Saturday, May 5, 2018

भारतीय प्रम मोदी जनकपुरधाममा कहा“ अवतरण गर्ने अन्योलमा


जनकपुरधाम, २२ बैशाख । भारतीय प्रधानमन्त्री जनकपुरधाम भ्रमणको क्रममा जनकपुरधाममा कहाँ अवतरण गर्ने अहिले पनि अन्योलमा नै रहेको छ । पटनबाट उनी सोझै जनकपुरधाममा आउने निश्चित भएपछि पहिला रंगभूमी मैदानमा अवतरण गर्ने कुरा अगाडि आएको थियो । तर त्यसपछि रंगभूमी मैदानमा उहाँको हलिकप्टर अवतरण गर्ने हल्ला फैलिएको थियो । तर अब त्यहाँ पनि उहाँको हेलिकप्टर अवतरण नगर्ने स्रोतले जनाइएको छ ।
स्रोतका अनुसार रंगभूमी मैदानबाट जानकी मन्दिरको दूरी बढी रहेकोले सुरक्षा लगायतको व्यवस्थापन र स्वागतमा बढी मान्छेहरुलाई उतार्नु परेकोले त्यहाँपनि अनुकूल नरहेको बताएका छन् । रंगभूमी मैदानबाट, जनकपुर विमान स्थलमा प्रम मोदीको हेलिकप्टर अवतरण गर्ने किसिमले सडक निर्माणमा समेत तिव्रता दिएको छ ।
जनकपुरधाममा राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय युवा क्लव, संसदीय दलका नेताहरुसँग शनिवार आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेको छलफलमा सो कुरा बताएका हुन । उनले प्रम मोदी ज्यू आउनुभन्दा एकदिन अघिसम्म तालिकामा हेरफेर हुन सक्ने सम्भावना छ । सोही अनुसार अब प्रम मोदी ज्यूको हेलिकप्टर जनकपुर चुरोट कारखानाको फिल्डमा पनि अवतरण गर्ने सम्भावना बढेको बताएका छन् ।
मन्त्री यादवले छलफल कार्यक्रममा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्नमा सबैको सहयोग अपरिहार्य रहेकोले भव्य र सभ्य किसिमले तयारीमा जुट्नका लागि आग्रह गरेका छन् । त्यसको लागि समिति, उपसमिति बनाएर भएपनि मोदी ज्यूको स्वागतलाई यादगार बनाउन सबैको दायित्व पनि रहेको बताएका छन् ।


No comments:

Post a Comment