Tuesday, December 23, 2014

एघारौं अन्तराष्ट्रिय मैथिली सम्मेलन समृद्ध नेपालका लागि भाषा र संस्कृतिको विकास आवश्यक ः राष्ट्रपति डा.यादव


कैलास दास
जनकपुर, पुस ७ । राष्ट्रपति डा. रामवरण यादवले एघारौं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको सोमवार जनकपुरमा उद्घाटन गरेका छन् । दूई दिवसीय अन्तराष्ट्रिय मैथिली सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति डा. यादवले बहुभाषा, बहुधार्मिक तथा बहुसांस्कृति नै समृद्ध नेपाली संस्कृतिको परम्परा रहेको बताए ।

डा. यादवले सबै जात–जातिका भाषा, संस्कृति, भेषभूषा नै नेपाली राष्ट्रिय पहिचान रहेको बताउदै अनेकता बीच एकता नै हाम्रो परम्परा रहेको बताए । सबै भेषभुषा, संस्कसति, रहन सहन, खानपानको सम्मानले नै राष्ट्रिय एकतालाई बलियो बनाउने हुनाले नै नेपाल सरकारले मैथिली भाषाको विकासका लागि नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरेको बताए ।
मुलुकमा आएको परिवर्तन पछि बन्ने संविधानमा सवै भाषा, संस्कृति तथा भेषभुषाका नेपाली जनताले उचित सम्मान पाउने बताउदै संविधान निर्माणका लागि राजनीतिक दलहरुलाई सहमतिका लागि आफुले पहल गर्ने बताए । मैथिली भाषामाथि बढ्दो सूचना प्रविधिले पार्ने प्रभावबाट जोगाउनका लागि यस भाषाको श्रव्यदृश्य समाग्री विकासमा पनि जोड दिनका लागि राष्ट्रपतिले मैथिलीका विद्वानहरुसंग आग्रह गरे ।
नेपाल–भारतका पाँच करोडभन्दा बढी व्यक्तिले बोलिने मैथिली भाषामा खतरामा  नभएको भन्दै डराउनु पर्ने अवस्था नरहेको बताउँदै राष्ट्रपति डा. यादवले आधुनिक प्रविधिसंग जोडनका लागि साहित्यकारसंग आग्रह गरे । सो कार्यक्रममा बोल्दे शिक्षा मन्त्री चित्रलेखा यादवले अन्तर्राष्ट्रिय सम्मेलनले भाषा, साहित्यको माध्यमद्वारा नेपाल भारत वीचको सम्वन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे .

कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले मैथिली भाषाको विकासमा विषेश योगदान दिए वापत प्राध्यापक सुनिल कुमार झा, संगीतकार गुरुदेव कामत, लोकचित्रकार कृष्ण कुमार कश्यपलाई मिथिलारत्न र नेपाली भाषामा योगदान दिए वापत चन्द्रशेखर उपाध्याय, भोजपुरी साहित्यका विद्वान उमाशंकर द्विवेदीलाई मिथिला श्रीबाट सम्मानित गरेका थिए । कार्यक्रममा डा. रमानन्द रमणद्वारा लिखित मैथिली कथा नेपाल, मैथिली कथा नेपाल, एघारौं मैथिली सम्मेलनको तिरहूत नामक स्मारिका, रामभरोष कापडि भ्रमरद्वारा लिखित अहाँ जे कहलहुँ र डा. वैजनाथ चौधरी बैजुद्वारा लिखित दिल्ली सँ जनकपुर नामक कृतिको राष्ट्रपतिले विमोचन गरेका थिए ।
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजक समितिका संयोजक प्राज्ञ रामभरोस कापर भ्रमरको अध्यक्षतामा भएको सो कायषर््क्रममा सम्मेलनका महासचिव डा. वैजनाथ चौधरी वैजु, डा. पशुपथि नाथ झाले पनि बोलेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार समहित्यकार श्यामसुन्दर शशिले गरेका थिए । दुई दिनसम्म चल्ने सो अन्तराष्ट्रिय सम्मेलनमा नेपाल भारतका गरि करिव दुई सय विद्वान, विदुषिहरु सहभागि रहेका छन् । कार्यक्रममा राष्ट्रपति डा. यादव तथा शिक्षामन्त्री चित्रलेखा यादवलाई सम्मान गरिएको थियो ।

