Monday, August 19, 2019

अशोक धन्कार (हलखोर) सहित चारजना पूर्ण छात्रवृतिमा भारत

जनकपुरधाम, २ भदौ । समाजवादी पार्टीका संसदीय दलका उपनेता रामअशिष यादवको पहलमा प्रदेश २ बाट अशोक धन्कार (हलखोर) सहित चार जना पूर्ण छात्रवृतिमा इन्जिनियरिङ्ग गर्न सोमवार भारत गएका छन् ।
इन्जिनिरिंग गर्न जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ बस्ने अशोक धन्कार (हलखोर), जनकपुरधाम उपमहानगरपालिका १९ जमुनिया बस्ने कमल यादव, महोत्तरीको मनराकट्टी बस्ने अभयमान सिंह, लक्ष्मीनियाँ गाउँपालिका ४ बस्ने अम्भु शर्मा रहेका छन् ।
उनीहरुलाई उपनेता यादवले एउटा डटपेट र फुलमाला लगाएर विदा गरेका छन् ।
उनीहरु भारतको पञ्जाबस्थित पंजाब युनिभरसिटीद्वारा मान्यता प्राप्त सेन्टसोल्जर ग्रुप अफ इन्ष्टिच्यूशन कलेजमा गएका हुन ।
चारवर्षसम्मको रहेको इन्जिनियरिङ्ग कोर्ष गर्नका लागि भारतीय रुपैया ५ लाख ७० हजार पर्नेछ । तर सो कलेजले खाना बाहेक सबै निःशुल्क गरिएको जनाइएको छ ।
ई.सं. २०१९ जनवरीमा कलेजका संस्थापक मनोहर अरोडा जनकपुरधाम आएको बेलामा उपनेता यादवले गरिब, दलित तथा पिछडिएको समुदायलाई पूर्ण छात्रवृतिमा इन्जिनियरिंगका लागि पहल गरेका थिए ।


जँब गर्ने इच्छा थियो मधेश आन्दोलनले नेता बनायो—राज्यमन्त्री कुशवाहा


जनकपुरधाम । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको बाल्यकालदेखि नै राम्रो शिक्षा हासिल गरेर राम्रो जँब गर्ने इच्छा थियो । सभा सम्मेलन तथा राजनीतिकर्मीबाट सधैं टाढा बस्ने राज्यमन्त्री कुशवाहा कहिल्यै पनि राजनीति गर्ने र सानै उमेरमा राज्यमन्त्रीसम्म बन्ने सोचेका थिएन । तर मधेश आन्दोलनले उहाँलाई नेता बनाइयो ।
बोर्डिङ्ग स्कूलमा पढ्ने उहाँको प्रबल इच्छा थियो । तर आर्थिक रुपमा सवल हुन नसक्दा समुदायिक विद्यालयमा नै पढ्य बाध्य भए । एसएलसीसम्म पढेर ओभरसियर बन्ने चाहना थियो, तर त्यो पनि पुरा हुन सकेन । आमा बुवाको चाहना थियो– कुनै टेक्निकल कोर्ष गरेर छोरा जाँब गरोस् । उहाँको इच्छा –प्रोफेसर बन्ने ।
अध्ययनकै क्रममा उनी एक पटक बिमार पडे । रोगले धेरै नै सतायो । डेढ वर्षसम्म भारत बिहारको सीतामढीमा उनी उपचारार्थ गराई रह्यो । उपचारपछि उनी घरफर्के । त्यतिबेला महोत्तरीको सदरमुकाम जलेश्वरदेखि उहाँको गाउँसम्म आन्दोलन चलिरहेको थियो । ‘स्वाभिमान, पहिचान र अधिकारका लागि यो युवाहरुको आन्दोलन हो ।’ मधेश मुक्तिको आन्दोलन भन्दै निक्कै चर्चा थियो । आन्दोलनमा पनि युवाहरुकै बढी जमात थिए ।
‘त्यो बेला साच्चिकै भन्ने हो भने त्यो आन्दोलनको नेतृत्व कुनै नेताले गरिरहेको थिएन । आफू पनि युवा नै भएकोले अचानक मेरो मनमा यसको नेतृत्व गरौ भन्ने जिज्ञासा जाग्यो’ उनी भन्छन– त्यतिखेर भर्खर २६ वर्षको मेरो उमेर होला ।
२०६३÷०६४ सालको कुरा हो । मधेशी जनता वर्षोदेखि शोषित पीडित र अधिकारबाट वन्चित रहँदै आएकोले आन्दोलन सफल गर्नुपर्छ सबैमा जोरजागर देखिन्थ्यो । आन्दोलन सफल पश्चात मात्र युवाहरु रोजगारी र सरकारको प्रत्येक निकायमा पहुँच बन्ने, मधेशी जनताको पहिचान स्थापित हुने सबैले भन्दै थिए । उनी पनि यस्ता कुराहरु सुनेर युवाहरुको आन्दोलनतर्फ आकर्षित हुँदै गए । हेर्दाहेर्दै आन्दोलनले उग्ररुप लियो । गाउँदेखि शहरसम्म  बन्द, हडताल, मशाला जुलुस लगायत हुन लाग्यो ।
केही नेताहरुले यो आन्दोलनको समीक्षा गर्न थाले । कसको नेतृत्वमा यति ठूलो आन्दोलन भई रहेको छ चर्चा हुन थाल्यो । आन्दोलन कुनै पार्टीको थिएन । त्यति बेला उपेन्द्र यादव नेतृत्वको ‘मधेशी जनअधिकार फोरम’ एउटा समितिको रुपमा मात्र रहेको थियो । मधेश आन्दोलनको शुरुवात उसैले गरेको थियो, जुन पछि थाहा भयो–कुशवाहा भन्छन् ।

