जनकपुरधाम, १७ जेठ । जनकपुरधाम स्थित शुभतारा सेकेन्डूी बोर्डिङ्ग स्कूलमा शुक्रबार चुनावी अभ्यास गराईएको छ ।
प्रदेश नं. २ मा नीजि विद्यालयहरुमध्ये उत्कृष्ट मानिएको यस विद्यालयमा विद्यार्थीहरुलाई नेतृत्व तथा प्रतिनीधि प्रदान हेतु निर्वाचन गराईएको हो । निर्वाचनबाट विद्यालयमा अध्ययरनत छात्रछात्राहरुले आफैं मध्येबाट आ(आफ्ना प्रतिनीधि निर्वाचनको माध्यमले छनौट गर्न मतदान गरिएको जनाइएको छ । शुक्रबार विद्यालयका प्रबन्धक विनोद कुमार साहको अध्यक्षतामा दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो । झण्डै २ घण्टा चलेको मतदानबाट विद्यालयका विद्यार्थीहरुमध्ये कुल २ सय ७५ मत खसेको थियो । निर्वाचनको लागि विद्यालयका छात्रछात्राहरुको नेतृत्व प्रदान गर्न तथा प्रतिनीधिको लागि छात्रतर्फबाट १९ जना र छात्राबाट ८ जना उम्मेदवारी दिएका थिए । कक्षा ४,५,६,७,८ र ९ का छात्रछात्राहरुले मतदान गरेका थिए । जम्मा खसेको २ सय ७५ मतमध्ये उक्त कक्षाहरुबाट १ सय ७५ जना छात्र एवं १ सय जना छात्राले मतदान गरेका थिए । विद्यार्थीहरुबाटै निर्वाचन अधिकृत समेत छनौट गरिएको थियो भने विद्यार्थीहरुद्धारा नै निर्वाचनको सम्पूर्ण प्रक्रिया सञ्चालन गरिएको थियो । त्यस्तै विद्यार्थीहरुको यस निर्वाचनको लागि विद्यालयका माध्यमिक तहका सामाजिक विषयका शिक्षक सुरेश मुखियाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
यस निर्वाचनबाट विद्यार्थी वर्गमा नेतृत्व क्षमताको विकास,मताधिकारको प्रयोग र चुनावी प्रकृयाको बारेमा जानकारी र ज्ञान बढ्ने विश्वास लिइएको छ ।
No comments:
Post a Comment