबभन्दा बढी चर्चाको विषय प्रदेशको नामाकरण भएको छ । सत्ता पक्ष र प्रतिपक्षीले भदौ ५गते प्रदेश सभाको सचिवालयमा दर्ता गराएको प्रदेशको नामाकरण पश्चात् सर्वसाधारणमा पनि जिज्ञासा बढेको हो ।
प्रदेशको राजधानी ‘जनकपुरधाम’ राख्न दुई तिहाई बढी साँसदहरुले प्रस्ताव प्रस्तुत गरेका छन भने प्रदेशको नामाकरणमा त्यतिकै झन्झटिलो बनाई दिएको छ । सत्तापक्ष राजपा र समाजवादीका साँसदहरुले प्रदेशको नाम ‘मधेश प्रदेश’ हुनुपर्ने जिकिर गरेका छन् । यता कम्युनिष्ट साँसदले ‘जानकी’ प्रदेश र नेपाली काँग्रेसका साँसदले ‘मिथिला(भोजपुरा’ राख्न प्रस्ताव नै दर्ता गराएका छन् ।
प्रदेशको राजधानी र नामाकरणका लागि दुई तिहाई साँसदको प्रस्ताव आवश्यक छ । तर यो बहुमत नत सत्तापक्षसँग रहेको छ र नत प्रतिपक्षीसँग नै छ । यसले गर्दा सर्वसाधारणमा प्रदेशको नाम के हुन्छ जिज्ञासा बढेको छ ।
यस सन्दर्भमा समाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुसँग कुराकानी गर्दा सबैले बेग्लाबेग्लै तर्क दिएका छन् ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका प्रत्याशी उमेश साह आफ्नो समाजिक सञ्जाल फेसबुकमा लेख्छन ‘मधेशको २२ जिल्ला २ वटा प्रदेश, राजधानीको स्थान बारे छैन कुनै खास विमति ! प्रदेशको नामाकरणको सवालमा मधेश मात्र होईन, मुलुककै गौरव, विश्व प्रसिद्ध हाम्रा २ विभुतिको नाम दुबै प्रदेशमा जोडेर मधेश प्रदेशको घोषणा गर्न सकिन्छ । प्रस्तावित नाउँमा संशोधन प्रस्ताव दर्ता गरी सर्व स्वीकार्य सहमति जुटाउन सकिन्छ । हाम्रो पहिचान र गौरव स्थापित गर्ने एउटा निर्विवाद सम्भावना बाँकी छ । राजर्षि जनक र सिद्धार्थ गौतम बुद्ध मधेशको विश्व प्रसिद्ध गौरव हुन । जस्तै ः ‘मधेश जनक प्रदेश’ ! सिद्धार्थ मधेश अथवा मधेश बुद्ध प्रदेश ! एउटा श्रेष्ठता र ज्ञानभुमि त अर्को शान्तिभुमि लाई दर्शाउछ । ३३ प्रदेश सभाका माननीय सांसद ज्युहरूलाई सुझाव ।’
त्यस्तै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहसँग कुरा गर्दा उनले भने, ‘जानकी प्रदेश’ सबभन्दा उचित हो । तर त्यसमा विवाद देखियो भन्ने ‘जानकी (मिथिला( मधेश’ प्रदेश राखे धेरै राम्रो हुन्छ ।’
त्यस्तै चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले त्यसलाई स्वीकारी रहेको छैन । साह भन्छन् (‘मधेश प्रदेश’ राखे राम्रो हुन्छ । तर त्यसमा राजनीतिक किसिमले विवाद छ भने ‘जानकी’ प्रदेश राखेमा हाम्रो पहिचान पनि झल्किन्छ ।
तर यता मुस्लिम समुदायका नेताहरुले त्यसलाई स्वीकार गर्न मानिरहेको छैन । मुस्लिम समुदायका अगुवा नेता साजिद हुसैन भन्छन् ‘लोकतन्त्रमा कुनै व्यक्ति विशेषको नाम वा धर्मको नाउँमा प्रदेशको नामाकरण गर्नु उचित हुँदैन । सबैलाई बोध हुने गरी प्रदेशको नामाकरण हुनुपर्छ ।’ उनले आन्दोलनको भरमा मधेश स्थापित भएको छ । यस प्रदेशको कुनै पनि हालतमा मधेश प्रदेश नै राख्नुपर्छ । मधेश प्रदेश बाहेक नामाकरण भएमा आन्दोलन गर्ने बताएका छन् ।  त्यसैगरी समाजिक अभियन्ता मनोज सिंह दनुवारले प्रदेशको नामाकरण धेरै सोचविचार गरेर राख्नपर्छ । उनले तीनवटै नामबाट एउटा नाम छनौट गर्ने हो भन्ने ‘जानकी’ प्रदेश राखेमा उचित हुन्छ ।’


