Wednesday, June 19, 2019

‘पुरै बजेट नै गोलमाल’


जनकपुरधाम, ४ असार । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि बुधवार प्रदेश सभामा छलफल भएको छ । छलफलकै क्रममा नेपाली काँग्रेसका साँसद मञ्जु यादवले प्रदेश सरकारले ल्याएको बजेट पुरै गोलमाल रहेको आरोप लगाएकी छन् ।
उनले भनिन, ‘प्रस्तुत बजेट मन्त्रीले आफ्नो क्षेत्र कब्जा गर्ने र कार्यकर्ता पाल्ने देखियो । यो बजेटले समाजवादको विकास होइन, वितरणमुखी बजेट हो ।’ यस प्रदेशको विकास सम्भव छैन, जहाँको लागि बजेट चाहियो त्यसको चर्चा पनि गरेको छैन, तर जहाँ अनियमितता, भ्रष्टाचारको विशेष सम्भावना छ, त्यसमा बजेट छु्ट्याइएको उनले दोहोर्याएकी छन् ।
साँसद यादवले महिलाको अधिकार ३३ प्रतिशत रहेको भन्ने तर बजेट विनियोजन गर्दा महिलामैत्री बजेट नबनाउने दुःखद कुरा रहेको बताएइन । प्रदेश सरकारले छुट्याइएको संसदीय विकास कोषमाथि प्रहार गर्दै भनिन, ‘प्रत्यक्षबाट निर्वाचन जितेका साँसदलाई ३ करोड र समानुपातिक साँसदलाई १ करोड छ्ट्याउन विभेद हो, कम्तिमा ६० र ४० को भागबण्डा गर्नुपर्छ ।’
त्यस्तै अर्का साँसद सुन्दर बहादुर विश्वकर्माले गतवर्षको शीर्षकमा दिएको बजेट पनि यसवर्ष कटौती गरेको देखिएको बताएका छन् । उनले भने, ‘गत वर्षको शीर्षकलाई कम्तिमा निरन्तरता दिनुपर्ने थियो, त्यसो देखिएको छैन । यसले के बुझिन्छ भने यो बजेट वितरणम्ुखी बजेट मात्र हो ।’ उनले प्रदेश सरकारले यस प्रदेशमा दलित, जनजाति, मुस्लिम मिलाएर ३० प्रतिशट बढी रहेको भन्दै आएको छ । तर उनीहरुबीच भई रहेको छुवाछुत लगायतको समस्या समाधानका लागि कुनै बजेट नदेखिनु दुःखद कुरा रहेको बताएका छन् ।
प्रदेश सरकारले दिएको ‘आपकी सरकार, आपके द्वार’ नारालाई कम्तिमा मैथिली र भोजपुरीमा दिनुपर्ने आवश्यक रहेको उनले कोट्याए ।
साँसद मनिष उप्रेतीले प्रदेश सरकारले ल्याएको बजेटमा कृषिलाई आधुनिकीकरण गर्ने तर त्यसको लागि थोरै रकम छुट्याउने सम्भवै नरहेको दावी गरेका छन् । उनले यस बजेटले कृषिलाई छ्ुन पनि नसक्ने अवस्था रहेको छ ।  प्रदेशको विकासका लागि नीति मात्र होइन, नियति पनि शुद्ध हुनुपर्ने बताएका छन् ।
त्यस्तै नरेश प्रसाद यादवले बजेटमा छुट्याइएको अवण्डा रकम अनियमितिता र भ्रष्टाचारलाई बढावा दिने कार्य भएको आरोप लगाएका छन् । यो रकम भाई भरदार तथा कार्यकर्ता पाल्ने बाहेक नरहेको बताएका छन् । केन्द्र सरकारले प्रदेश सरकारलाई दुराभाव गरेको आरोप छ, तर प्रदेश सरकारले प्रदेशकै साँसदहरुप्रति दुराभाव गरिरहेको उनले औल्याएका छन् ।
त्यसैगरी शवचन्द्र चौधरीले जनकपुर अञ्चल अस्पताललाई प्रदेशकै नमूना अञ्चल अस्पताल बनाउने नीति तथा कार्यक्रममा घोषणा गरेका छन् । तर बजेट छुट्याउँदा २३ करोड रुपैया मात्र देखिएको हो । जबकि एउटा मेशिनको ४० करोड रुपैयासम्म पर्ने गरेको बताएका छन् ।  उनले प्रधानमन्त्रीको स्वच्छता अभियान अन्तरगत चुरे संरक्षण पनि रहेको छ । तर त्यसमा प्रदेश सरकारले पाँच करोड मात्र छ्ुट्याएका छन् । यसले चुरे संरक्षण कदिापि गर्न नसकिने दावी गरेको छ ।
त्यस्तै प्रदेश सरकारलाई बचाउ गर्दै साँसद रामअशिष यादवले संघीय सरकारले नै प्रदेश सरकार र स्थानीय सरकारसँग विभेद गरेको आरोप लगाएका छन् । उनले ७० प्रतिशत बजेट संघले राख्ने र ३० प्रतिशत बजेटमा १५ प्रतिशत प्रदेश र १५ प्रतिशत स्थानीयलाई दिनु संघीय सरकारले गैर जिम्मेवार देखाएको बताएका छन् ।
उनले प्रदेश सरकार र स्थानीय सरकारलाई समान्तर गर्न खोजेको छ । यो  दुरभाग्यको कुरा हो । प्रदेश र स्थानीय सरकारसँग द्वन्द सृजना गर्न खोजेको आरोप लगाएका छन् ।प्रदेश सभामा रिना यादव, सुरिता साह, उपेन्द्र महतो, सीता गुरुंग, विन्देश्वर प्रसाद यादव, परमेश्वर साहले प्रदेश सरकारले ल्याएको बजेटमाथि टिप्पणी गरेका छन् ।


No comments:

Post a Comment