Friday, December 5, 2014

सहमति नभए दुई तिहाई बहुमतले संविधान बनाईने ः डा. महत

कैलास
जनकपुर, मंसिर १९ । अर्थमन्त्री डा. रामशरण महतले संवैधानि राजनीकि संवाद तथा सहमति समितिका सभापतिले  संविधान निर्माणको सवालमा आएका सम्पूर्ण विचाहरुलाई संविधान सभामा प्रवेश गराउँने विश्वास व्यक्त गरेका छन् ।
अर्थमन्त्री डा. महतले जनकपुरधाममा नेपाली काँग्रेसका सभासद रामकृष्ण यादवको छोरीको विवाहमा सहभागि हुन आएको वेलामा पत्रकारहरुसंग कुरा गर्दै समितमा आएका विचाहरुलाई संविधान सभामा प्रवेश गराएर फूल हाउँसवाट निर्णय गराउनमा संवाद समितिका सभापति डा. बाबाुराम भट्टराईले दलहरुको माईडेड पछि सफल हुने विश्वास पनि व्यक्त गरे ।
उनले सके सहमति नभए दूई तिहाईको बहुमतबाट भए पनि माघ ८ गते नै संविधानको मस्यौदा जनता समक्ष आउने पनि दावी गरे । उनले सवै विषयमा सहमति गर्न पनि कठिन हुने भएका कारणले संविधान निर्माणका लागि दुईतिहाईबाट निर्णय लिनुको कुनै विकल्प नभएको पनि बताए ।
काँग्रसका नेता समेत रहेका अर्थमन्त्री डा. महतले नेपाली काँग्रेस तथा एमालेकोे राज्य पुर्नसंरचनाको  साँझा सहमतिसम्वन्धि अवधारणा पत्रमा मधेशवाट प्रतिनिधित्व गर्ने काँग्रेसका मधेशी सभासदहरुवाट आएको फरक विचारको विषयमा नेपाली काँग्रेस भित्र छलफहुन सक्ने भएपनि काँग्रेस आफ्नो मूल एजेण्डा भन्दा बाहिर नजाने पनि बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणको समयमा व्यक्त गरेको विचार व्यक्तिगत रहेको तर संविधान निर्माणको विषयमा नेपाली जनताले नै निर्णय लिने पनि अर्थमन्त्री डा महतले स्पष्ट पारे । उनले छिमेकी राष्टूका प्रधानमन्त्रीको हिसावले सुझाव स्वरुप आएको पनि बताए ।
जनकपुरको विकास प्रति राज्यले उपेक्षा गरेको विषयमा गरिएको एक जिज्ञासामा अर्थमन्त्री डा. महतले जनकपुरको विकासका लागि राज्यले कुनै विभेद नगरेको यस वर्ष आएको बजेटले नै स्पष्ट भएको दावी गरे । उनले जनकपुरको विकासका लागि सरकाले उल्लेख्य बजेट दिएको बताउदै देशका अन्य भागहरुको पनि विकास नभएको बताए ।
उनले सरकार परिवर्तको कुनै पनि सम्भावना नरहेको बताउदै संविधान सभाले संविभानको निर्माण गरेपछि मात्र सरकारको परिवर्तन हुने तर संविधान निर्माणको सवालमा सहमतिको लागि सरकारमा थप घट हुन सक्ने पनि स्पष्ट पारे ।
जनकपुरमा विगत केही महिना देखि रेल्वेको विस्तारका कारणले अवरुद्ध रहेको भन्सार नाकाको विषयमा गरिएको जिज्ञासामा अर्थमन्त्री डा. महतले नेपाल सरकारले नया भन्सार नाका खोल्नका लागि सहमति दिई सकेको भारतले भारत तर्फ नाका स्थापना गर्ने वित्तिक्कै भंसार शुचारु हुने पनि बताए ।
यसै गरि सभासद साहको छोरीको विवाहमा सहभागि हुनका लागि भौतिकपूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि पनि राजधानीबाट जनकपुरधाम आएका थिए । यसै गरि नेपाली काँग्रेसका नेत्री श्रीमति लिला कोईराला सहितका नेताहरु सहभागि भएका थिए ।