यसै सन्दर्भलाई लिएर जलेश्वरमा नेताहरुको बैठक बस्यो । त्यसमा मलाई पनि बोलाइयो । नेताहरु भने, तिमी युवा हौ । तिमीमा जोसजाँगर छ । मधेशी जनताको मुक्ति का लागि मधेश आन्दोलन आवशयक छ भन्ने ‘मधेशी जनअधिकार फोरम’को बैनरमा आएर आन्दोलन गर । तत्काल म हिचकिचाए, पछि साथीहरुकै दवावमा मैले ‘ह’ भनिदिए ।
अध्यक्ष बन्ने कुरा आयो । साथीहरु मध्ये कसैले अध्यक्ष बन्न स्वीकार गरेन । अन्त्यमा साथीहरुले नै जबरजस्ती गाउँस्तरीय एउटा समिति बनाएर मलाई नै संयोजक बनाई दियो । मेरै नेतृत्वमा जलेश्वरदेखि हाम्रो गाउँसम्म अधिकारको आन्दोलन भयो । सबैले मलाई नेता जी नेता भन्न थाल्यो । स्थानीयहरुले मलाई नेता बनाई दियो । चाहेर पनि अलग हुन सकेन ।
२०६३÷०६४ को मधेश आन्दोलनको बारेमा शायद भन्नु पर्दैन । आन्दोलन लामो समयसम्म चल्यो । तराई मधेश लगायतको ठाउँमा १९ दिनसम्म बन्द हड्ताल भयोे । देश विदेशमा मधेश आन्दोलनको चर्चा भयो । पछि सरकार नतमस्तक भए र सम्झौता गर्न बाध्य भयो ।
२०६३ साल भाद्र १३ जनकपुरधामको राष्टू बैंकको सभाहलमा सम्झौताका लागि बैठक बस्यो । सरकारको तर्फबाट महन्थ ठाकुर लगायतका थिए र आन्दोलनकारीको तर्फबाट मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव सहितका नेताहरु ।  २२ बुन्दे सम्झौता पनि भयो । तर त्यसमा जुन प्रकारले मधेशको मुद्दा सम्बोधन हुनुपर्ने थियो, भएको देखिएन ।
यसै मुद्दालाई लिएर तत्कालिन फोरम दुई गुटमा विभाजित भयो । भाग्यनाथ गुप्ताको नेतृत्वमा जनआन्दोलन परिचालन समिति बनाइयो र आन्दालनलाई जारी राख्ने उद्घोष भयो । म पनि त्यही गुटमा साम्मेलन भए । भाग्यनाथ गुप्ताको नेतृत्वमा नै २२ बुँदे सम्झौताको समीक्षा काठमाडौं गर्ने उद्देश्यले बैठक बोलाइयो । त्यसमा मलाई पनि बोलाइयो । बैठकबाट आन्दोलन जारी राख्ने निर्णय भयो । जनतामा जुन प्रकारको उत्साह हुनुपर्ने थियो, त्यस्तो देखिएन ।
२०६४ मंसिर १३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी गठन भयो ।  यसमा विभिन्न पार्टी परित्याग गरी ठुल्ठूला नेताहरु पनि आए । मधेशी जनताको अधिकार सुनिश्चित गर्न मात्र मेरो लक्ष्य थियो । राजनीतिक ज्ञान त्यति थिएन । म पनि त्यसै पार्टी गए ।
०६४ सालमा संविधान सभा निर्वाचन हुने भयो । मलाई पनि प्रत्यक्षबाट टिकट दिने पार्टीभित्र चर्चा चल्यो । जिल्लाबाट टिकटका लागि मलाई सिफारिस पनि गरे  । गाउँहरुको दवावमा निर्वाचन लड्नका लागि म निक्कै उत्साहित थिए । तर यी सपना पुरा हुन सकेन । त्यति बेला केन्द्रिय सदस्यको रुपमा रामकुमार शर्मा थियो । केन्द्रिय नेताहरुले रामकुमार शर्मालाई टिकट दियो र मलाई सम्झाई बुझाई सहयोग गर्न भने । केन्द्रिय नेताहरुले प्रत्यक्ष निर्वाचनमा रामकुमार शर्मालाई सहयोग भन्यो र  समानुपातिकबाट तपाईलाई नै संविधान सभा सदस्य बनाउने प्रतिबद्धता समेत जनाए ।
मलाई प्रचार प्रसार समितिको संयोजक बनाइयो । गाउँमा मेरो पकड सबभन्दा राम्रो थियो । भारी मतले रामकुमार शर्मा ज्यू विजयी हुनुभयो । नेतादेखि गाउँलेहरुले पनि मलाई सम्मानित गर्यो । समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनाउने  निश्चित भएकोले स्वीकीय सचिवसम्म चयन भई सक्यो । सपथ लगायतका कार्यक्रमका लागि पोशाक पनि तयारी अवस्थामा थियो । तर अचानक करीब १२ बजे रातिमा फोन आयो । तपाईलाई समानुपातिकमा भएन  । म स्तब्ध भए । साथीहरु पनि निक्कै रिसाए ।