Saturday, August 24, 2019

वडा अध्यक्ष शिवु साह जसले आफ्नो तलव भत्ता वृद्ध आमाहरुको सेवामा लगाउँछन


जनकपुरधाम, ६ भदौ । जनकपुरधाम उपमहा नगरपालिका वडा नं. २ का स्वतन्त्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष शिव कुमार साह अहिलेसम्म उठाएको तलवभत्ता वृद्ध आमाहरुको सेवा सत्कारमा नै खर्चिएको छ ।
धनुषामा १८ वटा पालिकामध्ये पहिलो वडा अध्यक्ष साह हुन जसले आफ्नो तलवभत्ताबाट नपुगेपनि घरबाट लगानी गरेर वृद्ध आमाहरुलाई तीर्थाटन गराएका हुन ।
२०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भयो । असोज ९ गते सपथ लिए । सपथ लिएको दुई महिना नवित्नै अर्थात कार्तिक मसान्तको चिसोको बेलामा वडा अध्यक्ष साहले वडामा रहेका वृद्धवृद्धाहरुलाई कम्बल, चावल, चाउचाउ, विस्कुट लगायतको सामाग्री वितरण गरे ।
त्यसको लगतै केही दिनमा वडामा रहेकी वृद्धाआमालाई धार्मिक भ्रमण गराए । एउटा बसमा ५८ जना वृद्धआमाहरुलाई लिएर भारत झारखण्डको वैद्यनाथ (बाबाधाम) र राजगिर भ्रमण गराए । गाडीका साथै भोजन, तीर्थ स्थलमा लाग्ने रकम समेत वडा अध्यक्ष साहले नै तिरेका छन् ।
२०७४ सालमै साहले नेपालकै पुष्पलपुरमा रहेको धार्मिक स्थल चमिनियाँ माई स्थानमा वृद्ध आमालाई दर्शन गराएका छन् ।  त्यो भ्रमणमा २२ वटा साना गाडीमा १२५ जनाको सहभागिता रहेको थियो । बेलाबेलामा वडा अध्यक्ष साहले नगरभित्रमा  भोजन, वस्त्र लगायत दानपुण्य गर्दै नै आएका थिए ।
२०७५ सालमा फेरी वडा अध्यक्ष साहले सयभन्दा बढी वृद्ध आमाहरुलाई काठमाण्डौंको धार्मिक स्थलका साथै मनोकामना दर्शन गराएका हुन् । दुईवटा बसमा वडा अध्यक्ष साहले वृद्धआमाहरुलाई साडी लगायतको वस्त्र दिएर भोजन, तीर्थस्थलमा तिर्नुपर्ने शुल्क आफैले तिरेका छन् । हिन्दु, मुस्लिमका पर्व त्योहारमा वडा अध्यक्ष साहले सबभन्दा बढी माया स्नेह वृद्धआमाहरुलाई नै गर्दै आएका छन् ।
वडाअध्यक्ष साह भन्छन् –‘वृद्ध आमाहरुको सेवामा मलाई धेरै खुशी र आनन्द लाग्छ । यो संसारमा कसैले केही लिएर जाँदैन, वृद्ध आमाहरुले मलाई आशीर्वाद दिए सबै सुख पाउँछु जस्तो अनुभूति हुन्छ ।’
उनले अहिलेसम्म उठाएको तलवभत्ता आमाहरुकै सेवामा लगाएको छ्ु । त्यसले पनि पुगेन भन्ने घरबाट पनि लगाउने गरेको बताउँछन् ।
साहले अहिलेसम्म वृद्धहरुको धार्मिक भ्रमणमा पाँच लाख रुपैया खर्चिएका जनाइएको छ ।