Thursday, December 4, 2014

सभासद साहको रिट निवेदन पुनरावेदनद्वारा खारेज, जिल्लाकै फैसला सदर

कैलास दास
जनकपुर, मंसिर १८ । जनकपुरको रामानन्द चौकमा भएको बम काण्डको आरोपमा थुनामा रहेका धनुषा निर्वाचन क्षेत्र नं. का निलंवित सभासद संजय कुमार साहको तर्फवाट पुनरावेदन अदालत जनकपुरमा गरिएको माग दावीलाई खारेज गरि धनुषा जिल्ला अदालतले गरेको फैसलालाई विहिवार पुनरवोदनले सदर गरेको छ ।

धनुषा जिल्ला अतालतले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै साधारण तारेखमा राखि मुद्दाको पूर्वपक्ष गर्नका लागि माग गर्दै सभासद साहले पुनरावेदन अदालत जनकपुरमा गत असर १७ गते मुद्दा दायर गरेका थिए । पुनरावेदन अदालत जनकपुरका ईजलास नं. १ मा भएको लामो वहस पछि अदालतका मुख्य न्यायाधिश पुरुषोत्तम भण्डारी र न्यायाधिश सत्यराज गुरुङ्गको संयुक्त ईजलासले सो फैसला गरेको पुनरावेदन अदालत जनकपुरका शाखा अधिकृत टिकासिंह खत्रीले जानकारी गराएका छन् ।
पुनरावेदनको फैसलापछि अब साहलाई थुनामा नै राखेर प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । यसै गरि साहकै तर्फवाट जनकपुर १३ निवासी रामअशिष दासले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन पनि पुनरावेदन अदालतको विहिवारकै फैसलाबाट खारेज भएको छ ।
जनकपुरको रामानन्द चौकमा २०६९ वैशाख १८ गते भएको वम काण्डका प्रमुख योजनाकार बनाएर सभासद साहको विरुद्धमा जनकपुरका व्यापारी जीवनाथ चौधरी सहितका व्यक्तिहरुको जाहेरी दिएपछि प्रहरीले सभासद साहलाई पक्राउँ गरि कर्तव्य ज्यान मुद्दा चलाएका थिए । रामानन्द चौकमा मिथिला राज्यको माग सहित गरिएको शान्तिपूर्ण धर्नामा गराईएको बम विष्फोटमा परि विमल शरण दास, प्रसिद्ध महिला कलाकार रञ्जु झा, समाजसेवी सुरेश उपाध्याय,  झगरु दास र दिपेन्द्र दासको ज्यान जाएको थियो । साथै बम विस्फोटमा परी ३२ जना व्यक्ति घाईते भएका थिए । प्रहरीले बम विस्फोटको आरोपमा तत्कालै रिपेन्द्र झा (छोटु) सुरेश कुमार कर्ण, जयप्रकाश चौधरी, मुकेश कर्णलाई पक्राउ गरी सार्वजनिक गरेका थिए । उनीहरुले मुकेश चौधरीको आदेशमा बम विस्फोटन गराएको पत्रकार सम्मेलनमा स्विकार गरेका थिए ।
पछिल्लो पटक सोही घटनाको प्रमुख आरोपी अर्जुन सिंह भनिने मुकेश चौधरीलाई पक्राउ गरेपछि उनकै बयानको आधारमा सभासद साहलाई पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएका थिए । प्रहरीले लामो अनुसन्धान पछि साहलाई पक्राउ गरेर सार्वजनिक गरेका थिए । साहलाई २०७१ बैशाख २० गते शनिवार पक्राउ गरेका थिए । पक्राउ गरे लगत्तै तत्कालिन प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गरेर साहलाई सार्वजनिक गरेका थिए । 
उता निलंवित सभासद साहले अव सर्वोच्चमा पुनः रिट दायर गर्ने उनका कानून व्यवसायी विकास घिमिरेले बताएका छन् । पुनरावेदनले निलम्बित सभासदको तर्फबाट १७ नं. बमोजिमको फैसला गर्ने क्रममा जिल्लाकै फैसलालाई सदर गरेपछि मूल मुद्दाको सुनुवाई जिल्ला अदालतमा अब हुने भएको छ । फौजदारी मुद्दामा अदालतमा ततल सुनवाई गर्ने प्रावधान भएकोले कर्तव्य ज्यान सम्बन्धित मुद्दाको सुनुवाई जिल्ला अदालतले अब गर्ने भएको छ ।     