फेरी पार्टीका संयोजक महन्थ ठाकुरले मलाई काठमाडौं बोलाइयो र भने, त्यसको चिन्ता तिमी नलेऔं । तिमीलाई राज्यस्तरको सुविधा दिन्छौ. । मैले अस्वीकार गर्दै भने, म सुविधाको लागि राजनीतिमा आएको होइन । मधेशी जनताको अधिकार सुनिश्चित गर्नका लागि आएका होउ भनेर जनकपुर फर्के ।
दुःख त लागेकै थियो । तर हार मानेन । मधेश मुद्दा मलाई निक्कै सताई रहेको थियो । पार्टीलाई अझै बलियो बनाउन मैले सक्रियता देखाई नै रह्यो । केही दिनमा पार्टीका संयोजक महन्थ ठाकुर र महेन्द्र रायबीच मतभिन्नता हुन थाल्यो, त्यो पनि विधानलाई लिए ।
महन्थ ठाकुर नेतृत्वको पार्टी पनि फुट्यो । महे्रन्द्र राय यादवले तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल गठन गर्यो । म पनि त्यसै पार्टी गए । मलाई केन्द्रिय सदस्य बनाई दियो ।
२०७० सालमा निर्वाचन भयो । ती पार्टीबाट मलाई टिकट दियो । किसान छाप मेरो चुनाव चिन्ह थियो । थोरै मतले म पराजित भए । निर्वाचत पश्चात् मलाई ती पार्टीका केन्द्रिय सहमहामन्त्री पनि बनाइयो ।
२०७४ साल बैशाख ७ गते ६ वटा पार्टी मिलेर राष्टिूय जनता पार्टी नेपाल (राजपा) गठन भयो । केही दिनमा स्थानीय तहको निर्वाचन भयो । राजपाबाट मनरा सिसवामा राजपाकै मेयर र उपमेयर विजयी भए । यो निर्वाचनमा मैले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
०७४ साल मंसिर २१ गते प्रदेश सभा सदस्यको निर्वाचन हुने भयो । राजपा र तत्कालिन संघीय समाजवादी फोरम मिलेर लड्ने सहमति भयो । मेरो क्षेत्र फोरममा पर्यो । म निक्कै चिन्तित भए । राजपाले मेरो लागि खासै सक्रियता र भूमिका निर्वाह गरेन । निर्वाचनमा सहयोग गरेका साथीहरुले ममाथि नै रिसाए । क्षेत्र मेरो, पकड मेरो तर निर्वाचन लड्न नपाउने मेरो लागि दुःखद क्षण थियो । साथीहरुको दवावमा म रिसाएर राजपा पार्टी नै परित्याग गरिदिए ।
पार्टी परित्याग पछि फोरमबाट मलाई ‘अफर’ आयो । मैले पनि सहज रुपमा स्वीकार गरेर । संघीय समाजवादी फोरमले मलाई ती क्षेत्रबाट लड्न टिकट पनि दियो । फोरम र राजपाबाट बागी उम्मेदवार पनि भयो । तर भारी मतले म नै विजयी भए ।
राजनीतिक परिपक्कता र जनताको पकडको मूल्यांकन पार्टीले गरे र राज्यमन्त्रीसम्म  मनाई दिए ।
महोत्तरीको मनरासिशवा ६ बस्ने रामदिनेश महतोको छोरा सरोज सिंह कुशवाहा हुन ।  जनता माध्यमिक विद्यालय बगडामा एसएलसी उत्तीर्ण गरेर पछि साइन्स लिएर ग्रेजुएट पनि गरे उनी। तीन दाजुभाई मध्ये सबभन्दा कान्छो हुन सरोज ।  बुवा रामदिनेश महतो शिक्षक पेशा हुनुहुन्छ भन्ने दुई ठूलादाई चिकित्सक पेशामा हुनुहुन्छ ।
आदर्श व्यक्तिको रुपमा सरोज सिंह कुशवाहा आफ्ना बाजे (बाबा) रामअशिष महतोलाई मान्दै छन भन्ने राजनीतिकमा मन परेका व्यक्ति
भारतका क्रान्तिकारी नेता सुभाषचन्द्र बोस र अहिंसावादी नेता महात्मा गाँधीलाई ठान्दैछन ।
धोतीकुर्ता उहाँको पहिरन रहेको छ भने  झुठ, असत्य र बढी बोल्ने व्यक्ति मन नपर्ने भन्छन् –कुशवाहा ।
उहाँसँग गरेको कुराकानीको आधारमा

