Sunday, September 21, 2014

गौ संरक्षण मञ्चद्वारा आन्दोलनको घोषणा

कैलास दास
जनकपुर, असोज ०५ । गौ संरक्षण मञ्चले विभिन्न मांग सहित दवाव मुलक आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । मञ्चका केन्द्रिय कार्यालयमा आईतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष जगदिश महासेठले हिन्दु धर्ममाथि भईरहेको आक्रमणको विरुद्धमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताए ।
हिन्दु धर्मावलम्विहरुलाई विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने, गौ हत्या तथा गौ तस्कारी भै रहेको धार्मिक सम्पदा तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण सम्बद्र्धन गराउन जनकपुरमा रहेका सम्पुर्ण निकायहरुमा जनकपुरधाम अनिवार्य रुपमा लेख्नुपर्ने, राज्यले कटौति गरेको धार्मिक, सांस्कृति विदा लागु गर्नुपर्ने, हिन्दु देवीदेवताको तस्बिरको दुरुपयोग अविलम्ब गर्नुपर्ने, रामायण भवनको अतिक्रमण पुर्न रुपमा मुक्त गराउनुपर्ने, अश्लिल फिल्म प्रदर्शनमा रोक लगाउनुपर्ने, जनकपुरलाई विश्वसम्पदा सुचीमा राख्नका लागि पुर्वाधार तयार गर्नुपर्ने माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
मञ्चले सोमवार मोटरसाईकल ¥याली, असोज ७ गते मंगलवार सिटी जुलुस, ८ गते बुधवार आँखामा कालोपटी बाँधि जुलुस गर्ने, ९ गते विहिवार मुखमा कालोपटी बाधी जुलुस गर्ने र १० गते शुक्रवार मैनवती जुलुस गर्ने निर्णय गरेको अध्यक्ष महासेठले बताए । उनले धर्म र संस्कृति माथि राजनीतिक रुपमा मात्र हैन, सरकारी रुपमा पनि अतिक्रमण गराउने कार्य भएकोमा आक्रोश व्यक्त गरेका थिए ।

No comments:

Post a Comment