Thursday, November 27, 2014

मिथिलाञ्चलको ठूलो साँस्कृतिक पर्व विवाहोत्सव सम्पन्न, लाखौं सहभागी

कैलास दास
जनकपुर, मंसिर ११ । मिथिलाञ्चलकै सबैभन्दा ठूलो साँस्कृतिक पर्वको रुपमा रहेको रामजानकी विवाहपञ्चमी महोत्सव धुमधामको साथ विहिवार सम्पन्न भएको छ । जनकपुरको मठ मंन्दिर तथा पार्टी पौवाहरु तीर्थयत्रीहरुले भरिभराउँ देखिएको छ । विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा विहानदेखि जनकपुरधामको प्रसिद्ध गंगा सागर, धनुषासागर, अङ्गराजसर, रत्नसागर, दुग्धमति सहितको धार्मिक तलाउ एवं नदीमा स्नान गरेर विहान देखि जनकपुरधामको जानकी मन्दिर सिता तथा राममन्दिरमा भगवान रामको पुजा अर्चना गरेका थिए । पुजा अर्चनाका लागि ठुलो घुईचो नै लागेका थिए ।

यसैगरी विवाहपञ्चमीमा सहभागि भएका जन्ती सहित जानकी मन्दिरबाट निस्केको टोलीले जनकपुरको रङ्गभुमि मैदानमा गएर रामजानकीको बीचमा स्वयंमर कार्यक्रम दिउँसो सम्पन्न भएको छ । नेपाली सेनाको मंगलधुन सहित सो स्वयम्बर कार्यक्रममा जानकी मन्दिर श्रृङ्गार कुञ्ज, रत्नसागर सहितका मठ मन्दिरका डोलाले भगवान रामको डोलालाई तीन पटक प्रदक्षिणा गरी नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा गएर सम्पन्न भएको थियो ।
जानकी मन्दिरमा मिथिलाको परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । वैवाहिक कार्यक्रममा अयोध्याबाट आएका जन्तीहरु सहभागि भएका थिए । विश्व हिन्दु परिषदका केन्द्रिय मन्त्री राजेन्द्र सिंह पंकजको नेतृत्वमा आएको जन्तीमा अयोध्याका दिगम्बर अखडाका महन्थ सुरेश दासले दशरथको भुमिका निर्वाह गरेका थिए । यसैगरी ऋषिकेश सिद्धहनुमान मन्दिरका महन्थ रामवेश्वर दास वैष्णवले वशिष्ठको भुमिका निर्वाह गरेका थिए । वैवाहिक कार्यक्रममा मिथिलानीहरुले विभिन्न प्रकारको गीत संगीतहरु प्रस्तुत गरेका थिए ।

जानकी मन्दिर परिसरमा वैवाहिक कार्यक्रमका लागि कलात्मक विवाह मण्डपको निर्माण गरिएको थियो । सो विवाह मण्डप वरिपरी भारी संख्यामा तीर्थयात्रीहरु दिउँसै देखि बसेका थिए । भारतको अयोध्याबाट आएका जन्तीलाई बस्नका लागि विशेष व्यवस्था मिलाईएको थियो भने जनकपुरको जानकी मन्दिरको प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई पनि बस्नका लागि राम्रो व्यवस्थापन मिलाईएको थियो ।