Saturday, August 17, 2019

आशाको आश भएन पुरा


जनकपरधाम । सिरहाकी धनगढीमाई नगरपालिका १० बस्ने आशा पालले अधिकार सुनिश्चित गर्न र न्याय पाउने उद्देश्यले राजनीतिमा गइन । तर झण्डै पीडा बोकेर फर्केकी छिन ।
पाल मधेशी जनताको अधिकार सुनिश्चित पार्न र उहाँप्रति भएको अन्ययको लागि तत्कालिन माओवादी, सघीय सदभावना पार्टी र सिके राउत नेतृत्वको स्वतन्त्र गठबन्धनमा नै सक्रिय भएर कार्य गरेपनि सबैबाट निराशा नै पाइन ।
आर्थिक रुपमा निक्कै कमजोर भएको कारणले उनी एसएलसीसम्म पनि पढ्न भएको छैन ।  २०५५ साल बैशाख २४ गते करीब १९ वर्षको उमेर उहाँका आमाबुवाले रामचन्द्र पालसँग विहे गरिदिए । विहे गरेर सुखी जीवन विताई रहेका थिए आशा र रामचन्द्र पाल । तर विहे भएको चार वर्ष नवित्दै समस्याको बोझ उहाँमाथि पर्न गयो । 
श्रीमान रामचन्द्र पाल सिरहाकै गौरीपुर विष्णुपुर स्थित एउटा विद्यालयमा शिक्षकको रुपमा कार्यरत थिए । त्यतिबेला माओवादी र प्रहरीबीच निक्कै द्वन्द रहेको थियो । प्रहरीले आशाका श्रीमान रामचन्द्र पाललाई सुराकीको आरोपमा २०५९ साल मंसिर ११ गते पक्राउ गरे । त्यतिबेला आशाको ६ महिनाको एउटा छोरी पनि थिए ।
आर्थिक रुपमा कमजोर पहिलादेखि नै थिए । त्यसपछि माओवादीको सुराकीको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गर्दा आशा अझै कमजोर भइन । २७ महिनासम्म श्रीमानलाई छोडेन । मधेशी जनताप्रति राज्यको ज्यादतिदेखेर आशा माओवादी पार्टीमा लागिन । तर माओवादीले आशाको आशा मार्यो ।
माओवादीबीच नै दुई गुट हुँदा २०६६ साल माघ २९ गते धनगढीको जिरोमाइल स्थित ३ कट्टा जग्गा माओवादीले कब्जा गरे । त्यति मात्र होइन, आशापालको परिवारलाई गाउँ निकाला पनि गरिदिए । आशाले त्यति बेला नेपाली काँग्रेस, एमाले सहितका राजनीतिक दललाई गुहारे तर कसैले आशालाई भरोषा दिलाउन सकेन । आशाको भरोषा टुटदै गयो ।
आशाले बाध्य भएर तत्कालिन अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीको सदस्यता लिइन । सक्रिय भएर पार्टीको कार्य गरे । मधेश आन्दोलनमा आशाले निक्कै भूमिका निर्वाह गरिन । अशाले  निक्कै चर्चा पनि कमायो । तर पार्टीले आशालाई स्थान दिन सकेन ।
जातिय राजनीतिले निक्कै पीडा त्यो पार्टीमा देखेर आशाले त्यो पार्टी पनि परित्याग गरिन । आर्थिक रुपमा कमजोर, अल्पसंख्यक र पहुँच नहुँदा पीडा बाहेक आशालाई कसैले केही दिन सकेन । त्यतिबेला सिके राउतको पनि निक्कै चर्चा थियो ।
सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले मधेशी जनतालाई आजाद गराउने आशालाई आश जाग्यो । आशाले सिके राउतमा लागिन । कैयौं पटक उनी पक्राउ समेत परिन । प्रहरीले यातना पनि दिए । मधेशमा मात्र होइन, देशभरिमा सिके राउतको चर्चा थियो । मधेश आजाद गराउने उनमा क्षमता पनि आशाले देख्यो । तर त्यो पनि आशाको आश मेट्यो ।

