Thursday, May 10, 2018

ड्रोन क्यामराको निगरानीमा जनकपुरधाम


जनकपुरधाम, २६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द मोदीको बैशाख २८ गते हुने जनकपुर भ्रमणलाई ध्यानमा राखी डूोन क्यामराद्वारा जनकपुर नगरभित्र निगरानीमा राखिएको जनाइएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आठवटै जिल्लामा सुरक्षालाई चुस्तदुरुस्त बनाउनका लागि सुरक्षाकर्मीहरुले निर्णय गरेको छ । बुधवार आठवटै जिल्लाका सुरक्षाकर्मीहरुबीच बसेको बैठकबाट सो निर्णय गरिएको जनाइएको छ । बैठकमा आठवटै जिल्लासँग जोडिएको सीमा क्षेत्रमा चेकजाँच बढाइने, सादा पोशाकमा सुरक्षाकर्मीहरुलाई खटाइने तथा जनकपुर उपमहानगरपालिकालाई डूोन क्यामराको निगरानीमा राख्ने जस्ता छलफल भएको मन्त्री यादवले बताएका छन् ।
मन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर प्रदेश नं. २ को आठवटै जिल्लासँग जोडिएर रहेको सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको बताएका छन् ।
प्रदेश नं. २ को सप्तरीदेखि पर्सासम्म आठ जिल्लामा जोडिएर रहेको नेपाल(भारतको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाउनुको साथै कडाई गरिएको सम्बन्धित जिल्लाका सुरक्षाअधिकारीहरुले बताएका छन् । सीमा नाकाबाट आवतजावत गर्नेहरु प्रति विशेष रुपमा निगरानी राख्न थालिएको छ भने सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।
अतिवादी घुसपैठ हुन सक्ने र लुकीछिपी बस्न सक्ने स्थलको पहिचानगरी निगरानी बढाउन थालिएको सुरक्षाअधिकारीहरुले जनाइएको छ । सुरक्षा व्यवस्थित गर्न सीमावर्ती भारतको सुरक्षा अधिकारीसँग समेत समन्वय गरी अति सम्वदेनशील नाकामा सीसी क्यामरा समेत जडान गरिएको जनाइएको छ ।
त्यस्तै मन्त्री यादवले केही भारतीय सुरुक्षाकर्मीहरु पनि सादा पोशाकमा एसपी तथा डिएसपीको कमाण्डमा रहेको बताएका छन् । उनीहरुलाई विभिन्न ठाउँमा उनीहरुलाई परिचालन गरिएको जनाएका छन् ।
त्यस्तै दुई दिने भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सुरक्षाका लागि ८६ भारतीय कमाण्डो नेपाल आएका छन् ।
मंगलबार काठमाडौं, जनकपुर र मुस्ताङ पुगेका भारतीय कमाण्डोले मोदीको सुरक्षा गर्नेछन् । स्रोतका अनुसार मंगलबार बिहान ११ बजे भारतीय वायु सेनाको कार्गो विमानबाट मोदीले प्रयोग गर्ने २ ओटा बुलेटप्रुफ कार र बन्दोबस्तीका साथ ६१ जना कमाण्डो त्रिभुवन अन्तर्रा्ष्टिूय विमास्थल पुगेका थिए।
काठमाडौं आएका ६१ मध्ये १५ जना कमाण्डो बस्दोबस्तीका सामाग्रीसहित मुस्ताङ पुगेका छन्। दिउँसो ३ः१५ बजे बुद्ध एअरको विमानमार्फत् उनीहरु पोखरा गएर उनीहरू मुस्ताङ पुगेका हुन्। बाँकी ४६ जना कमाण्डो काठमाडौंमै छन्।
काठमाडौंमा रहेका कमाण्डोले मोदी बस्ने होटल हायत र कार्यक्रम स्थलको सुरक्षा अवलोकन गर्नेछन्। मोदी आएपछि सुरक्षा उनीहरू सुरक्षामा खटिनेछन्। मंगलबार नै भारतीय वायु सेनाको विमानबाट २५ जना कमाण्डो जनकपुर पुगेका छन्। नेपाल आएका भारतीय कमाण्डोले आवश्यक हातहतियार र बन्दोबस्तीको सामान उतैबाट ल्याएको स्रोतले बतायो। मोदी आउनु अगावै नेपाल आएका भारतीय कमाण्डोले नेपाली सेनासँग समन्वय गरी मोदीको सुरक्षा गर्ने छन्।
मोदी भ्रमणका क्रममा काठमाडौंमा मात्रै १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको तयारी छ। मोदी भम्रणको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्नेछ। मोदी सुरक्षाको पहिलो घेरामा भारतीय सुरक्षाकर्मी हुनेछन् भने दोस्रोमा नेपाली सेना रहनेछ। त्यस्तैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिूय अनुसन्धानको टोलीलाई परिचालन गर्ने सरकारले तयारी गरेको छ। मोदीको सुरक्षामा प्रहरी र नेपाली सेनाका तालिमप्राप्त कुकुरसमेत परिचालन पनि गरिनेछ ।
मोदी आफ्नै बुलेट कारमा सवार हुनेछन्। भारतीय कमाण्डोले मोदीको भ्रमणका प्रयोग गर्न रेन्जरोभर र बिएमडब्लु ‘बुलेटप्रुफ’ गाडी पनि ल्याइएसकेको छ। दुईवटा गाडीमध्ये एउटा जनकपुर पठाउने र एउटा काठमाडौंमै रहने स्रोतले जानकारी दियो। मोदी वैशाख २८ गते बिहान भारतीय वायु सेनाको हेलिकप्टरमा बिहारबाट जनकपुर आउनेछन्। त्यही दिन काठमाडौं आउने उनी अर्को बिहान मुस्ताङको मुक्तिनाथ जाने छन्।

No comments:

Post a Comment