Thursday, September 25, 2014

तीन जना महिलाको मृत्य

कैलास दास
जनकपुर । असोज ९ । धनुषाको झोझी कटैयामा चट्याङ्ग लागेर तीन महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिल्लाको प्रको महुवा वडा नं. ९ बस्ने वर्ष ५० की पार्वती देवी वर्ष ३० की अनिता देवी पण्डित र वर्ष २८ की रिता देवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाको झोझी कटैया ७ स्थित खेतमा घाँस काटन गएको बेलामा एक्कासी दिउँसो २ बजे पानी परेपछि नजिकैको रुखमा ओत लागेको बेलामा रुख माथि नै चट्याङ्ग परेपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकसंगै रहेका सोही गाउँका वर्ष ४२ की जलसिया देवी विन गम्भीर रुपमा घाईते भएको र उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार भै रहेको प्रहरी उपरीक्षक गणेश ब. थापाले बताएका छन् । घाईतेको अवस्था चिन्ताजनक रहेको छ ।
खास गरेर वर्षाको समयमा रुख मुनी तथा पोल मुनी लुक्न नहुने प्राविधिकले बताए पनि अज्ञानताका कारणले प्रायः रुख मुनि ओत लाग्ने परम्परा रहेको छ । प्रायः चट्याङ्ग रुख माथि विजुलीको पोल, डिस एन्टेना भएको ठाउँमा खस्ने गरेको भु(गर्भ विदहरुले बताउदै आएका छन् । चट्याङ्गबाट मात्र तराई मधेश सहित देशभरि दजनौंकौ संख्यामा नेपालीहरुको ज्यान जाने गरेका छन् ।
चट्याङ्गबाट जोगिने उपाय बारेमा ग्रामीण क्षेत्रमा जनचेतना फैलाउन जरुरी रहेको छ । वर्षाको सुरुवातको समयमा चट्याङ्ग पर्ने खतरा बढी भएकाले सकभर घरमा लुक्ने गर्नुपर्ने सुझाव पनि विज्ञहरुले दिने गरेका छन् ।

No comments:

Post a Comment