Thursday, August 15, 2019

प्रदेशको नामाकरणमा तीनवाट नामबीच बखेडा

जनकपुरधाम, ३० साउन । प्रदेश नं. २ को राजधानी तथा नामाकरणको विवाद अहिलेसम्म टुगिएको छैन । प्रतिपक्षी दलका साँसदहरुले प्रदेशको राजधानी तथा नामाकरण गर्नका लागि पटकपटक  प्रदेश सभामा आवाज उठाउँदा पनि अहिले सो सम्बन्धमा टुंगो लागेको छैन । तर भदौ ५गते बस्ने प्रदेश सभाको बैठकमा यो प्रस्ताव आउन लागेको हो ।
प्रदेश नं. २ को राजधानी जनकपुरधामलाई नै बनाउने करीब करीब पक्का छ । तर प्रदेशको नामाकरणमा विवाद देखिएको छ । अस्थायी राजधानीलाई नै स्थायी राजधानी घोषणाका लागि तीनै दलका साँसदहरु सहमत छन् । भौतिक पूर्वाधार र अन्य मापदण्ड राजधानीका लागि पूरा भएकोले यसमा कुनै विवाद देखिएको छैन । जनकपुरधाम राजधानी घोषणा पश्चात् राजनीतिक तहमा कही कतै आन्दोलन हुन सक्छ । तर  राजधानी जनकपुरधाम नै घोषणा हुने निश्चित रहेको बुद्धिजिवीहरुको कथन हो ।
भदौ भित्र प्रदेशको राजधानी र नामाकरण घोषणा हुन लागेको छ । प्रदेशको नामाकरणका लागि तीनवटा नाम बाहिर आएको छ । सत्तापक्ष राजपा र समाजवादी पार्टीले मधेश आन्दोलनको उपब्ज संघीयता रहेकोले यस प्रदेशको नाम ‘मधेश प्रदेश’ रहने जिकिर गरेका छन् । तर नेकपा साँसदहरुले त्यसमा समहत छैन । उनीहरुले आठवटै जिल्लाको पहिचान झल्किने गरी प्रदेशको नामाकरण गर्नुपर्ने जिकिर गर्दैछन । नेकपाका साँसद रामचन्द्र मण्डलले ‘मिथिला(भोजपुरा’ नामाकरण गरेमा राम्रो हुने तर्क दिएका छन् । उनले यस सन्दर्भमा हाम्रो पार्टीबीच कुनै बहस भएको छैन, बैठक पनि बसेको छैन, यो मेरो व्यक्तिगत धरणा हो । पार्टीको बैठक पश्चात् अर्को नाउँ आउने सक्ने संकेत दिएका छन् । उनले नामाकरणका लागि पाँच सदस्यीय समिति पनि गठन भई सकेको छ । छिट्टै प्रदेशको नाम पनि बाहिर आउने बताएका छन् ।
साँसद मण्डलले भने, ‘मधेशीको पहिचान पनि मिटनु हुँदैन । मधेश एउटा पहिचान हो । तर आठवटा जिल्लामा सीमित पार्नु मधेशलाई संक्रीण पार्नुु जस्तै हुन्छ ।’ उनले नामाकरण झन्झटिलो भयो । प्रदेशको नामाकरणका लागि दुई तिहाईको बहुमत चाहिन्छ, जुन न त सत्तापक्ष कहाँ छन् र नत प्रतिपक्षी कहाँ छन् । सहमति अनुसार गर्नुपर्ने अवस्था रहेको छ ।’
त्यस्तै नेपाली काँग्रेसका साँसदीय दलका नेता रामसरोज यादवले जनकपुरधाम परापूर्वकालदेखि नै मिथिलाको राजधानी रहँदै आएकोले यस प्रदेशको नाम ‘मिथिला प्रदेश’ हुनुपर्ने जिकिर गरेका छन् । उनले मिथिला प्रदेश बाहेक कुनै पनि प्रदेश स्वीकार्य नहुने ठोकुवा पनि गरेका छन् ।
प्रदेश साँसद एवं राजपाका सचेत परमेश्वर साहले मधेश आन्दोलनको नाउँमा संघीयता स्थापित भएको छ । मधेश सरकार बनेको छ । मधेशी जनतालाई पहिचान भेटाएको छ । त्यसैले मधेशलाई संस्थागत गर्न एवं मधेशी जनतालाई अधिकारका लागि पनि मधेश प्रदेश हुनुपर्नेमा जिकिर गरेका छन् । उनले नामाकरणका लागि दुई तिहाईको आवश्यकता हुन्छ, जुन सत्तापक्ष र प्रतिपक्षीसँग छैन । दुई तिहाईका लागि कम्तिमा ७२ वटा साँसद चाहिन्छ ।
सत्तापक्षसँग ५५ वटा मात्र रहेको छ, १७ घटेको छ । यस्तो अवस्थामा नामाकरणमा केही समस्या आउन सक्छ, तर असम्भव नरहेको बताए ।

Tuesday, August 13, 2019

१३ औ सार्क गेम प्रतियोगिता जनकपुरधाममा

जनकपुरधाम, २८ साउन । यस वर्ष हुन लागेको १३ औं सार्क गेम प्रतियोगिता काठमाडौं लगायत जनकपुरधाममा पनि हुन लागेको छ । दिसम्वर (मंसिर) १ देखि ८ सम्म सो प्रतियोगिता हुनेछ । प्रतियोगितामा हुने २८ वटा गेम मध्ये एउटा गेम जनकपुरधाममा हुनेछ । काठमाडौं, पोखरा र जनकपुरधाममा सो गेम हुने जनाइएको छ ।
सार्क राष्टू अन्तर्गत ८ वटा देश रहेको छ । आठवटै देशका खेलाडीहरु काठमाडौं, पोखरा र जनकपुरधाममा आउने छ ।
राष्टिूय खेलकुद परिषदका सदस्य सचिव र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहबीच काठमाडौंमा भएको बैठकबाट एउटा गेम जनकपुरधाममा पनि हुने बताएका छन् । मेयर साहले भने, ‘जनकपुरधाममा सार्क स्तरीय गेमका लागि पहल गरेका थिए । तर २८ वटा गेम मध्ये कुस्ती प्रतियोगिता जनकपुरधाममै गर्ने सम्झौता भएको छ ।’
कुस्ती प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगला देश, भुटन लगायतका खेलाडीहरु भाग लिने मेयर साहले दैनिक जनकपुरलाई भनेका छन् । उनले चार दिवसीय कुस्ती प्रतियोगिता जनकपुरधामको तिरहुतिया गाछीमा हुने करीब पक्कापक्की भई सकेको बताएका छन् ।
सार्क स्तरीय यो प्रतियोगिता प्रदेश २ मै पहिलो रहेको छ । यस प्रतियोगितामा सबैको साथ र सहयोग रहने मेयर साहले विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘जनकपुरधामको पर्यटकीयस्तरबाट विकासमा यो प्रतियोगिताले अहमभूमिका निर्वाह गर्नेछ । प्रतियोगितालाई सफलमा जनकपुरधाम लगायत सबैले साथ दिनेछ ।’ उनले विकासको नाउँमा राजनीति होइन, सहयोगको चाहिन्छ । मलाई विश्वासछ, यस प्रतियोगिताको तयारीमा सबैले आ आफ्ना तर्फबाट सहयोग गर्नेछन् ।

