Friday, December 5, 2014

सहमति नभए दुई तिहाई बहुमतले संविधान बनाईने ः डा. महत

कैलास
जनकपुर, मंसिर १९ । अर्थमन्त्री डा. रामशरण महतले संवैधानि राजनीकि संवाद तथा सहमति समितिका सभापतिले  संविधान निर्माणको सवालमा आएका सम्पूर्ण विचाहरुलाई संविधान सभामा प्रवेश गराउँने विश्वास व्यक्त गरेका छन् ।
अर्थमन्त्री डा. महतले जनकपुरधाममा नेपाली काँग्रेसका सभासद रामकृष्ण यादवको छोरीको विवाहमा सहभागि हुन आएको वेलामा पत्रकारहरुसंग कुरा गर्दै समितमा आएका विचाहरुलाई संविधान सभामा प्रवेश गराएर फूल हाउँसवाट निर्णय गराउनमा संवाद समितिका सभापति डा. बाबाुराम भट्टराईले दलहरुको माईडेड पछि सफल हुने विश्वास पनि व्यक्त गरे ।
उनले सके सहमति नभए दूई तिहाईको बहुमतबाट भए पनि माघ ८ गते नै संविधानको मस्यौदा जनता समक्ष आउने पनि दावी गरे । उनले सवै विषयमा सहमति गर्न पनि कठिन हुने भएका कारणले संविधान निर्माणका लागि दुईतिहाईबाट निर्णय लिनुको कुनै विकल्प नभएको पनि बताए ।
काँग्रसका नेता समेत रहेका अर्थमन्त्री डा. महतले नेपाली काँग्रेस तथा एमालेकोे राज्य पुर्नसंरचनाको  साँझा सहमतिसम्वन्धि अवधारणा पत्रमा मधेशवाट प्रतिनिधित्व गर्ने काँग्रेसका मधेशी सभासदहरुवाट आएको फरक विचारको विषयमा नेपाली काँग्रेस भित्र छलफहुन सक्ने भएपनि काँग्रेस आफ्नो मूल एजेण्डा भन्दा बाहिर नजाने पनि बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणको समयमा व्यक्त गरेको विचार व्यक्तिगत रहेको तर संविधान निर्माणको विषयमा नेपाली जनताले नै निर्णय लिने पनि अर्थमन्त्री डा महतले स्पष्ट पारे । उनले छिमेकी राष्टूका प्रधानमन्त्रीको हिसावले सुझाव स्वरुप आएको पनि बताए ।
जनकपुरको विकास प्रति राज्यले उपेक्षा गरेको विषयमा गरिएको एक जिज्ञासामा अर्थमन्त्री डा. महतले जनकपुरको विकासका लागि राज्यले कुनै विभेद नगरेको यस वर्ष आएको बजेटले नै स्पष्ट भएको दावी गरे । उनले जनकपुरको विकासका लागि सरकाले उल्लेख्य बजेट दिएको बताउदै देशका अन्य भागहरुको पनि विकास नभएको बताए ।
उनले सरकार परिवर्तको कुनै पनि सम्भावना नरहेको बताउदै संविधान सभाले संविभानको निर्माण गरेपछि मात्र सरकारको परिवर्तन हुने तर संविधान निर्माणको सवालमा सहमतिको लागि सरकारमा थप घट हुन सक्ने पनि स्पष्ट पारे ।
जनकपुरमा विगत केही महिना देखि रेल्वेको विस्तारका कारणले अवरुद्ध रहेको भन्सार नाकाको विषयमा गरिएको जिज्ञासामा अर्थमन्त्री डा. महतले नेपाल सरकारले नया भन्सार नाका खोल्नका लागि सहमति दिई सकेको भारतले भारत तर्फ नाका स्थापना गर्ने वित्तिक्कै भंसार शुचारु हुने पनि बताए ।
यसै गरि सभासद साहको छोरीको विवाहमा सहभागि हुनका लागि भौतिकपूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि पनि राजधानीबाट जनकपुरधाम आएका थिए । यसै गरि नेपाली काँग्रेसका नेत्री श्रीमति लिला कोईराला सहितका नेताहरु सहभागि भएका थिए ।

No comments:

Post a Comment