Saturday, June 1, 2019

‘मिथिला कलामा सतत विकास लक्ष्य’


जनकपुरधाम, १७ जेठ । जनकपुरधाममा  मिथिला कलामा सतत विकास लक्ष्य एक समारोहबीच प्रदर्शन गरेको छ ।
आफन्त नेपालको आयोजना तथा युएनडिपीको सहयोगमा शुक्रवार भएको प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद तथा स्वच्छता अभियानी रामअशिष यादवले नेपालीमा दिगो विकासको लक्ष्यलाई मिथिला आर्टमा प्रदर्शन गर्नु निक्कै प्रशंसनीय कुरा रहेको बताएका छन् ।
साँसद यादवले भने, ‘मिथिला कलालाई लक्ष्यका साथ प्रर्दशन गर्नु हाम्रो साँस्कृति र जनचेतना फैलाउनु जस्तो हो । यसलाई प्रत्येक पालिकाहरुमा कार्यक्रममार्फत प्रदर्शन गर्नुपर्दछ । यो एउटा काला मात्र होइन, नागरिकलाई सचेत गराउने माध्यम पनि हो ।’ युएनडिपीका प्रतिनिधि अर्जनु कुशवाहाको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटन गर्दै साँसद यादवले मिथिला आर्टलाई एउटा लक्ष्यसँग जोडनु नेपालका लागि मात्र होइन, विश्वका लागि पहिचानको कुरा हो ।

दिगो विकासका लागि गरीबी अन्त, भोकमरीको अन्त, स्वास्थ्य तथा समृद्ध जीवन, गुणस्तरीय शिक्षा, दिगो उर्जा व्यवस्थापन, सम्मान जनक काम र आर्थिकवृद्धि, औद्योगिकरण नविकरण र पूर्वाधार, असमानता कम गर्र्ने, दिगो सहर र वस्तीहरु, दिगो उत्पादन र उपयोग, जलवायु परिवर्तन, सामुदायिक स्रोतको संरक्षण, भू प्रकृतिको दिगो व्यवस्थापन, शान्ति, न्याय र सवल संस्थाहरु, स्रोत साधनहरुको सवलिकरण र साँझेदारीलाई मिथिला आर्ट मार्फत दर्शाएका थिए ।
प्रदर्शनी कार्यक्रममा राजनीति तथा आर्थ विज्ञ भोगेन्द्र झा व्यथित, सुनिल मल्लिक, आफन्त नेपालका संयोजक जयप्रकाश मण्डल सहितका व्यक्तिहरुले विचार राखेका थिए ।
त्यस्तै मिथिला चित्र कोर्ने निर्माला झा,  विनिता झार अंजिना यादवले मिथिला चित्रमा कोरेको बारेमा विस्तृत रुपमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन विष्णु यादवले गरेका थिए ।

No comments:

Post a Comment