Tuesday, May 8, 2018

नेपाल रेल्वे यसवर्ष गुड्ला अझै अन्योलमै


जनकपुरधाम, २५ बैशाख । जनकपुर(जयनगर रेल सेवा यसवर्ष सञ्चालनमा आउला अझै अन्योलमा परेको छ । नेपाल भारतको सहयोगमा प्रथम चरणमा जनकपुर(जयनगर रेल्वे सेवा सञ्चालनमा आउने भारतीय ठेकेदारहरुले दावी गरिरहेका छन । तर लिक (पट्टरी)को कार्यमा तिव्रता आएपनि यसवर्ष सञ्चालनमा आउने सम्भावना निक्कै कम देखिएको छ ।

भारतको आर्थिक सहयोगमा पहिल चरणमा जनकपुर(जयनगर ५९ किलोमिटरमा पट्टरी विछ्याउने कार्य तिव्रगतिमा भई रहेको छ । तर यस पट्टरीमा गुड्ने बोगी र रेल इन्जन कहाँबाट ल्याउने अन्योल नै छ । जयनगरदेखि जनकपुरसम्ममा ९५ प्रतिशत पुलपुलेसा तथा ७० प्रतिशत पट्टरी विछ्याउने कार्य सम्पन्न भई सकेको छ । तर नेपाल सरकारले यस पट्टरीमा गुड्ने बोगी र इन्जन खरीद गर्ने की दातृ राष्टूसँग सहयोग माग्ने विचाराधीनमा रहेका छन ।
‘रेल्वेको लागि पट्टरी विछ्याउनेसम्म भारत सरकारसँग सम्झौता भएको हो । सम्झौता अनुसार ई.सं. २०१८ को अक्टुम्बरसम्म कार्य सम्पन्न हुने करीब पक्कापक्की छ । तर त्यस पट्टरीमा गुड्ने बोगी र इन्जिनका लागि यातायात मन्त्रालय र विभागसँग छलफल भई रहेको छ’, जनकपुरका रेल्वे विभाग इन्चार्ज विनोद झोला भने । उनले भारत सरकारसँग बोगी र इन्जिन दिइने सम्झौता भएको छैन । विभाग र मन्त्रालयबीच सो कुराका लागि छलफल चलिरहेको बताएका छन् ।
यता नेपाली काँग्रेस धनुषाका नगरसभापति मनोज साहले सम्बन्धित निकायको दावी अनुसार यस विवाह पञ्चमी मेलामा जनकपुर जयनगर रेल्वे सेवा सञ्चालन कुनै पनि हालतमा नहुने दावी गरेका छन् । उनले नेपाल सरकार ठग्ने कार्य मात्र गरिरहेको आरोप लगाउँदै भारत सरकारले आफ्नो कार्य सम्पन्न गरेपनि रेल सञ्चालनमा नआउने ठोकुवा गरेका छन् ।
रेल सञ्चालनमा ल्याउन अब स्थानीय सरकार र प्रदेश सरकारको काँधमा छ । तर उनीहरु पनि अहिलेसम्म कुनै जिज्ञासा नराखेकोप्रति उनले दुःख व्यक्त गरेका छन् । निर्माण कार्य सक्न लागेपनि सरकारले बोगी र इन्जिन कहाँबाट ल्याउने अहिलेसम्म वेवस्था नै गरेको कुरा दोहोर्याएका छन् । यता नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग फोन मार्फत सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएको छैन ।

No comments:

Post a Comment