Sunday, June 9, 2019

बलि सदा तीन वर्षदेखि दोहा अस्पतालमा


जनकपुरधाम,२४ जेठ । धनुषाको हंसपुर नगरपालिका वडा नं. ५ निकालका ३५ वर्षिय बलि सदा दोहा कतारको एउटा अस्पतालमा तीन वर्षदेखि भर्ना भएका छन् ।
करीब सात वर्ष अघि ऋण काढेर वैदेशिक रोजगारीमा गएका सदा ऋण सधाउन नसकी अस्पतालमा भर्ना छन् । तीन वर्षदेखि लगातार उपचार पश्चात् पनि स्वस्थ्य अवस्थामा सुधार छैन । उनी गाडी दुर्घटनमा परी अस्पताल पुगेका छन् ।
दोहा कतारको अहमद अस्पतालमा उनी भर्ना छन् । तीनवटा सन्तान मध्ये दुईवटा छोरा र एउटी छोरी छन् ।
निकालमा ऐलानी जग्गामा बस्दै आएका सादा परिवार आफ्नो सन्तानलाई उच्च शिक्षा तथा जग्गा किन्नका लागि उनी वैदेशिक रोजगारीमा गएका थिए । तर लिएको ऋण पनि सधाउन नसकी उनी अस्पताल भर्ना छन् । सादाका श्रीमती शोभा देवी तीनवर्षदेखि ज्यालादारी गरी आफ्नो सन्तानलाई पालनपोषण गरिरहेका छन् ।
एलानी जग्गामा बस्दै आएका सादा परिवारको आर्थिक अवस्था निक्कै दयनीय छ । दैनिक ज्यालादारी गरी जसोतसो आफ्नो सन्तानलाई पालनपोषण गरी राखेका छन् । तर अहिलेसम्म सादा नेपाल कसरी फर्किने पहल गरेको छैन ।
शोभा देवी भन्छिन ‘हामीलाई केही थाहा छैन, कसलाई भनेपछि श्रीमानलाई घर बोलाई दिन्छ । केहीले सामी परियोजनामा गएपछि श्रीमानलाई बोलाई दिन्छ भनेका छन् । सामी परियोजनामा आएका छौं ।’ शोभा देवीसँग कागजातहरुको बारेमा सोद्धा भनिन, ‘एउटा नागरिकताको फोटोकँपी मसँग छ, अरु कुनै कागजातहरु छैन । के के कागजहरु चाहिन्छ, त्यो पनि थाहा छैन ।’
यता सामी परियोजनाका रामकुमार कर्ण भन्छन, ‘वैदेशिक रोजागरीमा जाने अधिकांश व्यक्ति काम, कम्पनी र तलवमा ठगाउने गरेको छ । उनीहरुसँग कागजात हुँदैन, नातागोताकै विश्वासमा बिना कागजातहरु लिएर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।’
्कर्णले भने, ‘२०७४÷०७५ मा धनुषाबाट मात्र ३९ हजार ७ सय ७५ जना वैदेशिक रोजगारीमा गएको हामीसँग तथ्यांक छ । ती मध्ये १०१ एकजना महिलापनि छिन् । ’ उनले धनुषाबाट मात्र एक लाख ५५ हजारबढी युवाहरु वैदेशिक रोजगारीमा छन् । श्रम स्वीकृतिको कुरा गर्ने हो भने धनुषाबाट ४ लाख ५५ हजार वैदेशिक रोजगारीमा गएको छ । जबकि २०६८ को जनगणना अनुसार धनुषाको जनसंख्या नै ७ लाख ५० हजार जनसंख्या छन् ।

No comments:

Post a Comment