नगरमा शोभायात्रा भव्य स्वागत
रंगभूमि मैदानमा राम—सीताको स्वयंम्बरपछि नगर परिक्रमा क्रममा निष्केको शोभा यात्रालाई नगरवासीहरुले भव्य स्वागत गरेका छन । जानकी मन्दिर र राममन्दिरको डोला, आकर्षक रथ, बाजागाजका साथै दर्जनौ गाडी सहित निष्केको शोभायात्रालाई नगरवासीहरुले ठाँउ ठाँउमा स्वागत गरेका छन । शोभा यात्रामा निष्केका डोला तथा गाडीमाथि श्रद्धालुहरुले पुष्पवृष्टि तथा अविर छर्केर स्वागत गरेका छन्
स्थानीय रामानन्द चौकमा पुष्पवृष्टिको विशेष आयोजना गरेका थिए । स्थानीय व्यापारी तथा फोरम नेपाल धनुषाका नेता हरिनारायण यादवको संयोजकत्वमा गरिएको उक्त पुष्पवृष्टि कार्यक्रममा फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादव, अशोक कुमार यादव, संजय यादव, स्थानीय व्यापारी ललन महतो, दिलिप कुमार महतो सहितको सहभागिता रहेको थियो । यसका साथै श्रद्धालु तथा नगरवासीहरुले आ–आफनै घरको छाना तथा आफु उभिएको ठाँउ बाटै पुष्प वृष्टि गराएको थियो । यसका साथै विभिन्न संघ संस्था तथा व्यापारीक प्रतिष्ठानहरुले ठाँउ ठाँउमा स्वागतद्वाराहरु समेत निर्माण गरेका थिए ।
दीपावली पनि मनाइयो
विवाहपंचमीको अवसर पारेर गौ संरक्षण मंचले नगरमा दिपावली रथ यात्रा प्रदर्शन गरेका छन । जगदिश महासेठको नेतृत्वमा रहेको मंचले जानकी मन्दिरवाट झाँकी तथा बाजा गाजा सहितको दिपावली रथ यात्रा नगर परिक्रमा गरेको छ । यसैबीच मंचकै आह्वानमा जनकपुर नगरवासी तथा यहाँ व्यवसायीहरुले विहीवार नगरमा दिपावली मनाएका छन । विवाहपंचमी महोत्सवलाई थप उत्साही बनाउन तथा खुशी व्यक्त गर्न दिपावली मनाइएको स्थानीयवासीहरुले जनाएका छन् । जनकपुरका व्यवसायीहरुले आ–आफनो व्यापारिक प्रतिष्ठान तथा स्थानीय वासीहरुले घर अगाडी विद्युतीय वत्ति तथा दीप जलाएका थिए ।
दुई सय पाकेटमार पक्राउ
विवाहपञ्चमी महोत्सवमा दुई सय पाकेटमार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा केही महिलाहरु पनि रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शंकास्पद गतिविधि गरेको अवस्थामा बुधवार एक सय पचास जनालाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाईले जानकारी दिएका छन् ।
यसैगरी विहिवार पचास जना पाकेटमा पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष हुलियाको आधारमा पाकेमारी हुनबाट जोगाउनका लागि पहिला नै प्रहरीले पक्राउ गरेका थिए । पकेटमार पक्राउ गर्नका लागि प्रहरीले विशेष टोली परिचालन गरेका थिए । पाकेटमारहरु धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, रौतहट बारा पर्सा सिमावर्ती भारतीय क्षेत्रका पनि रहेका छन् ।
यस पटक गढीमाई मेला रहेकाले बारा पर्सा तथा रौतहट तिरको पाकेटमारहरु कमै मात्रामा आएको प्रनाउ प्रसाईले बताए ।

Tuesday, November 25, 2014

कहिल्यै न टुटोस यो....!