Monday, August 12, 2019

हँसपुर नगरपालिकाको विवाद र विकास लिला


जनकपुरधाम, २७ साउन । धनुषामा १८ वटा ‘पालिका’ मध्ये सबभन्दा बढी चर्चा हंसपुर नगरपालिकाले कमाएको छ । २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचन पश्चात ‘नगरपालिका’वासी निक्कै हर्षित थिए । किन भने सो नगरपालिकामा मेयर पदमा राष्ट्रिय जनता पार्टीबाट रामज्ञान मण्डल र सोही पार्टीबाट उपमेयरमा रेणु कुमारी झा निर्वाचित भए । एउटै पार्टीको मेयर र उपमेयर पदमा निर्वाचित हुँदा विवाद रहित विकास हुने सपना जे देखेका थिए नगरपालिकावासीहरु ।

मधेश आन्दोलनको क्रममा देखाएका सपनाकै कारण हँसपुर नगरपालिकामा मेयर र उपमेयरमा राजपाबाट निर्वाचित भएको स्थानीयवासीहरुको कथन छ । राजपा लगायतका दलका नेता तथा कार्यकर्ताहरुले गरेको आन्दोलनको परिणाम आउँदा जति खुशी हुनुपर्ने थियो, विस्तारै त्यो खुशी सेलाउँदै गयो । शिक्षा, स्वास्थ्य,  कृषि र निर्माण लगायतको विकास सहज हुने देखेका सपना नगरपालिकावासीहरुको ६ महिना नवित्दै धरासायी हुन थाल्यो ।
मेयर रामज्ञान मण्डल मधेश आन्दोलन र वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउने गर्ने गरेको चर्चा थियो भने उपमेयर रेणु कुमारी झा मधेश आन्दोलनमा नेतृको रुपमा राम्रो नाम कमाएकी थिइन । यसो हेर्दा दुबैको पृष्टभूमी एकअर्कासँग मिल्दोजुल्दो रह्योे । तर दुबैले मेयर र उपमेयरको पद सम्हाल्दा विकास कम र विवादमा बढी उम्झियोे, जुन अहिलेपनि जारी नै छ ।
विवादको मुख्य जड
हँसपुर नगरपालिमामा ६ महिना नवित्दै मेयर र उपमेयर बीच नगरपालिकाको कार्यालयलाई लिएर विवाद शुरु भयो । स्थानीयहरुको अनुसार योभन्दा पहिला चढने गाडीलाई लिएर विवाद भएको थियो । तर दुबैलाई गाडी उपलब्ध हुँदा विवाद सम्य भयो । त्यसपछि मेयर —उपमेयरले एकअर्कासँग अनियमितता गर्ने गरेको आरोप बाहिर आयो । यो विवाद पनि निक्कै चर्चा कमायो । मेयर रामज्ञान मण्डलले विकास निर्माण रकम खाएर गर्ने गरेको आरोप रह्यो । यो आरोप पनि उपमेयर रेणु झाले नै बाहिर ल्याएको थियो । नगरपालिका भित्रमा निर्माण कार्यको अनुगमनको क्रममा उपमेयर रेणु झाले आफ्नो सफाई दिदैन भनिन, ‘आफूले अनुगमनको क्रममा बुझाएको फाइल अनुसार भुक्तानी भई रहेको छैन । यसमा मेयरले अनियमितता गर्ने गरेको संकेत दिइयो ।’
केही दिन हँसपुर नगरपालिका यस विषयलाई लिएर निक्कै चर्चामा रह्यो । विस्तारै विस्तारै दुबैले मिल्यो र कुरा शान्त भएर गयो । स्थानीयवासीहरुको अनुसार भागबण्डा लिनका लागि उपमेयरले यस्तो गरेको बाहिर पनि आयो । तर मेयर उपमेयरबीचको यस्ता मिलापत्र बढी दिनसम्म चल्न सकेन ।
नगरपालिकामा तालाबन्दीको कारण
 
