Friday, May 4, 2018

प्रम मोदी र ओलीले जनकपुरमा संयुक्त प्रेस कन्फ्रेन्स गर्ने


जनकपुरधाम, २१ बैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओली शर्माले संयुक्त रुपमा जनकपुरधाममा नै प्रेस कन्फ्रेन्स गर्ने जनाएको छ ।
‘भारतीय प्रम नरेन्द्र मोदी पटनाबाट सोझै जनकपुर आउने निश्चित छ ।  उनी जनकपुर विमानस्थलमा हेलिकप्टर अवतरण गर्ने र त्यहाँबाट सिधै जानकी मन्दिरमा पूजापाठ गर्नेछ’ आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले भने, ‘जानकी मन्दिरमा करीब ३० मिनट पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपालका प्रधानमन्त्री केपी ओली शर्मा र मोदी ज्यूले संयुक्त रुपमा प्रेस कन्फ्रेन्स सम्भावना रहेको हो ।’
प्रेस कन्फ्रेन्सको बढी सम्भावना जानकी मन्दिरमा नै रहेको जनाइएको छ । प्रेस कन्फ्रेन्स पश्चात् रंगभूमी मैदानमा नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछ । त्यहाँ भारतीय प्रम मोदीले एक घण्टासम्म विताउने स्रोतले जनाइएको छ ।
मन्त्री यादवले प्रेस कन्फ्रेन्सको उद्देश्यको बारेमा बताएका छन् । उनले भने, ‘भारतीय प्रम मोदी ज्यू ननिहाल आइ रहेका छन् । उहाँको स्वागत यादगार बनाउनका लागि सबैमा हाम्रो आग्रह छ ।’


No comments:

Post a Comment