कैलास दास
त्रेता युगीन पुरुषोत्तम भगवान राम र आदर्श नारी सीताको तिलकोत्सव हास्य, व्यङ्ग र साँस्कृति झल्काउँदै मंगलवार तिलकोत्सव सम्पन्न भएको छ । मिथिला परम्परा र संस्कृति अनुसार भएको तिलकोत्सवमा नेपाल—भारत सहितका साधुसन्ध एवं भक्तजनहरुबीच मैथिलानी महिलाहरुले गरेकी गालीगलौज सबैलाई भावविभोर पारेका  थिए ।
दुबै देशको साँझा संस्कृतिलाई नेपाल—भारतका मिडियाहरुले क्यामरामा क्याच गर्न आतुर देखिन्थ्यिो भने मैथिलानी महिलाद्वारा गीत गायनका स्वर र दृशय कहिले हास्य त कहिल्यै ब्यङ्ग भरिरहेका थिए । तालीको गडगराहट थमिरहेको थिएन । भगवान राम की जय, सीता मैया की जाय जयकारका उद्घोषले राममन्दिर परिसर गुन्जमय बनेका थिए ।
तुलसी दास द्वारा लिखित रामायणको आधारमा भएको तिलकोत्सव नेपाल—भारतबीचका साँस्कृति एउटै छ र रहिरहन्छ सबैले फेरी अनुभूति गरे । महिला श्रद्धालुहरुको आँखामा देखिएको भावुकता देश दुईवटा भएपनि आत्मा एउटै रहेको बुझियो । नेपाल—भारत बीचमा सीमा भएपनि रहन—सहन, भेषभूषा तथा साँस्कृति मात्र होइन, आत्मा पनि एउटै रहेको जसलाई कसैले तोड्न सक्दैन सबैको आँखामा झल्कि रह्यो ।
भारत अयोध्याबाट भगवान रामको पिता दशरथका भूमिकामा (सुरेश दास) र सीता मैयाको पिताको भूमिकामा रामतपेश्वर दास वैष्णवबीच तिलकोत्सव पश्चात् सम्धी मिलनका दृश्य देखर ताली बजाउँदै खासगरी महिलाहरु भावुक बनेकी थिइन । बेटीको विदाईभन्दा पहिला जसरी आमालाई चिन्ताले सताई रहेको हुन्छ । त्यस्तै तिलकोत्सवमा देखियो ।
राम—सीता विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा विवाहोत्सवमा मनाउने गरिन्छ । जसमा महाकुम्भ मेला जस्तै दर्शनार्थीहरु सहभागी हुन्छ । श्रद्धा एवं साँस्कृतिका पर्व विवाहोत्सवमा बिना निम्तोको लाखौं व्यक्ति सहभागी हुन्छ । विश्वमा यस्ता कुनै पनि देश नहोला जहाँ बिना निम्तोको लाखौं जन्तिहरु आउने गर्दछ् । तर त्रेता युगका यी संस्कृति नेपाल —भारतबीचका सम्बन्ध अहिले पनि अटुट छ  र रहिरहन्छ ।
दुई देशलाई जोड्ने यो साँस्कृतिलाई नेपाल सरकारले बुझ्न सकेको छैन । सुमधुर एवं अझै व्यवस्थित गर्नका लागि कुनै बजेट नदिएपछि स्थानीय युवाहरुले नै   अहिलेसम्म भव्यता प्रदान गर्दै आएका छन् । खासगरी यस विवाहोत्सवमा व्यवस्थापन गरेका राम युवा कमिटी, महावीर युवा कमिटी तथा गणेश युवा कमिटी सबैभन्दा धन्यवादका पात्र हुन । यो साँस्कृति कहिल्यै नटुटोस माता जानकीसँग कामना छ । साथै विवाहोत्सवमा पाल्नु भएका सबै श्रद्धालुहरुप्रति स्वागत तथा शुभकामना ।

भारतीय प्रम मोदीले ःबहुतबाट संविधान बनाऔ, चाँडै जनकपुर आउने आश्वासन

कैलास दास
काठमाण्डौ, मंसिर ९ । नेपालका सत्तारुढ ठूला राजनीतिक दलहरु सहमति नजुटे दुई तिहाइ बहुमतको प्रक्रियाबाटै माघ ८ मा संविधान जारी गर्ने तयारी गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमतीय प्रक्रिया बाट संविधान नबनाउन सुझाव दिएका छन ।
सत्तारुढ दलहरु बहुमतीय प्रक्रिया बाट संविधान बनाउने चेष्टा गरे त्यो मुलुकको लागी दुर्भाग्यपूर्ण हुने चेतावनी दिदै मोदीले भने,‘ संख्याका आधारमा होइन, सहमतिबाट संविधान बनाउन यहाँका राजनीतिक दलहरुलाई आग्रह गर्दछु ।’