Monday, August 19, 2019

जनकपुरधाममा जानकी मन्दिर आकारको दाहा मेला


जनकपुरधाम, २ भदौ । जनकपुरधाम उपमहा नगरपालिका वडा नंं १३मा जानकी मन्दिर आकारको दाहा निर्माण कार्य शुरु भएको छ ।
दाहा मेला उत्सव प्रचार प्रसार समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी भदौ २३देखि २५ गतेसम्म लाग्ने दाहा मेलाको तयारी भव्यताका साथ भई रहेको बताएका छन् ।
दाहा मेलालाई भव्यता प्रदान गर्नका लागि ११ वटा उपसमिति समेत गरिएको छ । पत्रकार सम्मेलनमा प्रचार प्रसार उपसमितिका संयोजक रामअशिष दासले पत्रकार सम्मेलनमा मोहरम्म उपसमिति, मेला व्यवस्थापन समिति, मनोरञ्जन समिति, साउण्ड लाइट सजावट समिति, मञ्च व्यवस्थापन समिति, स्वास्थ्य तथा उपचार व्यवस्थापन समिति, प्रचार प्रसार उपसमिति, भोजन व्यवस्थापन उपसमिति, महिला व्यवस्थापन उपसमिति, मेडल तथा पुरस्कार उपसमिति, सुरक्षा व्यवस्थापन उपसमिति गठन भएको बताएका छन् ।
उपसमिति संयोजक दासले करीब १२ लाखको लागतमा आधुनिक किसिमले दाहा निर्माण हुने बताए । उनले भने, ‘दाहामा कम्तिमा एक लाख दर्शनार्थीहरु आउने छन् । दाहाको  उच्चाई १सय १५ फिटको रहने छ भने तीन महिना अघिदेखि निर्माण कार्य शुरु भई सकेको छ ।’

त्यस्तै मेला उत्सव प्रचार प्रसार समितिका संयोजक तथा वडा नं. १३ का वडा अध्यक्ष शुभनारायण मण्डलले अहिलेसम्म धनुषा लगायतका ठाउँमा यस्तो दहा निर्माण नभएको दावी गरेका छन् । उनले यस दाहामा ६सय बढी बाँसको प्रयोग भएको र दैनिक रुपमा तीन महिनादेखि ८ वटा मिस्त्रीहरु खटि रहेको बताएका छन् ।
स्थानीय राम कुमार साहको सहयोगमा सो दाहा निर्माण भई रहेको र दाहाको संरक्षण सम्बद्र्धन स्थानीयवासीहरुले गर्नेछन् ।
मेलालाई भव्यता प्रदान गर्नका लागि सबैसँग आग्रह गर्दै अध्यक्ष मण्डलले भने, ‘पहलवानी, लठ्ठी भाँज्ने खेल, अल्हाउरुदल, वृजभानु नाचका साथै आधुनिक रेल रेस, मौतका कुआ, झुला लगायतको मनोरञ्जन गर्ने खेलहरु रहनेछ ।’
पत्रकार सम्मेलनमा राजकुमार साह, योगेन्द्र नारायण राम, नारायण राउत, जीत बहादुर राउत, ज्ञानी साह तथा मुस्लिम समुदायहरुको उपस्थिति रहेको थियो ।