Saturday, June 1, 2019

‘ग्राहक लक्ष्मी, बैंक मन्दिर र हामी पुजारी’

जनकपुरधाम, १७ जेठ । जनकपुरधाम स्थित नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक रुपेश कुमार श्रीवास्तवले यस बैंकका लागि ग्राहक लक्ष्मी, बैंक मन्दिर र हामी पुजारी रहेको बुझनुपर्ने बताएका छन् ।
अवकाश प्राप्त कर्मचारीहरुको शुक्रवार विदाई कार्यक्रममा प्रबन्धक श्रीवास्तले बैंकका लागि सेवाग्राहीहरु हामीहरुका लागि लक्ष्मी हो, हामी कर्मचारीहरु उसैको पैसाको ब्याजबाट तलव भत्ता खाई रहेकोले बैंकलाई मन्दिर र हामी कर्मचारीहरु पूजारी भएर सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
उनले आवकाश प्राप्त कर्मचारीहरुले गरेको कार्यबाट हामीहरु सिख्नुपर्नेछ । उनीहरुले दिंदै आएको सेवा निक्कै प्रशंसनीय र उल्लेखनीय रहेको भन्दै आवकाश प्राप्त पश्चात पनि सरसल्लाह दिने नै छ विश्वास व्यक्त गरेका छन् । उनले इमान्दारीको कदर जहिले पनि र जहाँ पनि हुन्छ । सबै नेपाल बैंक लि.लाई बुढो बैंकको रुपमा बुझ्दै आएको थियो । तर अहिले कम्प्यूटर प्राविधिक युगमा यो बैंक युवा अवस्थामा रहेको जिकिर गरेका छन् ।
प्रवन्धक श्रीवास्तवले यस आर्थिक वर्षको बैंकको मुनाफा २ अर्ब २५ करोड रहेको बताएका छन् । उनले अन्य बैंकको तुलनामा यसै बैंकमा खाता सञ्चालन र अरुलाई पनि खोलाउनमा सधैं सक्रिय भएर कार्य गर्नेछ विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै अवकाश प्राप्त कर्मचारी रघुनाथ अधिकारीले ग्राहकलाई सेवा दिनु हाम्रो दायित्व हो । किसिमको किसिमको ग्राहकहरु रहेछ, तर हामीहरुलाई सहन र धैर्यताका साथ कार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘ग्राहकरु जस्तो सुके रिसाएको अवस्थामा भएपनि नर्म र धैर्यता पूर्वक कार्य गर्नुपर्दछ ।’
्अवकाश प्राप्त कर्मचारी उप प्रबन्धक मनमोहन लाल कर्ण, नरशे लाल कर्ण, स(प्रबन्धक रामदयाल यादव, देवेन्द्र प्रसाद यादव, वरिष्ठ सहायक सत्यनारायण राय, दुखहरण साह, रघुनाथ अधिकारीलाई फुलमाला, दोसल्ला र कदरपत्रबाट बैंकका शाखा प्रबन्धक श्रीवास्तवले प्रदान गरी विदाई गरेको छन ।
त्यस्तै बैंकमा उपस्थित भएका सहायक प्रबन्धक निआशा साह र वरिष्ठ साहयक श्रकिान्त साहलाई स्वागत समेत गरेका छन् ।

No comments:

Post a Comment