Wednesday, September 24, 2014

दशैको तयारीमा उदासिनता

कैलास दास
जनकपुर । विहिवारबाट विजयादशमी प्रारम्भ भएको छ । तराईकै सबैभन्दा आकर्षक एवं रमाइलो दशै हुन्छ जनकपुरमा । तर यसपाली दशैको तरकभरकमा युवाहरुको उत्साह देखिएन । सरसज्जावट जुन किसिमले हुनुपथ्र्यो त्यसमा कमी देखिन्छ ।
ऐतिहासिक एवं धार्मिक नगरी जनकपुर अरु बेला समान्य लागे पनि विजया दशमी, गृह परिक्रममा, विवाह पञ्चमी, होली, रामनवमी दीपवाली तथा छठ पर्वमा पर्यटकहरुको यहाँ घुइचो लाग्ने गर्दछ । खासगरी यी पर्वहरुको तयारीमा यहाँका युवाहरु महिनोंदेखि सक्रिय रुपमा लागेको हुन्छ ।
दशैभरि यहाँका शक्तिपिठ मन्दिरहरु दुल्हिन झै श्रृङागरिएको हुन्छ । झिलीमिली बल, आकर्षक पण्डाल र भक्तिमय गीतले बाहिरबाट आउने पहुनाहरुलाई आकर्षित गर्ने गर्दछ । तर यसपाली जनकपुरमा दशैंको अनुभूति देखिरहेको छैन । राममन्दिर भित्र रहेका राजदेवी मन्दिर, बौधीमाई, पल्टीमाई भैरव मन्दिर सहितका मन्दिरहरुमा राम युवा कमिटी, महावीर युवा कमिटी सहितका क्लवहरुले आफ्नै निगरानी सरसजावट गर्दथे ।
राम र महावीर प्रत्येक वर्ष विजया दशमी विशेष कार्यक्रमका साथ सक्रिय रुपमा मनाउने गर्दछ । तर यसपालीको उदासिनता जनकपुर धार्मिक पर्यटकीयमा ठूलो असर पोर्ने देखिन्छ । तराई भरिकै ठूलो दशै मेला जनकपुरमा हुन्छ यी कुराहरुलाई ध्यानमा राखेर दशैंको भव्यतामा सबैलाई अगाडि आउनु पर्ने आवश्यक छ । यहाँका दशैं मेला र राजदेवी मन्दिरमा हुने पूजापाठ मुख्य आकर्षक भएपनि जनकपुर प्रवेशद्वारा आकर्षक बनाउनु पर्दछ ।
ऐतिहासिक एवं धार्मिक पर्यटकीय नगरी जनकपुरलाई पर्यटकीय दृष्टिले विजया दशमीलाई मनाउन आवश्यक छ । यसका लागि यहाँका प्रत्येक व्यक्तिलाई धार्मिक किसिमले शक्तिपीठहरुको सरसजावट एवं सरसफाईमा लाग्नु पर्दछ । युवा कमिटीको भरमा मात्र जनकपुरको पर्यटकीय शहरको रुपमा चिन्हाउने सम्भावना छैन ।
जबसम्म यहाँका नागरिकहरु यसप्रति जागरुक हुँदैन तबसम्म धार्मिक पर्यटकीय स्थलको रुपमा विकास सम्भव छैन । घटस्थापनाका दिनदेखि नै धार्मिक पर्यटकीय स्थलको अनुभूति दिलाउनु पर्दछ ।

No comments:

Post a Comment