वीर अस्पताल परिसरमा भारतको सहयोगमा निर्मित टूमा सेन्टरको उदघाटन समारोहलाई सम्बोधन गर्दै मोदीले भने,‘नेपालका सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्छु, संविधान निर्माण सहमतिबाट गर्दा नै फाइदा हुन्छ, संख्याको बलबाट संविधान निर्माणले नेपालको कहिल्यै भलो गर्दैन ।’
मोदीले नेपालले कस्तो संविधान बनाउने भन्ने आफैं निर्णय गर्न र त्यसमा भारतको कुनै हस्तक्षेप नहुने प्रष्ट पारे । ‘तर नेपालको संविधान यस्तो गुलदस्ता (फूलबारी) होस, जसमा हरेकले आफ्नो फूल र बासना छ भन्ने अनुभूति गर्न सकुन’ मोदीको भनाई थियो ।
मोदीले मधेसी र माओवादीलाई उत्साहित पार्दै भने(‘नेपालमा चाँडै नै यस्तो संविधान बनोस, जहाँ मधेसीले हामीलाई हेर्ने कोही छैन भन्ने महसुस नगरोस, पहाडीले पनि त्यस्तो नसोचोस् र माओवादीलाई पनि नलागोस कि हामीलाई सोध्ने कोही छैन ।’
उनले एकपटक सहमतिबाट संविधान जारी गरेपछि संसदबाट दुई तिहाइले संशोधन गर्न सकिने भएकाले अहिले सहमतिबाहेक अरु नसोच्न सुझाव दिए ।
मोदीले भने,‘नेपालका हरेक मानिसले यो संविधानमा अपनत्व महसुस गर्न सकेनन्, उनीहरुका सपना समेटिएनन् भने नेपालका लागि त्यसपछि धेरै ठूलो कठिनाइ हुनेछ ।मोदीले प्रष्ट भाषामा उपदेश र चेतावनीको शैलीमा सहमति बाहेक अर्को प्रक्रियाबाट संविधान जारी नगर्न सुझाव दिइरहेका बेला प्रधानमन्त्री सुशील कोइराला ध्यानपूर्वक उनको भाषण सुनिरहेका थिए ।
मोदीले नेपाल खुसी भएमात्रै भारत मुस्कुराउने भन्दै संविधान निर्माणको प्रक्रिया ढीलो भइसकेकोतर्फ पनि नेपालका नेताहरुको ध्यानाकर्षण गराए ।
‘संविधान निर्माणको काममा नेपालको संविधानसभा राम्रोसंग अघि बढेको छ, तर मलाई लाग्छ अब ढिला भरहेको छ’ मोदीको भनाई थियो ।
भारतीय प्रधानमन्त्री आफ्नो भाषणमा नेपालको राजनीतिक मामिलामाथि विना हिच्किचाहट आफ्नो धारणा राखेका छन् । संविधान निर्माण प्रक्रियाबारे देशभित्र ठूलो बहस भइरहेका बेला मोदीले माओवादी र मधेसवादीको मतलाई खुलेआम समर्थन गर्दै बहुमतीय प्रक्रियाबाट संविधान नबनाउन भनेपछि सत्तारुढ दल  अप्ठ्यारो परेका छन् । मोदीको जनकपुर भ्रमणलाई सरकारले अनावश्यक विवादित बनाए पछि भारत सरकार सत्तारुढ दलबाट असन्तुष्ट बनेका बेला मोदीको यस्तो अभिव्यक्ति सार्वजनिक भएका छन ।
ट्रमा सेन्टर उदघाटनमा प्रधानमन्त्री सुशील कोइरालाले अंग्रेजीमा लिखित भाषण पढेका थिए । मोदीले हिन्दीमा अलिखित मन्तव्य दिने क्रममा निकै लामो, अनौपचारिक र उपदेशात्मक अभिव्यक्ति दिए ।
जनकपुरबारे स्पष्टीकरण
मोदीले आफूले चाहेर पनि जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्न नपाएकोमा त्यस क्षेत्रका नेपाली जनतासमक्ष माफी मागे ।
मोदीले भने(‘म तपाईहरुको पीडा भलिभाँती बुझ्छु, तर यसपटक सम्भव भएन, जनकपुर, लुम्बिनी र मुक्तिनाथका लागि म फेरि आउनेछु ।’
स्थलमार्गबाट जानकी मन्दिरको दर्शन गर्दा कतिको समस्या रहेछ भनेर जान्नका लागि आफू स्थलमार्गबाटै जनकपुर आउन चाहेको उनले बताए ।