हँसपुर नगरपालिकामा तालाबन्दी भएको छ । यो तालाबन्दी विकास निर्माण गर्नका लागि होइन, अनियमितता भएको ठहरका लागि होइन, विकास निर्माण किन भएन त्यसका लागि होइन, शिक्षा, स्वास्थ्य किन सुध्रिएन, बाढी पीडितले राहत किन पाएन त्यसका लागि होइन । यो विवाद कार्यालय सार्नका लागि भएको हो । अहिले हँसपुर नगरपालिकाको दुईवटा कार्यालय छ । एउटा कार्यालय बघचौडामा र अर्को कार्यालय हँसपुर चौकमा । तर दुबैबाट एउटा पनि कार्यालयमा स्थानीवासीहरुको कामकाज भई रहेको छैन । बघचौडामा शुभाम्भा देखि नै नगरपालिाकाको कार्यालय रह्यो । तर बढी विवाद, पूर्वाधार संरचनाको अभाव, पार्किङ्गको अभाव तथा नगरपाकिलाको मिटप्वाइन्टमा नरहेकोले कारणले अर्को कार्यालय हँसपुर चौकमा सञ्चालनमा ल्याएको बुझिन्छ । यता उपमेयर रेणु झाले यो मेयरको गलत मानसिकताको कारण यहाँबाट कार्यालय सार्न लागेकोले आरोप छ् ।
के भयो साउन ३ गते ?
असार मसान्तमा बजेट सकाउने सबैलाई चिन्ता हुन्छ । तर हँसपुर नगरपालिकाकी उपमेयर रेणु झालाई यसको परवाहै भएन । बघचौडामा पनि सधैं विवादमा रहिन र यहाँबाट सेवा केन्द्रको रुपमा हँसपुरमा सञ्चालन ल्याउन खोज्दा पनि ठूलो विवादमा फसिन । अहिले हँसपुर नगरपालिकाको बजेटको १० प्रतिशत कार्य पनि भएको छैन । भएको कार्यको भुक्तानीको रकममा तालाबन्दी लागेको छ ।
नगरपालिकाका कर्मचारीहरुले प्रहरी प्रशासनको सहयोगमा यहि साउन ३ गते आवश्यक कागजातहरु लिन बघचौडा गएको बेलामा उपमेयर रेणु झाको नेतृत्वमा ठूलो विवाद भएको चर्चा छ । उहाँकै उक्साहटको कारण त्यहाँ ट्याक्टरमा तोडफोड र प्रहरीबीच झड्प भएको स्थानीयहरुको कथन छ । त्यहाँका उपमेयर दवंगशैलीमा प्रस्तुत हुँदा यस्तो अवस्था सृजना भएको उनीहरुको दावी छ ।
कार्यालय कहाँ राख्दा उपर्युक्त होला त ?
 
हँसपुर नगरपालिकाको कार्यालयलाई लिएर उठेको विवाद एक्कदम्मै गम्भीर देखिन्छ । वडा नंं. २ र ४का वडा अध्यक्षले स्थापनाकालदेखि बघचौडामा रहेकोले कार्यालयलाई बघचौडामै हुनुपर्ने जिकिर गर्दैछन् । तर सातवटा वडा अध्यक्षहरु सबैदृष्टिले हँसपुर चौकमा हुनुपर्ने अडान राखेका छन् ।  उनीहरुले हँसपुरचौकमा कार्यालय राख्दा सबै वडावासीहरुका मिटप्वाइन्ट रहेको, विजुलीबत्तीको सुविधा भएको, बाटोघाटोका सुविधा भएको, प्रहरी प्रशासनको सुविधा भएको र कार्यालय भवन निर्माणका लागि जग्गा पनि बढी भएको ठहर छ । हँसपुरमा २२ कट्टा जग्गा नगरपालिकाको नाउँमा रहेकोले सबै किसिमले राम्रो हुने वडावासीहरुको तर्क मात्र होइन, प्रतिपक्षी दलहरुको चाहना पनि हो ।
दुबै कार्यालयमा फर्क देखियो ?
नगरपालिकाको कार्यालय राख्न सम्बन्धी धैरै कानूनी प्रक्रिया होला र छन् । तर यसो हेर्दा बघचौडाको अनुपातमा सबै दृष्टिले हँसपुरमा सो कार्यालय सञ्चालनमा आउँदा राम्रो हुने प्रतिपक्षी पार्टीहरुको तर्क छ । बघचौडावासीहरुको अनुसार पुरानो गाविसको नाउँमा यहाँ २ विघा जग्गा रहेको छ जसमा अहिले नगरपालिकाको कार्यालय सञ्चालन छन् । तर यसो हेर्दा गाउँको पुर्व र दक्षिणपट्टीमा छन् । जहाँ पूर्वमा एउटा नदी र पश्चिममा पोखरीका साथै मन्दिर र धर्माशाला छ । नगरपालिका सञ्चालनका लागि ठूलो जग्गा भएपनि अहिलेको अवस्थामा सँघुरो देखिन्छ । त्यहाँ पार्किङ्ग व्यवस्था छैन । बाटो जानेमा पनि अप्ठ्यारो देखिन्छ ।
के गर्ने ती जग्गामा त ?ः
बघचौडामा नगरपालिकाको कार्यालय सञ्चालनमा रहेको ती जग्गामा धर्मशाला, पोखरीलाई सौन्दर्यीकरण गरी पर्यटकीय दृष्टिले विकास गरेमा राम्रो हुने केही बुद्धिजीविहरुको तर्क रहेको छ । २ विघा जग्गालाई राम्रो व्यवस्थापन गरेमा त्यहाँ एउटा ऐतिहासिक र नमूना कार्य गर्न सकिने पनि बुद्धिजीविहरु बताउँछन् ।
अन्यपार्टीका मेयर पदका प्रत्याशीहरु भन्छन
नेपाली काँग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका प्रदीप यादव भन्छन्, नगरपालिकाको कार्यालय कुनै पनि हालतमा बघचौडामा उपर्युक्त छैन । त्यो एउटा सुघुरको घर जस्तो हो । मैले पनि मेयर पदमा उम्मेदवारी दिएका थिए, हारजित आफ्नो ठाउँमा हो, तर कार्यालय स्थापना गर्नुभन्दा अघि नै नेपाली काँग्रेसले त्यहाँ कार्यालय नराख्न भन्दै आएका थिए । अहिलेपनि कानूनी प्रक्रिया पुरा गरी हँसपुर चौकमा हुनुपर्ने जिकिर गरे ।  काँग्रेस पार्टीको हँसपुरचौकमा राख्न पूर्ण समर्थन रहेको उनले दावी पनि गरे ।
त्यस्तै तत्कालिन माओवादीबाट मेयर पदमा उम्मेदवारी दिएका सुशिल यादव र एमालेबाट उम्मेदवारी दिएका सुशिल साहले हँसपुर चौकमा नगरपालिकाको कार्यालय राख्न समर्थन रहेको बताएका छन् । उनले हँसपुरचौकमा नगरपालिकाको कार्यालय राख्नमा राजनीतिक दलको तर्फबाट कुनै समस्या नरहेको भन्दै यहाँबाट अन्यत्र गएमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । जनताबाट निर्वाचित मेयर र उपमेयरले जनताको भावना अुनसार कार्य नगरेमा राजिनामा दिए हुन्छ माँग पनि गरेका छन् ।
प्रक्रिया
हँसपुर चौकमा कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा राजनीतिक दलका प्रतिनिधिबाट बहुमतले पास गरेर नगरापालिकाको कार्यालय सञ्चालन  ल्याएको मेयर रामज्ञान मण्डलको भनाई छ । कानूनी प्रक्रिया पुरा गरेर नै यहाँ नगरपालिकाको कार्यालय सञ्चालनमा ल्याएको मेयरले दावी गरेका छन् ।


