Thursday, December 4, 2014

सभासद साहको रिट निवेदन पुनरावेदनद्वारा खारेज, जिल्लाकै फैसला सदर

कैलास दास
जनकपुर, मंसिर १८ । जनकपुरको रामानन्द चौकमा भएको बम काण्डको आरोपमा थुनामा रहेका धनुषा निर्वाचन क्षेत्र नं. का निलंवित सभासद संजय कुमार साहको तर्फवाट पुनरावेदन अदालत जनकपुरमा गरिएको माग दावीलाई खारेज गरि धनुषा जिल्ला अदालतले गरेको फैसलालाई विहिवार पुनरवोदनले सदर गरेको छ ।

धनुषा जिल्ला अतालतले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै साधारण तारेखमा राखि मुद्दाको पूर्वपक्ष गर्नका लागि माग गर्दै सभासद साहले पुनरावेदन अदालत जनकपुरमा गत असर १७ गते मुद्दा दायर गरेका थिए । पुनरावेदन अदालत जनकपुरका ईजलास नं. १ मा भएको लामो वहस पछि अदालतका मुख्य न्यायाधिश पुरुषोत्तम भण्डारी र न्यायाधिश सत्यराज गुरुङ्गको संयुक्त ईजलासले सो फैसला गरेको पुनरावेदन अदालत जनकपुरका शाखा अधिकृत टिकासिंह खत्रीले जानकारी गराएका छन् ।
पुनरावेदनको फैसलापछि अब साहलाई थुनामा नै राखेर प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । यसै गरि साहकै तर्फवाट जनकपुर १३ निवासी रामअशिष दासले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन पनि पुनरावेदन अदालतको विहिवारकै फैसलाबाट खारेज भएको छ ।
जनकपुरको रामानन्द चौकमा २०६९ वैशाख १८ गते भएको वम काण्डका प्रमुख योजनाकार बनाएर सभासद साहको विरुद्धमा जनकपुरका व्यापारी जीवनाथ चौधरी सहितका व्यक्तिहरुको जाहेरी दिएपछि प्रहरीले सभासद साहलाई पक्राउँ गरि कर्तव्य ज्यान मुद्दा चलाएका थिए । रामानन्द चौकमा मिथिला राज्यको माग सहित गरिएको शान्तिपूर्ण धर्नामा गराईएको बम विष्फोटमा परि विमल शरण दास, प्रसिद्ध महिला कलाकार रञ्जु झा, समाजसेवी सुरेश उपाध्याय,  झगरु दास र दिपेन्द्र दासको ज्यान जाएको थियो । साथै बम विस्फोटमा परी ३२ जना व्यक्ति घाईते भएका थिए । प्रहरीले बम विस्फोटको आरोपमा तत्कालै रिपेन्द्र झा (छोटु) सुरेश कुमार कर्ण, जयप्रकाश चौधरी, मुकेश कर्णलाई पक्राउ गरी सार्वजनिक गरेका थिए । उनीहरुले मुकेश चौधरीको आदेशमा बम विस्फोटन गराएको पत्रकार सम्मेलनमा स्विकार गरेका थिए ।
पछिल्लो पटक सोही घटनाको प्रमुख आरोपी अर्जुन सिंह भनिने मुकेश चौधरीलाई पक्राउ गरेपछि उनकै बयानको आधारमा सभासद साहलाई पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएका थिए । प्रहरीले लामो अनुसन्धान पछि साहलाई पक्राउ गरेर सार्वजनिक गरेका थिए । साहलाई २०७१ बैशाख २० गते शनिवार पक्राउ गरेका थिए । पक्राउ गरे लगत्तै तत्कालिन प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गरेर साहलाई सार्वजनिक गरेका थिए । 
उता निलंवित सभासद साहले अव सर्वोच्चमा पुनः रिट दायर गर्ने उनका कानून व्यवसायी विकास घिमिरेले बताएका छन् । पुनरावेदनले निलम्बित सभासदको तर्फबाट १७ नं. बमोजिमको फैसला गर्ने क्रममा जिल्लाकै फैसलालाई सदर गरेपछि मूल मुद्दाको सुनुवाई जिल्ला अदालतमा अब हुने भएको छ । फौजदारी मुद्दामा अदालतमा ततल सुनवाई गर्ने प्रावधान भएकोले कर्तव्य ज्यान सम्बन्धित मुद्दाको सुनुवाई जिल्ला अदालतले अब गर्ने भएको छ ।     

No comments:

Post a Comment