Thursday, September 25, 2014

मोर्चा र संवैधानि समिति बीच ५ बुदामा सहमति

कैलास दास

जनकपुर, असोज ९ । संविधानसभामा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गत संवैधानिक वार्ता उपसमिति र तराईमा भुमिगत रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा बीच विहिवार जनकपुरमा भएको वार्तामा ५ बुदामा सहमति भएको छ । राष्ट्रिय एकता, स्वतन्त्रता, अखण्ता तथा सार्वभौम सत्ताप्रति मोर्चा प्रतिबद्ध रही शान्तिपूर्ण राजनीतिक गतिविधि गर्ने, मधेशमा भएको शसस्त्र द्वन्दका बारेमा संविधान सभामा छलफल गर्ने विषयमा समितिले अग्रसरता देखाउने, सात दिन भित्रमा मोर्चाले हातहतियार तथा पक्राउ परेका कार्यकर्ता तथा मुद्दाका बारेमा संवैधानिक समितिमा लिष्ट वुझाउने विषयमा सहमति भएको छ ।
मोर्चाको वार्ता टोलीको सुरक्षाको प्रतयाभूति गराउने तर्फ संवैधानिक वार्ता उपसमितिले पहल गर्ने, बन्दीको मुद्दा खारेज गर्नका लागि वार्ता उपसमितिले लवी गर्ने सहमति भएको संवैधानिक तथा वार्ता उपसमितिका संयोजक आनन्द प्रसाद ढुङ्गानाले बताए । मोर्चाका तर्फबाट मोर्चाका अध्यक्ष एवं वार्ता टोलीका संयोजक मनोज मुक्ति (मनोज झा) तथा संवैधानिक संवाद तथा वार्ताटोलीका तर्फबाट संयोजक आनन्द ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
वार्तामा मोर्चाका तर्फबाट भाष्कर मुक्ति (दिपक सिंह), जय मुक्ति भनिने बुलन यादव सहभागि रहेका थिए । संवैधानिक उपसमितिका तर्फबाट संयोजक ढुङ्गानाका अतिरिक्त सर्वेन्द्रनाथ शुक्ल, धर्मनाथ प्रसाद साह, गृह तथा शान्ति मन्त्रालयका प्रतिनिधिहरु सहभागि रहेका थिए । जनकपुरको होटल रामामा वार्ता भएको थियो । हिजो मात्र वार्ता टोली महोत्तरीको भिठामोड नाका भएर नेपाल भित्रिएका थिए । 
यस अघि पनि जनकपुरमा नै ५ वटा भूमिगत शसस्त्र समूहहरु संग उतm उपसमितिले गत साउनको अन्तिम सातामा वार्ता गरि विभिन्न सहमति गरिसकेको छ ।

No comments:

Post a Comment