भगवान रामका तिलकोत्सव सम्पन्न

कैलास दास
जनकपुर, मंसिर ९ । सप्ताहव्यापी रामजनकी विवाहपञ्मी महोत्सव अन्तर्गत मंगलवार भगवान रामको तिलकोत्सव सम्पन्न भएको छ । जानकी मंन्दिरबाट एक सय एक भार सहितको कोशेली राममन्दिरमा लगेर भगवान रामको मिथिला विधि अनुसार तिलकोत्सव भएको हो ।
तिलकोत्सव समारोहका लागि श्री महावीर युवा कमिटीले आकर्षक एवं कलात्म मञ्च निर्माण गरेका थिए । यसवर्ष अयोध्याबाट आएका साधुसन्तहरु सहभागी रहेकाले तिलकोत्सव समारोह अलौकिक देखिन्थ्यो । नेपाल—भारतबाट हजारौ नरनारीहरु राममन्दिर आएका थिए ।
राजर्षि जनकको भूमिका जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र  दशरथको भूमिका भारत अयोध्याका महन्थ सुरेश दासले गरेका थिए । कार्यक्रममा राममन्दिर जनकपुरका महन्थ राम गिरी र जनकी मंन्दिरका महन्थ रामतपेश्वर दासले सम्धी मिलन गरेका थिए ।
भारतको अयोध्याबाट आएका साधुसन्तहरुले नौ लाख वर्ष पूर्व पनि भगवान राम र सीताको विवाहोत्सव कार्यक्रम यस्तै प्रकारले भएको र यसलाई मिथिलावासी तथा अवधवासीले जीवित राखेकोमा खुशी व्यक्त गरे ।
बशिष्टको भूमिका निर्वाह गरेका डा रामेश्वर दास वैष्णवले भगवान राम र सीता विवाहको स्मरणमा प्रत्येक वर्ष विवाहोत्सव मनाएर मिथिला र अवधले आफ्नो सम्वन्धलाई अझ बढी सुमधुर बनाएको बताए । जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनकपुरवासी रामजानकीको विवाहलाई ठूलो उत्सवको रुपमा मनाएको र अनन्तकालसम्म मनाई रहने बताए ।

साधुसन्तहरुले मिथिलामा अयोध्यावाट आएका जन्ति झुकिएर डोमको आलिसान घरमा गएपछि डोमले आफू जनकको दरवारमा काम मात्र गर्ने भएको भनेपछि जन्ती छक्क परेका थिए ।
कार्यक्रममा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र जनकपुरकी सञ्चालिका गंगामाता, धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पनि बोलेका थिए । कार्यक्रममा सहभागि भएका विशिष्ट व्यक्तिहरुलाई विश्वहिन्दु परिषदका राजेन्द्र सिंह पंकजले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाको व्याण्ड टोलीले मंगलधुन बजाएर भारतबाट आएको जन्तिको स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा धनुषा जिल्लाका प्रशासक तथा प्रहरी प्रमुखहरु पनि सहभागि रहेका थिए । कार्यक्रममा सहभागिहरुलाई मिथिलानीहरुले मिथिलाको परम्परा अनुसार गाली पनि गरेका थिए ।
विवहपञ्चमी महोत्सव अन्तर्गत भोली तर्थात बुधवार मटकोर तथा विहिवार विवाहउत्सव कार्गक्रम रहेको छ । नेपाल भारतको सम्वन्धलाई अझ बढी मजवुद वनाउनमा विवाहपञ्चमी महोत्सवले महत्वपूर्ण गोगदान पुर्याएको छ । यस महोत्सवमा खास गरेर नेपाल भारतको लाखौ व्यक्ति पनि सहभागि रहेका थिए ।