Wednesday, August 7, 2019

जनकपुरधाम मोवाइल एप र वेवसाइटमा

जनकपुरधाम, २१ साउन । जनकपुरधामलाई अझै पर्यटकीय दृष्टिले विकास गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले यूएनडिपीसँग पर्यटन सूचना केन्द्रको स्थापनाका लागि पहल गरेका थिए । उपमहानगरपालिकाको पहल पश्चात् दुबै पक्षबीच साउन २७ गते सम्झौता समेत भएको छ । नेपालमै पहिलो सूचना केन्द्र जनकपुरधाममा नै सञ्चालन हुन लागेको उपमहानगरपालिकाले दावी गरेका छन् ।
चितवनको सरौहमा यूएनडिपीका प्रतिनिधि मैजेन घाइजेडिन र उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा जनकपुरधामलाई पर्यटकीय दृष्टिले विकासका लागि यहाँका कला संस्कृति, मठ मन्दिर, भाषा तथा पहिचानलाई स्थापित गर्नुका साथै व्यवसायीलाई समेत उजागर तथा पर्यटकलाई तान्ने रहेको छ–उपमहानगरपालिकाका प्रोजेक्टर म्यानेजर दीपेश साहले जनाएका छन ।
पर्यटन सूचना केन्द्र अन्य ठाउँमा भएपनि जनकपुरधामका अलि फरक किसिमको रहेको उनले बताएका छन् । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामलाई पर्यटकीय किसिमले विकास गर्नका लागि सबभन्दा पहिला पर्यटकलाई तान्ने योजना बनाउनु पर्दछ । जबसम्म देश विदेशका हाम्रो जनकपुरधाममा पर्यटक आउँदैन तबसम्म पर्यटकीय दृष्टिले विकास सम्भवछैन । त्यसका लागि उपमहानगरपालिकाले विभिन्न किसिमको योजना बनाएको बताएका छन् ।
मेयर साहले भने, ‘जनकपुरधामलाई मोवाइल एप र वेवसाइटमा राख्ने पहिलो योजना हो । त्यसका लागि तिव्रत गतिमा कार्य भई रहेको छ ।’ मेयर साहले पर्यटक तान्नका लागि अनलाईन र अफलाईन योजना बनाएका छौं । अनलाइन भन्नाले मोवाइल एप, वेवसाइट निर्माण र वृत्तचित्रहरु रहेको छ । त्यस्तै अफलाइन भन्नाले पर्चा पम्पलेट मार्फत प्रचार प्रसार, हुडिङ्गबोर्ड, पर्यटकलाई गाइडको व्यवस्था आदि रहेको बताएका छन् ।
उनले यो कार्यालय जानकी मन्दिर वरिपरी वा राममन्दिर वरिपरि रहने बताएका छन् । जनकपुरधाममा आउने पर्यटकलाई जनकपुरधाममा रहेको धार्मिक, साँस्कृतिक ठाउँमा यहाँबाट परिचालित गाइडलाइनले घुमाउने व्यवस्था गर्ने बताएका छन् । त्यसका लागि  होटल व्यवसायी तथा व्यापारीहरुको संगठनसँग अन्तरक्रिया लगायतको कार्यक्रम गर्ने पनि बताएका छन् ।