Tuesday, December 23, 2014

एघारौं अन्तराष्ट्रिय मैथिली सम्मेलन समृद्ध नेपालका लागि भाषा र संस्कृतिको विकास आवश्यक ः राष्ट्रपति डा.यादव


कैलास दास
जनकपुर, पुस ७ । राष्ट्रपति डा. रामवरण यादवले एघारौं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको सोमवार जनकपुरमा उद्घाटन गरेका छन् । दूई दिवसीय अन्तराष्ट्रिय मैथिली सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति डा. यादवले बहुभाषा, बहुधार्मिक तथा बहुसांस्कृति नै समृद्ध नेपाली संस्कृतिको परम्परा रहेको बताए ।

डा. यादवले सबै जात–जातिका भाषा, संस्कृति, भेषभूषा नै नेपाली राष्ट्रिय पहिचान रहेको बताउदै अनेकता बीच एकता नै हाम्रो परम्परा रहेको बताए । सबै भेषभुषा, संस्कसति, रहन सहन, खानपानको सम्मानले नै राष्ट्रिय एकतालाई बलियो बनाउने हुनाले नै नेपाल सरकारले मैथिली भाषाको विकासका लागि नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरेको बताए ।
मुलुकमा आएको परिवर्तन पछि बन्ने संविधानमा सवै भाषा, संस्कृति तथा भेषभुषाका नेपाली जनताले उचित सम्मान पाउने बताउदै संविधान निर्माणका लागि राजनीतिक दलहरुलाई सहमतिका लागि आफुले पहल गर्ने बताए । मैथिली भाषामाथि बढ्दो सूचना प्रविधिले पार्ने प्रभावबाट जोगाउनका लागि यस भाषाको श्रव्यदृश्य समाग्री विकासमा पनि जोड दिनका लागि राष्ट्रपतिले मैथिलीका विद्वानहरुसंग आग्रह गरे ।
नेपाल–भारतका पाँच करोडभन्दा बढी व्यक्तिले बोलिने मैथिली भाषामा खतरामा  नभएको भन्दै डराउनु पर्ने अवस्था नरहेको बताउँदै राष्ट्रपति डा. यादवले आधुनिक प्रविधिसंग जोडनका लागि साहित्यकारसंग आग्रह गरे । सो कार्यक्रममा बोल्दे शिक्षा मन्त्री चित्रलेखा यादवले अन्तर्राष्ट्रिय सम्मेलनले भाषा, साहित्यको माध्यमद्वारा नेपाल भारत वीचको सम्वन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे .

कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले मैथिली भाषाको विकासमा विषेश योगदान दिए वापत प्राध्यापक सुनिल कुमार झा, संगीतकार गुरुदेव कामत, लोकचित्रकार कृष्ण कुमार कश्यपलाई मिथिलारत्न र नेपाली भाषामा योगदान दिए वापत चन्द्रशेखर उपाध्याय, भोजपुरी साहित्यका विद्वान उमाशंकर द्विवेदीलाई मिथिला श्रीबाट सम्मानित गरेका थिए । कार्यक्रममा डा. रमानन्द रमणद्वारा लिखित मैथिली कथा नेपाल, मैथिली कथा नेपाल, एघारौं मैथिली सम्मेलनको तिरहूत नामक स्मारिका, रामभरोष कापडि भ्रमरद्वारा लिखित अहाँ जे कहलहुँ र डा. वैजनाथ चौधरी बैजुद्वारा लिखित दिल्ली सँ जनकपुर नामक कृतिको राष्ट्रपतिले विमोचन गरेका थिए ।
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजक समितिका संयोजक प्राज्ञ रामभरोस कापर भ्रमरको अध्यक्षतामा भएको सो कायषर््क्रममा सम्मेलनका महासचिव डा. वैजनाथ चौधरी वैजु, डा. पशुपथि नाथ झाले पनि बोलेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार समहित्यकार श्यामसुन्दर शशिले गरेका थिए । दुई दिनसम्म चल्ने सो अन्तराष्ट्रिय सम्मेलनमा नेपाल भारतका गरि करिव दुई सय विद्वान, विदुषिहरु सहभागि रहेका छन् । कार्यक्रममा राष्ट्रपति डा. यादव तथा शिक्षामन्त्री चित्रलेखा यादवलाई सम्मान गरिएको थियो ।

No comments:

Post a Comment