Saturday, May 5, 2018

अबैध रुपमा राति १२ बजे बोर्डर पार गर्दै ४१ बढी गाई पक्राउ


जनकपुरधाम, २२ बैशाख । धनुषाबाट अबैध रुपमा रातिमा १२ बोर्डर पार गर्दा ५० गार्ईलाई धनुषामै पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नंं.९ इटहर्वा खरिहानी बोर्डरमा शुक्रवार राति तीन सयबढी गाय अबैध रुपमा बोर्डर पार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
विदेह नगरपालिकाका मेयर बेचन दास सोही नगरपालिका उपमेयर, वडा सदस्यहरुको टोलीले इटहर्वाबाट राति १२ः ३० बजेमा बोर्डर पारि गरिहरेको अवस्थामा सुराकीको आधारमा पक्राउ गरि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । ‘केही दिनदेखि प्रत्येक शुक्रवारको रातिमा पहाडबाट गायहरु ल्याएर बोर्डर पारगरिरहेको खबर आएको थियो’ मेयर दासले दैनिक जनकपुर भने, ‘आफ्नो नेतृत्वमा एउटा टोली गठन गरी सबैला नगरपालिकाको खरिहानीबाट रातिमा नै पछाडि गर्दै आएको थियो । बोर्डर पार गर्न लाग्दा गाय तस्करलाई समात्न खोज्दा उनी भाग्नमा सफल भएको हो ।’
मेयर दासले तस्करको पुरा नाम खुल्न नआएपनि सबैलाको खरिहानी बस्ने हरुनिया नदाफ रहेको बुझिएको बताएका छन् । उनले टोलीमा व्यक्ति कम भएकोले आफू ४१ वटा गाय मात्र पक्राउ गर्न सकेको बताएका छन् ।
मेयर दासले सो गाय समातेपछि इलाका प्रहरी कार्यालय इटहर्वालाई खबरेपनि करीब एक घण्टा ढिलो आएको थियो । प्रहरीलाई ढिलोभएपछि आफूले प्रहरी निरीक्षकलाई फोन गरेपछि प्रहरी आएको आरोप लगाएका छन् । उनले भने,‘पक्राउ परेको गायलाई भन्सार कार्यालय, जनकपुरमा बुझाइएको छ । जनकपुर भन्सार कार्यालय प्रमुख हेमचन्द्र शर्मालाई सो गाय बुझाइएको बताएका छन् ।

No comments:

Post a Comment